सिहँदरवार गाउमा आए पनि जातिय विभेदका कुरा कायमै

जातिय तथा लैंगिक विभेद अन्त्य नभए सामाजिक सदभाव कमजोर बन्दै जाने सरोकारवालाहरुले बताए । समाजमा जरो गाडेर बसेको जातिय तथा लैंगिक विभेद अन्त्य गर्न बनेका ऐन नियमहरु तत्काल कार्यान्वयन नगरे सामाजिक सद्भाव कमजोर हुने त्यसत्र कार्यक्रमका सहभागिहरुले धारणा व्यक्त गरेका छन् ।जिल्ला स्तरमा अभिवेद सम्बन्धि कानुनी खाकाको कार्यान्वयनको अवस्था र सुधारका उपायहरु सम्बन्धमा जिल्ला स्तरीय सम्वाद कार्यक्रम आज होटेल सनलाईटको सभाहलमा सम्पन्न भएको छ । सवै प्रकारका जातिय भेदभाव र छुवाछुतको समुल अन्त्य गरौ,सामाजिक न्याय र समता मुलक समाज निर्माण लगर्न एकजुट हौ भन्ने मुल नाराका साथ जिल्ला स्तरी सम्बाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै साझा आवाज परियोजनाका सम्योजक चित्र विश्वकर्माले जातिय विभेदले गर्दा घर छोडेर पढाईको सिलसिलामा सहर गएका तल्लो जातका विद्यार्थिहरुले बस्नको लागि कोठा पनि नपाउने गरेको अनुभव सुनाउनु भयो । अहिले सिहँदरवार गाउमा आएको भने पनि जातिय विभेदका कुरा कायमै रहेको वताउनुभयो । अहिले पनि यो समाजमा तल्लो जातका केटा वा केटि संग माया प्रेम गरीदा उनिहरु वाट जन्मेको बच्चा स्विकार नगरेका घटनाहरु अहिले पनि कायमै रहेको प्रस्ट पार्ने भयो । उक्त कार्यक्रममा बोल्दै अधिवक्ता अम्मलराज शाहिले नेपालको संविधानको धारा २४ मा छुवाछुत तथा जातिय विभेदको हकमा मानसिक,सारिरीकक रुपमा सार्व्जिनिक स्थानमा गरेमा ५० हजार देखि २ लाख सम्म जरिवाना तथा कैदको ब्यवस्था गरेको वताउनुभयो ।

जातिय विभेदका घटनाहरु जताततै दिनहँु घटिरेको भएपनि किन आउदैनन् सम्बन्धि निकाय सम्म भन्ने सहभागिको प्रश्नमा जवाफ दिदै प्रहरी प्रमुख ओलियाले कतिपय घटनाहरु पैसाको लालचमा गाउघरमै मिलाउने गरेको र कतिपय पिडित पक्ष डराएर सम्बन्धित निकाय सम्म नआउने गरेको वताउनु भयो । कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी पौडेले यो समाजमा काहि पनि जातले दलित नभएको भन्दै मानिसिक रुपमा मात्र दलित जात भनिएको वताउनुभयो । कार्यक्रमा वोल्दै प्रमख अतिथि शाहिले प्रशासानिक क्षेत्र र न्यायिक क्षेत्रमा जातिय विभेद हटाउन कुनै पनि कसर वाँकि नराख्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । साथै नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कालिकोटका अध्यक्ष जय विकले जातिय विभेदका घटनाहरु कति पय ठुला जाति भनाउदाहरुले गउमै मिलाउने गरेको हुँदा तल्लो जातले सधै पिडा खेपैरे बस्नु पेरको बाध्यता अहिले पनि कायमै रहेको प्रस्ट पार्नुभयो ।

साथै समाजमा जातिय विभेदका घटनाहरु समाज वाट उन्मुलन गर्नको लागि सवैले आआप्नो ठाउवाट लाग्न आग्रह समेत गर्नुभयो । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कालिकोटका अध्यक्ष जय वहादुर विकको अध्यक्षता,जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहि, प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलको प्रमुख आतिथ्यता मा जिल्ला स्तरिय सम्बाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा साझा आवाज परियोजनाका सम्योजक चित्र विश्वकर्मा,खाँडाचक्र नगरपालीकाकी उपप्रमुख विजया विष्ट,प्रहरी प्रमुख डिएसपि श्यामवावु ओलिया,अधिवक्ता अम्मलराज शाहि,दमनराज वम, महिला अधिकार कर्मी हजा सुनार,कृष्णकला शाहि लागाएतका मानव अधिकार कर्मी सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *