बिश्व स्तनपान सप्ताह २०१९ (श्रावण १६ देखि २२) सम्बन्धि एक चर्चा

आमा–बाबुको सक्षमता, स्तनपानको सफलता’ भन्ने नाराका साथ यतिखेर विश्व स्तनपान सप्ताह २०१९ मनाइरहिएको छ। विश्वभरिका शिशु तथा बालबालिकाका सबै अभिभावकलाई सक्षम गराई प्रभावकारी स्तनपानबाट शिशुको सुरक्षा, शारीरिक तथा मानसिक बृत्ति–विकास र स्वास्थ्यको सुधार गर्नुपर्ने महसुस गरी सन् १९९१ मा विश्वस्तरीय स्तनपान प्रवर्धन समूहको स्थाापना भयो।विश्वभरिका शिशु एवं बालबालिकाका लागि स्तनपान प्रवर्धन गर्न अभिभावक, परिवार, समाज सबैको सहयोग जुटाउन विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघीय बालकोष लगायत सरकारी, गैरसरकारी एवं अन्य संघ–संगठनको आह्वानमा सन् १९९२ देखि हरेक वर्ष १२० वटा मुलुकद्वारा अगष्ट महिनाको १–७ तारिख सम्म विश्व स्तनपान सप्ताह मनाउन सुरु गरिएको हो।यसै विषयमा स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख कटक महतले गरेको विश्लेषण .

स्तनपान के हो .
आमाले शिशु एवं बालबालिकालाई आफ्नो दूध चुसाउने प्राकृतिक तरिकालाई नै स्तनपान भनिन्छ। शिशु जन्मेको १ घन्टाभित्रै आमाको नाङ्गो छातीमा टाँसेर पहिलो र पहेंलो बिगौती दूध खान पाउने गरी मागे अनुसार र शिशुले आफै नछोडेसम्म कम्तीमा २ वर्षको उमेरसम्म आमाले स्तनपान गराउनु पर्छ। साथै २४ सै घन्टा शिशुले मागे अनुसार तथा आमालाई दूध खुवाउनुपर्ने महसुस वा चाहना भएसम्म कम्तीमा ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुलाई नै ‘प्रचुर मात्रामा स्तनपान’ भनिन्छ।विश्व स्तनपान सप्ताहको लक्षः सन् २०२५ सम्म जन्मेदेखि ६ महिनासम्म कम्तीमा ५० प्रतिशत शिशुले प्रचुर मात्रामा स्तनपान गर्न पाउने छन्।

विश्व स्तनपान सप्ताहको उद्देश्य 

१. विश्वभरिका बालबालिकाको स्वास्थ्य सुधार गर्न स्तनपानलाई प्रोत्साहन गर्ने।
२. शिशुलाई स्तनपान गराउन आमालाई सचेत र सक्षम गराउने।
३. सही किसिम र समयसम्म स्तनपान गराउन विश्वभरिका मातृस्वास्थ्य संस्थालाई सहयोग पु¥याउन सरकारी, निजी एवं सामुदायिक क्षेत्र समेतमा बहस–पैरवी मार्फत सक्षम गराउने।
४.  शिशुलाई प्रचुर मात्रामा स्तनपान गराउन घरपरिवार एवं छिमेकी समेतलाई सहयोग गर्न बहस–पैरवी चलाउने।
५.  कामकाजी आमालाई आफ्ना शिशुलाई स्तनपान गराउन पाउने वातावरण कार्यस्थलमा स्तनपान कक्ष, कामबाट स्तनपान गराउन फुर्सद, कानुनी प्रावधान मिलाउन घरपरिवार, छिमेकी समाज, सामाजिक सञ्जाल मार्फत् बहस–पैरवी चलाई सहयोग पु¥याउने।
स्तनपानको वर्तमान अवस्था
– विश्वका जम्मा ४१ प्रतिशत ६ महिनासम्मका शिशुले आमाको स्तनपान गर्छन्।
– विश्वभरिका ५ जना बालबालिकाकमध्ये ३ जनाले जन्मेको १ घन्टाभित्र स्तनपान गर्न पाएका छैनन्।
– स्तनपानको प्रभावकारी प्रबर्धन गरेमा जन्मेदेखि २३ महिनासम्म सम्पूर्ण शिशुले स्तनपान गर्न पाउने र हरेक वर्ष विश्वभरका ५ वर्षमुनिका कम्तीमा ८ लाख २० हजार बालबालिकाको स्वास्थ्य बचाउन सकिन्थ्यो।
– नेपालका ३० प्रतिशतभन्दा कम शिशुले मात्र प्रचुर मात्रामा स्तनपान गर्न पाएका छन् ।
– ११ महिनासम्मका करिब ४ प्रतिशत शिशु कमतौल ९२५०० ग्राम भन्दा कम भएका जन्मन्छन् ।
नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ को प्रतिवेदन अनुसार ५ वर्षमुनिका र बालबालिकामध्ये ३६ प्रतिशत पुड्का, १० प्रतिशत उचाई अनुसार दुब्लो ९ख्याउटे०, २७ प्रतिशत उमेर अनुसार कमतौल र २४ प्रतिशत जन्मँदा कमतौल भएका, ६८ प्रतिशत  जति ६ महिनादेखि २३ महिनासम्मका बालबालिका र ५३ प्रतिशत जति ५ वर्षमुनिका बालबालिका र ४६ प्रतिशत गर्भवतीमा रक्तअल्पता भएको पाइएको छ भने ६६ प्रतिशत आमाहरुले मात्र आफ्ना शिशुलाई प्रचुर मात्रामा स्तनपान गराउँछन्।
स्तनपानप्रतिको अवधारणा

सुरुमा स्तनपान गराउँदा दूध कम आउन सक्छ। तर स्तन चुसाउन छोड्नु हुँदैन। किनभने चुसाउँदै जाँदा दूध आउन थाल्छ। तर चेतनाको कमीले गर्दा कम दूध आएमा नचुसाई अरु सुत्केरीलाई चुसाउन लगाउने, दिनमा ३ वा ४ पटक मात्र स्तनपान गराउने, एकातिरको स्तन मात्र चुसाउने, बोतलको दूूध वा अन्य लेक्टोजिन, सेरेलेस जस्ता कृत्रिम तैयारी दुग्ध पदार्थ खुवाउने चलन धेरै छ। सुत्केरी भएपछि साल ननिस्केसम्म दूध चुसाउन नहुने, जन्मनासाथ शिशुलाई स्तनपानको सट्टा घिउ, मह, चिनी, सख्खर खुवाउने प्रचलन छँदैछ। सौन्दर्य बिग्रने डरले सकेसम्म बोतलकै दूध खुवाउन धेरै मन पराउने गलत धारणा ब्यापक रहिआएको छ। स्तनपान गराउने आमाले जहाँ, जसरी भए पनि टुसुक्क बसेर, सुतेर वा उठेरै स्तनपान गराई शिशुलाई सुुताइछाड्ने चलन पनि देखिन्छ। यसो गर्नु बिल्कुलै ठिक होइन।
स्तनपानको महत्व

गर्भवस्थाको अन्तिम महिनामा दूध उत्पादन हुन्छ। सुत्केरी हुनासाथ स्तनवाट पहिलो, पहेंलो, च्यापच्याप लाग्ने बाक्लो बिगौती दूध निस्कन्छ। यसमा शिशुलाई चौतर्फी बृत्ति–विकासका लागि चाहिने कार्बोहाइडे«ट, प्रोटिन, बोसो, भिटामिन तथा खनिज पौस्टिक पदार्थ सही मात्रामा पाइन्छ। स्तनपानले शिशुलाई रुघाखोकी, श्वास–प्रश्वास, किटाणु तथा जिवाणुको संक्रमण, पेटरआन्द्रामा हुने संक्रमण, मधुमेह २ एवं बालबालिकामा हुने कतिपय क्यान्सरबाट बिरामी हुनबाट बचाउँछ। तैयारी अवस्थाको, सजिलै पाउन सकिने, शिशुले चाहेमा जुनसुकै बेला ख्वाउन सकिने आमाको दूधले मुख, दाँतको समस्या आउँदैन, बोली चाँडो आउँछ र अनुहारको राम्रो विकास हुने हुँदा आमाको दूधलाई पोषिलो अमृत पदार्थ भनिन्छ।
जन्मेपछि ६ महिनासम्मका शिशुलाई स्तनपान पहिलो खोप हो । शिशुको अधिकतम बृत्ति–विकास जन्मेको ६ महिनासम्ममा भइसकेको हुन्छ। त्यसकारण शिशु जन्मनासाथ सकेसम्म छिटो १ घन्टाभित्र सुरु गरी ६ महिना नपुग्दासम्म दैनिक ८(१० पटकसम्म स्तनपान गराएमा शिशुको शारीरिक, मानसिक आदि सम्पूर्ण विकास हुन्छ। आमाको दूधमा पाइने कोलस्ट्रम ९बिगौती०मा विभिन्न रोगसँग लड्नसक्ने क्षमता ९इम्युनिटी० हुने हुँदा शिशुलाई झाडापखाला र न्युमोनिया जस्ता घातक संक्रामक रोगका साथै केही क्यान्सरले आक्रमण गर्न सक्दैनन्।
स्तनपान गराउने आमालाई फाइदा . 

शिशुलाई स्तनपान गराउने आमालाई गर्भान्तर गर्ने परिवार नियोजनका साधन प्रयोग गर्ने पर्दैन। किनभने स्तनपान गराउँदाको पहिलो ६ महिनासम्म ९८ प्रतिशत प्राकृतिक तवरले गर्भान्तर गर्ने सुनौलो अवसर प्राप्त हुन्छ।

स्तन क्यान्सर, पाठेघरको क्यान्सर, मधुमेह टाइप(२ र सुत्केरीपछि मनोरोगको सम्भावना न्यून रहन्छ।

आमा तथा शिशुबीच माया–ममता र सम्बन्ध बढ्छ।
स्तनपान गराउने सही तरिका प्रायजसो आमाहरु अझ नवसुत्केरीहरुले त स्तनपान गराउने सही तरिकाको ख्यालै नगरी दूध चुसाइरहको पाइन्छ। यसो गर्दा शिशुले पूर्ण रुपमा दूध खान पाउँदैन र अघाउँदैन ।

गर्भवतीको स्तनको मुन्टो धसिएको, सानो हुन सक्छ। त्यसो भएमा आफैं धसिएको मुन्टोलाई तेल लगाई मालिस गरेमा विस्तारै सामान्य अवस्थामा ल्याउन सकिन्छ। यति गर्दा नआएमा नजिकका स्वास्थ्यकर्मीलाई देखाउनु पर्छ।

स्तनपान गराउँदा आमाको स्तनको मुन्टो ९निप्पल० वरिपरिको कालो भाग समेत शिशुको मुखभित्र पसेको हुनुपर्छ । तबमात्र शिशुले अघाउन्जेल दूध खान पाएको मान्न सकिन्छ ।

शिशुलाई सजिलोसँग स्तनपान गराउन आमाले आफ्नो हातका औंलाले दूधको मुन्टो थिचिदिनुपर्छ। किनभने स्तनले शिशुको नाक थिच्न सक्छ र राम्ररी दूध चुस्न नपाउने मात्र होइन, कहिलेकाहीं श्वास फेर्न नपाई मृत्युसमेत हुनसक्छ।

आमाले आरामका साथ बसेर मात्र दूध चुसाउनु पर्छ। किनभने सुरुको पहिलो दूध पातलो हुन्छ। बाक्लो दूध आउन एकछिन समय लाग्छ। त्यसैले एक पटकमा कम्तीमा १५ मिनटसम्म पालैपालोसँग दूध चुसाउनु पर्छ। किनभने आमाले काम वा लाजले गर्दा हतारमा केही मिनेट जति चुसाएर छोडिहाल्ने गरेमा आमाको पहिलो पातलो दूधमात्र चुस्न पाएको शिशुले बाक्लो दूध आउने बेला स्तन चुस्न नपाई अघाउनै पाउँदैन। कम्तीमा १५ मिनेट दूध चुसाएपछि घोप्टो पारी शिशुलाई टाँसेर पिठ्युमा थमथमाएमा शिशुले डकार्छ। ऋनि शिशु अघाएको हुन्छ र वान्ता गर्ने डर पनि हुँदैन।
स्तनपानमा देखिएका समस्या .

पहिलो पटक गर्भ रहँदा वा सुत्केरी हुने महिलामध्ये धेरैजसोलाई स्तनपानको महत्वबारे ज्ञान, धारणा र बानीको कमी भएकोले समयमा स्तनपान गराउँदैनन्, गर्भावस्थामा कम्तीमा ४ पटक गर्भ परीक्षण गराउनेको संख्या कम छ। सामाजिक÷सांस्कृतिक अवस्था, कामको चाप, निजी स्वास्थ्य क्लिनिकमा देखाउने प्रबृत्ति, बढ्दो र विग्रदो सहरीकरण, सुत्केरी पछिको परीक्षण गराउन नजाने वानी तथा बजारमा स्तनपानलाई प्रतिस्थापन गर्ने सेरेलेक, ल्याक्टोजिन जस्ता हानिकारक पेय पदार्थको प्रचार एवं सहजै उपलब्धताका कारणले पनि नेपालमा सही किसिम, समयमा स्तनपानमा समस्या उत्पन्न भएको छ।

स्तनपान प्रबर्धनमा सरकारका प्रयास तथा कार्य

नेपाल सरकारले स्तनपानलाई प्रतिस्थापन गर्ने वस्तुमा प्रतिबन्ध लगाउने कानुन बनाएको छ। तर स्तनपान प्रबर्धन गर्ने कार्यलाई प्राथमिकता दिई स्तनपान प्रबर्धन तथा शिक्षाका कार्यक्रम सञ्चालनमा कमजोरी देखिन्छ। पोषण कार्यक्रममा संयुक्त राष्ट्रसंघीय बाल कोष ९युनिसेफ० र अमेरिकी सहयोग नियोग ९युएसएआइडी० ले सहयोग गरेको देखिन्छ। तर कुपोषित बालकालिकाको संख्या बर्सेनी बढ्दो छ। कार्यक्रम सञ्चालन र लक्ष बमोजिम प्रगति भएको भनी प्रस्तुत गरिए पनि अझैसम्म ३० प्रतिशत शिशुले मात्र प्रचुर मात्रामा स्तनपान गरेको प्रतिवेदनमा उल्लेख छ। सुनौला हजार दिनमा शिशुको अवस्था बर्सेनी खस्कँदो छ। अझै पोषण कार्यक्रमको प्रभावकारी अनुगमन तथा मूल्यांकन हुन जरूरी देखिन्छ ।
स्तनपान प्रबर्धन कसरी गर्ने .
१. आमाको दूधलाई प्रतिस्थापन पदार्थ नियन्त्रण स्  बजारमा सेरेलेक, ल्याक्टोजिन जस्ता विभिन्न दुग्ध पेय पदार्थ विरुद्ध कानुन त बनेको छ, तर कार्यान्वयन पक्ष फितलो छ। त्यसैले यस्ता पेय पदार्थलाई निरुत्साहित गर्न कानुनी प्रावधान र अनुगमन बढाई त्यस्ता पदार्थको बिक्रीवितरणमा रोक लगाउनु पर्दछ। कामकाजी आमालाई स्तनपान कक्षको थालनी गरिएको छ, तर देशका सबै कार्यस्थलमा लागू गर्नुपर्छ।
२ . स्तनपान प्रबर्धन कार्यक्रम स्  राज्यका हरेक पालिका स्तरसम्मका सम्बन्धित स्वास्थ्य संस्था मार्फत समुदाय स्तरसम्म व्यापक रुपमा सही किसिम र समयसम्ममा स्तनपान गराउन आमाहरुलाई अन्तरक्रिया, अभिमुखीकरण गर्नु पर्दछ। यसो गर्दा अधिकतम सुत्केरी आमाहरुले गलत ज्ञान र अवधारणा हटाई सही किसिम र समयसम्म स्तनपान गराउने बानी बसाल्थे। गर्भवती समेतलाई स्तनपान शिक्षा प्रदान गर्ने र स्वास्थ्य संस्थामा सुत्केरी हुने झन्डै ६० प्रतिशत आमालाई घर पठाउँदा शिशुलाई स्तनपानको महत्वबारे शिक्षा प्रदान गर्नुपर्छ। जन्मेको ६ महिनासम्म प्रचुर मात्रामा, एक पटकमा कम्तीमा १५(१५ मिनेट दुवै स्तन गरी शिशुले चुस्न खोजेसम्म जतिबेला पनि चुसाउनुपर्ने सन्देश पुरयाउनु पर्दछ।
३.  स्वास्थ्य संस्था र स्तनपान प्रबर्धन स्  हालसम्म सरकारी, निजी गरी ५९५३ भन्दा बढी स्वास्थ्य निकाय सेवारत देखिन्छन्। यी स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई अभिमुखीकरण वा तालिम प्रदान गरी गर्भवती र आमालाई सवल र सुदृढ गराई स्तनपान प्रबर्धन गर्नुपर्छ।
४.  स्तनपान गराउने आमाको पोषण स्  किशोरावस्थादेखि नै महिलाको स्वास्थ्य बलियो र निरोगी भएमा पछि गर्भवती हुँदा स्वास्थ्य स्वस्थ्य हुन्छ। यस्ता गर्भवतीवाट स्वस्थ्य तथा निरोगी शिशु जन्मन्छ। किनभने पोषिलो खाना नै बलियो र निरोगी स्वास्थ्यको आधार हो। त्यसकारण किशोरावस्थादेखि गर्भावस्थामा पोषिलो  खानेकुरामा बढी जोड दिनुपर्छ। घरमा बनाइने दाल, भात, गेडागुडीको रस, हरियो तरकारी÷सागपात र मौसम अनुसारका फलफूल तथा भएसम्म दूध, अन्डा, माछा–मासु खाएमा राम्रो हुन्छ। सुत्केरीलाई पोषिलो खानेकुरा जस्तै ज्वानोको झोल, गेडागुडीको रस, हरियो तरकारी, सागपात, दूध–दही, मौसम अनुसार पाइने फलफूल र पाएसम्म माछा, मासु पोषिलो खानेकुरा खुवाउनुपर्छ।
५. अभियानका रुपमा स्तनपान सप्ताह स्  वर्षमा केवल एक पटक अगस्ट महिनामा मात्र स्तनपान सप्ताह मनाइन्छ,सकेसम्म अधिकांश आमाहरुले सही तरिकाले, सही मात्रामा आफ्नै स्तनपान गराउने गरी उनीहरुलाई सहयोग गर्नुपर्छ। राज्यका हरेक तहका समुदायस्तरसम्म शैक्षिक तथा जानकारीमूलक विशेष स्तनपान सप्ताह कम्तीमा हरेक ३–३ महिनामा अभियानका रुपमा चलाउनुपर्छ ।

जनस्वास्थ्य अधिकृत,स्वास्थ्य कार्यालय कालिकोट

1 thought on “बिश्व स्तनपान सप्ताह २०१९ (श्रावण १६ देखि २२) सम्बन्धि एक चर्चा

  1. धन्यबाद कर्ण जी , प्रकासन गरिदिएकोमा र अागामी दिनमा पनि यस्सतै हयोग निरन्तर रहनेमा बिश्वस्त छाैं

Leave a Reply

Your email address will not be published. Required fields are marked *