आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनमा सहज बासका लागि होमईस्टेको निर्माण ।।

कालिकोट जिल्लाको पँचालझरना गाउपालिकाले आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनमा सहज बासका लागि होमईस्टे घर निमार्ण गरेको छ । पचालझरना गाउपालिका अध्यक्ष खडकराज सेजुवालले पँचाल झरनाको मनमोहक दृष्यलाई निहाँल्नका लागि आउने जो कोहि पाउनालाइ सहज रूपमा बस्न खान अर्गा्निक होमस्टे र पँचालझरनाको दृष्य निहाँल्दै सेल्फि फोटो लिनेहरुका लागि होमस्टे पार्क समेत निमार्ण गरियको बताउनु भयो । कालीकोट जिल्लाको सदरमुकाम मान्म बाट करिव १६ कोष टाढा रहेको पँचालझरना गाउपालीकामा रहेका हरेक पर्यटकिय स्थलहरु र सवैभन्दा लामो झरना पँचाल झरना हेर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि झरना सम्म जाने बाटो समेत निर्माण गरिएको छ । हाल बनेको होमस्टे घर र पार्क बाट झरना सम्म पुग्न आधा घण्टाको बाटो हिडेपछि पँचालझरना मा पुग्न सकिने गाउपालीका अध्यक्ष सेजुवालले बताउनु भयो । पँचालझरना जानका लागि बाटो, बस्नका लागि होमस्टे र दृष्य अबलोकनका लागि हामेस्टे पार्क निर्माण भयपछि आगन्तुक पाउनाले त्यहाँको स्थानिय रुपमा उत्पादन गरिएको आग्रानिक खाना खान पाउनेछन भने बिभिन्न पशुपंक्षि तथा जंगलि जनावरहरुलाई आन्तरिक तथा बाह्य पर्यटकले हेर्न पाउने गाउपालीका कि उपाध्यक्ष तारा न्यौपानेले बताउनु भयो । पचालझरनाको वास्तबिक उचाई ३८१ मिटर अग्लो रहेको गाउँपालिकाले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *