२० किलो चामल कालीकोटमा प्रभावकारी बन्दैगएको प्रमुख थापाको भनाई

नेपाल खाद्य संस्थान शाखा कार्यालय कालीकोटका २० किलो चामल प्रभावकारी बनेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीका नागरिकको जन्म र मृत्यु संस्कारमा २० किलो चामल दिने घोषणा कार्यान्वयन हुदै गएको छ । प्रधानमन्त्री दाहालको घोषणाले केही समय कर्णालीमा चर्चा परिचर्चाले व्यापक स्थान लियो । केहीले मात्र सरकारको यो घोषणालाई सकारात्म लिए तर धेरैले कर्णालीबासीलाई जन्म र मृत्युको २० किलो चामलसंग दाजेको भन्दै विरोध गरेका थिए ।

पछिल्लो समयमा तत्कालीन सरकारले सम्बोधन गरेको जन्म र मृत्यु संस्कारमा गरिँदै आएको चामल वितरण कार्य भने कर्णाली प्रदेशको कालीकोटमा प्रभावकारी बन्दै गएको छ । सरकारले दिएको यो सेवाबाट गत आर्थिक वर्ष २०७५÷०७६ मा मा कालीकोटका १३५० जनाले लाभ लिएको नेपाल खाद्य संस्थान शाखा कार्यालय कालीकोटका प्रमुख निर्मल थापाले जानकारी दिनुभयो । प्रतिसेवाग्रही २० किलोका दरले २ सय ७० क्विन्टल चामल वितरण गरिएको छ, प्रमुख थापाले भन्नुभयो, ‘वितरित चामलको रकम १९ लाख ५२ हजार दुई सय दश रुपौया र सेवाग्रही आउदा लाग्ने ज्याला रकम नगद ११ लाख २३ हजार ५ सय बितरण गरेको नेपाल खाद्य संस्थान शाखा कार्यालयका प्रमुख थापाले बताउनु भयो कालीकोटकोटका र्नौ वटै स्थानीय तहका नागरिकलाई २० किलो चामलका साथै ज्याला पनि प्रदान गरिएको उहाँले बताउनुभयो । जन्म र मृत्यु दुवैमा २० किलो चामल लिन आउने नरहरिनाथ गाउँपालिका, सान्नित्रिवेणी गाउँपालिका, शुभकालीका गाउँपालिका, पलाता गाउँपालिका पचाझरना गाउँपालिका, महावै गाउँपालिका, राष्कोट नगरपालिका, तिलागुफा नगरपालिकाका सेवाग्रहीलाई १००० तथा खाडाचक्र नगरपालिकाका सेवाग्राहिलाई पाँच सय ज्याला प्रदान गर्दै आएको कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो ।

२० किलो चामल उपलब्ध हुँदा गरीब घरका मृतकका परिवारलाई केही हदसम्म भए पनि राहत भएको र जन्ममा सुत्केरी महिलाको खाद्य सुरक्षामा सहयोग पुगेको स्थानीयले बताएका छन् । यसले निश्चित सम्पन्न वर्गलाई मतलव नहोला तर विपन्न र गरीबको पीडालाई सम्बोधन गरेको सेवाग्रही रास्कोट नगरपालीका बडा न ३ का लबनाथ योगीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘बरु यसको परिमाण बढाएर कार्यक्रमलाई निरन्तरता दिनुपर्दछ ।यो सेवा लिनेका लागि नेपाल खाद्य संस्थान कालीकोटमा आउदा जन्ममा सम्बन्धित बडा कार्यालयको सिफारीस ,जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित अस्पतालको जन्मको प्रमाणपत्रको प्रतिलिपि ,बूझीलिने ब्यतिmको नागरिता प्रमाणपत्रको प्रतिलिपि (नाता खुलेको) वडापालिकाको सिफारिश र मृत्यु हुनेको हकमा मृत्युदर्ता, वडापालिकाको सिफारिश र सेवा लिन आउने सेवाग्रहीको नागरिकता लिएर सेवा प्रवाह गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *