कम उमेरमा विवाह समबन्धी सचेतनामुलक सडक नाटक

किर्डाक नेपाल र सेभ द चिल्डेन को साझेदारीमा संचालीत नेपाली युवाहरुको लागी स्वस्थ रुपान्तर (HTNYP)  परियोजना कालीकोट जिल्लामा संचालन भईरहेको छ .नेपाली युवाको लागी स्वस्थ रुपान्तरण परियोजनाले मान्मको प्रतिमा चोकमा कम उमेरमा विवाह समबन्धी सडक नाटक गरिएको छ । समाजमा बढ्दै गैरहेको बाल विवाहलाई न्यूनिकरण गर्नका लागी सचेतनामुलक सडक नाटक गरीएको हो । वास्तविक बाल बिवाह भने होईन । कम उमेरमा विहे गर्दा शारिरीक, मानसिक तथा संवेगात्मक पक्षमा असर पर्ने हुँदा यसको न्यूनीकरणमा सहयोग गर्न सडक नाटक शन्देश दिएको छ ।

वालवालिकाले आफ्नो लक्ष्य पुरा गर्न नसक्ने, घर तथा माइतवाट अवहेलाना खेप्नुपर्ने जस्ता जंजालमा फस्ने हुदाँ वाल विवाह नर्गन यो नाटकवाट सचेत पार्न खोजिएको छ ।विभिन्न अवसरवाट वञ्चित हुने भएकाले उमेर पुगेपछि मात्र विवाह गनुपर्ने सडक नाटकले शन्देश दिन खोजेको छ । सडक नाटकमा वालविवाहले पार्ने शारीरीक असर, वाल विवाह सम्वन्धि कानुनी अवस्था, यसको लागी अभिभावक, शीक्षक, वालक्लव, नागरीक समाज आदीले खेल्ने भुमीकाको बारेमा शन्देश दीएको छ ।यस सडक नाटकले बालबलिका तथा अभिभावकमा कम उमेरको विवाह असरबारे सचेतना मिलेको र यस्ता खाले क्रीयाकलापको निरन्तराले भोलीका दीनमा समाजमा सकारात्मक प्रभाव पार्दै जाने नेपाली युवाको लागी स्वस्थ रुपान्तरण परियोजनाका कार्यक्रमका संयोजक अमर राज नेपालीले बताए ।समाजमा बाल अधिकार सम्वन्धी सचेतना र कम उमेरमा विवाह न्युनिकरणको लागी यस सडक नाटकले महत्वपुर्ण भुमिका खेल्ने नेपालीले वताए ।

कुरीतीको रुपमा व्याप्त रहेको कम उमेरमा विवाहलाई अन्त्य गर्न र वालअधिकारको सुनिश्चिता गर्नको लागि यस्ता चेतनामूलक र शन्देसमूलक कार्यक्रम गरिएको कलाकार जनजिवन र बद्धिगाउकी युवाती समुहले करुण आर्चायले वताइन् । कम उमेरमा विवाह गर्दा पढाइ छुट्ने, बेरोजगार हुने, बिरामी भइरहने उपचार खर्च बढ्ने, सन्तान धेरै हुने आदि कारणले गरीबीको दुस्चक्रमा फसिन पुगिन्छ कलाकार आर्चायले बताईन । आफै कलिलो उमेरको हुने हुँदा आफुलाई नै प्रशस्त पौष्टिक तत्व चाहिने अवस्थामा गर्भको बच्चालाई पोषण नपुगी ख्याउटे बच्चा जन्मने र जन्मेपछि पनि बचाउँन गाह्रो हुनसक्छ कलकार साबिता पाण्डेले बताइर्न । सम्बन्ध विच्छेद हुने र घरेलु हिंसा बढ्ने सम्भावना अधिक हुन्छ । सानो उमेरमा गर्भधारण गर्ने महिलाहरूमा नै गर्भका कारण हुने मातृमृत्यु दर बढी छ, त्यसैगरी उनीहरूले जन्माएका नवजात शिशुहरूको मृत्यु दर पनि २० बर्ष उमेर माथिका महिलाहरूको भन्दा बढी कम उमेरकी महिलाहरुको मुत्यु हुने पाण्डले बताईन ।नेपाली युवाहरुको लागी स्वस्थ रुपान्तर ९ज्त्ल्थ्ए० परियोजना कालीकोट जिल्लामा रास्कोट नगरपालीका , खाडाँचक्र नगरपालीका, नरहरीनाथ गाउपालीकामा जिल्लामा संचालन भईरहेको छ । यो परियोजनाले बिवहित,अबिहित, महिलाहरुको ९० वटा समुह गठन गरिएको छ । एकिकृत परियोजना लागु भएको छ । १५ देखि २४ बर्ष उमेरका महिलाहरुलाई केन्द्रित गरि कम उमेरमा वालविवाह न्यूनिकरण सम्वन्धि चेतनामूलक कार्यक्रम गर्दैै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *