२८ जना अगुवा कृषक लाइ नगद प्रमाण पत्र सहित सम्मान

कालिकोट जिल्लामा २८ जना गाउँमा बिभिन्न कृषिखेतिमा काम गरि रहेका कृषक हरुलाइ मान्ममा एक कार्यक्रमका बिच पुरस्कृत गरियको छ ।ब्यवसायिक कृषक प्रोत्साहन तथा मुख्य मन्त्रि उत्कृष्ट पुरुस्कार एवम् कृषक सम्मान कार्यक्रमा कृषक प्रोत्साहनमा ११ जना मुख्य मन्त्रि उत्कृष्ट कृषकमा प्रत्येक स्थानिय तहका २ जनाका दरले कालिकोटका ९ स्थानिय तहवाट १८ जना दुइ जना लाई बिषेस कृषक सम्मान गरी जम्मा २८ जना अगुवा कृषक लाइ नगद प्रमाण पत्र सहित सम्मान गरियको हो । कृषि ज्ञान केन्द्र कालिकोटको आयोजनामा मान्मा कार्यक्रमको समापन गदै कार्यक्रमका सभा अध्यक्ष एवम कालिकोट कृषि कृषि ज्ञान केन्द्रका निमीत्त कार्यलय प्रमुख भरत बहादुर बस्नेतले कालिकोटमा पहिलेको तुलनामा कृषि खेतीमा केहि उदारणीय काम भयको बताउदै कृषि खेतीलाइ ब्यवसाहि रुपले बिकास गनुपर्ने बताउनु भयो । बस्नेतले कृषि पेशालाई सम्मान गरी कृषि क्षेत्रमा उत्पादन र आकर्षण बढाउनका लागि पुरस्कार वितरण गरेको हो ।

कालीकोट जिल्लाका स्थानीय तहलाई आत्मनिर्भर बनाउन र युवालाई कृषि पेशामा लाग्न उत्प्रेरणा मिल्ने हाम्रो अपेक्षा हो ।’ कृषि पेशा र कृषकलाई हेला गर्ने गरिएको भन्दै बस्नेतले अब सबैले कृषिमा लगानी गर्नुपर्ने धारणा राख्नु भयो । कर्णाली प्रदेश जस्तो ठाउँमा नेपाल गन्ज इन्डियाको रुपटियाको तरकारी भित्रीन नदिन कालिकोटका स्थानिए तहले कृषि रणनितीक योजना बनाइ तेस लाइ कार्यनयन गर्न लागिपर्नु पर्ने पनि बताउनु भयो ।जिल्ला समन्यवय समिति कालिकोटको सभाहलमा आयोजित कार्यक्रममा समन्वय समितिका प्रमुख अनिपाल शाहि, सान्नि त्रिबेणिगाउपालिका अध्यक्ष डम्बर बहादुर शाहि शुभकालिका गाउँपालिकामा अध्यक्ष खडानन्द चौलागाइ, पचालझरना गाउपालिकाका अध्यक्ष खडगराज सेजुवालले कृषकलाई प्रमाण पत्र प्रदान गर्दै सम्मान पत्र हस्तान्त्र ग्रनु भयको हो । समूह तर्फ पुजामालिका उत्कृष्ट कृषक समूह मान्म सहकारि तर्फ हिमचुलि कृषि सहकारि संस्था मान्म लाई ५० हजार रासिको पुरस्कार प्रदान गरियको छ ।जिल्लाभर दुई जना उत्कृष्ट कृषक छनोट गरियको छ , पुरस तर्फ टेक बहादुर शाहि र महिला तर्फ तारा गिरि लाई छनोटमा पारियको छ ।

पुरस्कार एउटैले दोहोराो तेहेरो पनि प्रदान गरियको छ तारा गिरि टेक बहादुर शाहि छत्र बहादुर कार्कि लगायतले तेहेरो पुरस्कार प्रापत गरेका छन। कायर्क्रममा सम्मानित कृषक तारा गिरिले,कर्णाली प्रदेस सरकारले कृषकलाई खुसि बनाउने कार्यक्रम ल्यायकोमा धन्यवाद दिनु भयको छ । किसान खुसि भय सबै खुसि हुने भन्दै कृषकले सम्मान पाउने दिन आयको बताउनु भयो ।कृषिमा आत्म निर्भर बनाउने अभियानमा लाग्ने कृषक गीरिले बताउनु भयो । कार्यक्रममा सम्मानित हुने कृषक टेक बहादुर शाहिले संघियता पछि प्रदेस सरकारले कृषक प्रोत्सान कार्यक्रम ल्यायकोमा धन्यवाद दिदै दण्ढजरिवाना ले भन्दा प्रोत्सानले उत्साहा थप्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *