सहकारीकोे अत्यधिक रक्तस्रावका कारण बाटोमा मृत्यु

जिल्ला अस्पताल कालिकोटमा अत्यधिक रक्तस्रावका कारणले एक सुत्केरीको महिलाको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका– ४ रप्साकी ३० वर्षीया देवी सहकारीकोे अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको हो ।९ गते जिल्ला अस्पताल कालिकोटमा भर्ना भएकी सहकारीको उपचार सम्भव नहुने भएपछि जुम्ला लैजाँदै गर्दा शनिबार बिहान नाग्ममा बाटोमै मृत्यु भएको हो ।शुक्रवार राति १२ बजे पेटमै सहकारीले मरेको वच्चा जन्माएकी थिइन् । टाउको नभएको मरेको बच्चा जन्मी सकेपछि अत्याधिक रगत बग्दा अस्पतालमा भएको रगत चढाइए पनि रगत बग्न नरोकिएपछि जुम्ला रिफर गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरटेन्डेन्ट डाः भिष्म पोख्रेलले बताए । ‘मृतक सहकारीको पाठेघर नखुम्चिँदा अत्याधिक रक्तस्राव भयो । तिन पोइन्ट रगत दियौँ । अन्तमा सम्भाव नहुने भएपछि सहकारीलाई जुम्ला रिफर गर्यौँ’, उनले भने ।‘उपचारमा संलग्न डा । विज्ञान प्रजापतिले बचाउन कडा मेहनत गर्नु भयो । सक्नु भएन । सहकारिको घरको आर्थिक अवस्था पनि निकै कमजोर हुँदा हामीले उनको जुम्ला रिफर अस्पतालको खर्च पनि बेहोरेका छौँ । समयमै अस्पताल पुराएको थियौँ ।’ मृतकका आफन्त लाल बहादुर वुढाले भने ।

‘बिरामीको अवस्था जटिलै भए पहिला नै रिफर गर्नु प्रथ्यो । बिरामी मर्ने अवस्थामा आइसके पछि अन्तमा आएर रिफर गरियो । हामीले पनि पहिला नै अस्पताल ल्याउनु पथ्र्यो हाम्रो पनि कमजोरी हो’, उनले भने । मृतक सहकारीका श्रीमान लेकको भैँसी गोठबाट आएपछि लास वुझ्ने उनले बताए ।सडक सञ्जालले नछोएको यो गाउँपालिकामा तिन महिना अघि मात्र सोही गाउँपालिकाकी माल्कोटकी सुत्केरी आमाको उपचार नपाएर मृत्यु भएको थियो । दुर्गम ग्रामीण क्षेत्रका महिला अझै पनि अस्पताल नगई घरमै जोखिमपूर्ण तरिकाले सुत्केरी हुने गरेका छन् ।

जिल्ला अस्पतालमा सुत्केरी आमाको रिफर पछि मात्र बाटोमै मृत्यु हुने गरेको छ । केहि समय अगाडी नरहरिनाथ माल्कोटकी मिना शाहीको उपचारकै अभावमा रिफर पछि दैलेखको गुराँसेमा मृत्यु भएको थियो । दक्ष र अनुभवि चिकित्सक नहुँदा जिल्ला अस्पतालले रिफर गरेकै सुत्केरीको मृत्यु भएको पाइन्छ । यसरी उपचार गर्ने राम्रो हस्पिटल र यातायातको सुविधा नहुँदा हिजोका दिनदेखि नै नागरिकहरु मृत्यु बेहोर्दै आउने बिकट बस्तीको पुरानो बेथा हो । देशमा गणतन्त्र आएको छ, तर पनि नागरिकहरु लाउला खाउला भन्ने बेलामा मृत्युवरण गर्नुपर्छ । यो सब हाम्रै देशको राज्य व्यबस्थाको कारण नै हो । दवी सहकारी मात्र होइनन् । यस भन्दा अगाडी पनि मान्मकी चन्दा शाहाको पनि सुत्केरी व्याथामै उपचार नपाउँदा अकालमै ज्यान गुनाउनु परेको थियो । देवी सहकारी र मिना शाही एउटा उदाहरण हुन् भौगालिक विकटताका कारण विगत देखिनै स्वाथ्य चौकी पुराउनै नसकी धेरै गर्भवती आमाहरुको ज्यान समेत गइसकेको छ ।

यसपाली सडक बाटोघाटो बनाइदिन्छौँ भन्ने नेतालाई भोट हालेकी सहकारीले गाउँमा सडक बाटो पुगेको देख्ने सपना अधुरै रह्यो, बरु आफु बस्ने धर्ती नै छाड्नु पर्यो, सायद आजको युगमा यस्तो ज्युँदो कथा संसारमा कहीँ कतै भेटिँदैन । यातायातको गतिलो सुविधा नहुँदा आफ्नो नागरिकले ज्यान गुमाउनु पर्ने देशको पिडा कस्तो होला रु अनुमान नै गर्न गाह्रो हुन्छ । विकासको नाउमा भोट असुल्ने नेताहरुको घैँटोमा अझै कहिलेसम्म घाम लाग्छ । बाटोघाटो नपाएर नागरिकहरु मर्नु पर्ने अबस्था छ । दुर्गमका नागरिकको पिडा बुझ्नु पर्छ । यस्तो पिडा हरेक नेताले बुझ्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *