जुवा खेलिरहेको अवस्थामा प्रहरीको छापा

जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत प्रहरी निरीक्षक यज्ञराज जोसीले मान्म बजारबाट जुवाको खालबाट ९ जनालाई पक्राउ गरेको जानकारी दिए । जिल्लाको सान्नीत्रिवेणी गाँउपालिका वडा नं। ४ का वडासदस्य ध्वजबहादुर शाही सोही गाउँपालिका वडा नं २ का वडासदस्य गोविन्द विसी रास्कोट नगरपालिका वडा नं। ८ निवासी मोहन न्यौपाने, दैलेख जिल्लाको साविकको कालभैरव गाविस वडा नं। ६ का तिर्थबहादुर सुनार, कासीराम सुनार, हिरे सुनार, श्री सुनार, टिकाराम सुनार र बमबहादुर सुनार पक्राउ परेका हुन् ।जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारी जुवाडे सहित ५७ हजार १० रुपैया नगद पनि बरामत गरेको छ । जिल्ला प्रहरी कार्यालय प्रमूख डिएसपी श्यामबाबु ओलीयाले बिजया दशै तथा तिहारलाई लक्षित गरी अबैध जुवा तास खेल्नेहरुका बिरुद्ध कडा निगरानी बढाईएको बताए ।

उनले चार्डबाडलाई लक्षित गरी जिल्लाको शान्ति सुरक्षा तथा सामाजिक अपराधहरु न्यूनिकरणका लागि प्रहरीले बिशेष अभियान थालेको जानकारी दिए । उनले भने, दशै र तिहारमा हुने जुवा तास लगायतका गतिबिधिहरुमा पुर्ण रुपमा बन्द गर्छौ । जुनसुकै समयमा प्रहरीले गलत कार्य गर्ने जोसुकै व्यक्तिलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गर्छ ।

उनले प्रहरी कुनै पनि किसिमको दबाब र भनसुनको प्रभावमा नपर्ने दाबी गर्नुभयो् । उहाँले कालीकोटका नागरिकहरु संगको अन्तरक्रियामा पनि भनसनले अपराधिलाई उनमुक्ती दिने काम आफुवाट नहुने वताउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *