धुवाँमुक्त,उज्यालो र समृद्भ पचालझरना बनाउछु सेजुवाल

कालिकोट जिल्लाको पचालझरना गाउपालिकाका लक्षित वर्गहरूका लागि बैकल्पिक उर्जा प्रवद्वन केन्द्रको सहयोगमा सोलार होम्स नेपाल बाट छछ वटा सोलार सेट बितरण गरिएको छ।पचालझरना गाउपालिकाका स्थानिय नागरिकहरू लाई अन्धकारबाट मुक्त बनाउनका लागि ५५ सेट सोलार बितरण गरिएको हो । पचालझरना गाउपालिकाका अध्यक्ष खड्गराज सेजुवालको अध्यक्षता उपाध्यक्ष तारा न्यौपानेको उपस्थितिमामा एक कार्यक्रमको आयोजना गरि सोलार बितरण गरिएको हो ।

सोलार बितरणमा बोल्दै गाउपालिका अध्यक्ष सेजुवालले गाउपालिकाका सबै नागरिलाई उज्यालो प्रदान गर्ने बताउनु भयो । उहाले बिधुतको पहुँच नपुगेको पचालझरना गाउपालीकालाई उज्यालो गाउपालिका बनाउने अभियान अन्र्तरगत सोलार बितरण गरेको बताउनुभयो । पचालझरना गाउपालीका उपाध्यक्ष तारा न्यौपानेले वर्षौदेखि अँध्यारोमा रात बिताउँदै आएका कालिकोटका पचालझरन बासी पहिलो पल्ट सोलार पाउँदा निक्कै खुसी भएको बताउनु भयो । बिजुली बत्ती नहुँदा अँध्यारोमा बस्न बाध्य पचालझरनाबासी अब अँध्यारो मुक्त हुनेछन ।

गाउँपालकिाको वडा नं १ देखि ५ सम्मा ठुलो चुलो १०३ र पोटेबेल २२६ गरि जम्मा साढे ३ सय चुलो बितरण गरिएको उपाध्यक्षे न्यौपाने बताउनु भयो धुवाँमुक्त,उज्यालो र समृद्भ पचालझरना आफ्नो सपना भएको भन्दै यसलाइ पुरा गर्न लागि परेको बताए । उपाध्यक्षे न्यौपानेले चुलो र सोलार सेट जनताको आबश्यक्ता हेरि बितरण गरिएको बताए । बत्ति नहुँदा टुकी, दियालो र मैनबत्तिको साहारामा पढ्न बाध्य यहाँका समुदाय बालबालिकालाई सोलारको उज्यालोले अध्ययनमा निकै फाइदा पुग्ने बताउनु भयो । साथै उक्त कार्यक्रममा सोलार होम्सका रामबहादुर बटाला र चिन बोगटी समेत उपस्थित रहेको थियो ।

सोलार पाउँदा आफु निकै खुसि भएको बलबिरे दमाईले बताउनुभयो । उहाँले पहिले झरो र लाल्टिन बाल्नु पर्ने अबस्था अब हटेको बताउनुभयो । उहाले भन्नुभयो उज्यालो नहुँदा हाम्रा नानि बाबुले पढ्न पाएनन, लेख्न पाएनन् अब भने सबै समस्या समाधान हुने छ । सोलार पाउँदा उहाँ मात्र होईन पचालझरना गाउपालिकाका लक्षित वर्गले खुसि ब्यक्त गरे छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *