बाढी पहिरो रोकथाम को लागी गाउमा वृक्षरोपण

कालीकोटको खाँडाचक्र नगरपालिका–५ ले वृक्षरोपणको अभियान चलाएको छ । बाढी पहिरो जस्ता प्राकुतिक विपदबाट जोगिनको लागि वडाले वृक्षरोपणको अभियान सुरु गरेको हो ।खाँडाचक्र नगरपालिका वडा–५ का १४ वर्षीय दिलीप शाहीले ओखरको विरुवा रोपे । वडा–५ का सबैले अहिले विभिन्न किसिमका विरुवाहरू रोपिरहेका छन् । वडाले नै ‘बाढीपहिरोबाट हुने क्षतिबाट बच्न वन जोगाऔँ’ अभियान चलाएपछि स्थानीयले वडाको अभियानलाई साथ दिइरहेका हुन् । स्थानीय मनसिंह शाहीले बाढीपहिरोबाट बच्न वृक्षरोपणमा लागि परेको बताएका हुन् । पहाडका अधिकांश वस्तीहरू बाढीपहिरोको जोखिममा छन् । बाढीपहिरोकै कारण हरेक वर्ष हुने जनधनको क्षति नरोकिएपछि वडाले विभिन्न गैरसरकारी संस्थाहरूको सहयोगमा वृक्षरोपण अभियान चलाइरहेको हो ।

भूक्षय, वन विनासका कारण हुने घाटाबाट जोगिन वृक्षरोपण अभियान चलाएको वडाध्यक्ष खडानन्द चौलागार्इंले बताए । वडामा यस वर्ष आठ हजार बोटविरुवा वृक्षरोपण गर्ने लक्ष्य राखिएको छ । अहिले फलफूलका विरुवा तथा उत्तिस, खडिक, बाजका विरुवाहरू रोप्ने काम भइरहेको छ । बालक्लब, युवाक्लब, नागरिक समाज पनि यस अभियानमा जोडिएका छन् । यसले विपद्बाट हुनसक्ने क्षति कम हुनुका साथै वातावरण संरक्षणमा पनि टेवा पुग्ने विश्वास गरिएको छ ।

वातावरण संरक्षण अभियानका अगुवा राजेश गौतमका अनुसार यस वर्ष मात्र कालीकोट जिल्लाभर ५८ हजार बोटविरुवा रोपेको बताएका छन् । उनका अनुसार कालीकोट जिल्ला लगायतका अन्य चार वटा जिल्लामा बाढीपहिरोबाट बच्नका लागि टिडिएच बिएम जेट जर्मनको सहयोगमा वातावरण संरक्षणमा लागि परेको बताएका हुन् । नीति तथा कार्यक्रममा नै घोषणा गरिए अनुसार सरकारले पनि यो वर्षलाइ वृक्षरोपण वर्षको रूपमा नै घोषणा गरेर अभियान चलाइरहेको छ । सबै स्थानीयहरू आइपर्ने विपत्बाट बच्नका लागि वृक्षरोपण अभियान सञ्चालन गरिरहेका छन् ।मानवअधिकार तथा वातावरण विकास केन्द्र (हुरुन्डेक) नेपाल कालीकोटद्वारा सञ्चालित वातावरण संरक्षणअन्तर्गत टिडिएच, बिएम, जेट जर्मनको सहयोगमा जिल्लाका नौ वटा स्थानीय तहका प्रत्येक सामुदादिक वनमा वृक्षरोपण अभियानमा सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *