कालिकोट जिल्लामा नसर्ने रोगका बिरामीको संख्यामा बृद्धि ।। स्वस्थ खानपानमा बिशेस ध्यान दिनुपर्ने डाक्टरहरुको सुझाब ।।

धुम्रपान मध्यपान र अस्वस्थ खानपिनको कारणले कालिकोटमा नसर्ने रोगका बिरामीको बढी प्रकोप देखिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ । बिगतका बर्षहरुको तुलनामा चालु आर्थिक बर्षमा नसर्ने रोगहरुको समस्याका बिरामीहरु बढी आएका हुन् । पत्रकार तथा स्वास्थ्य संचारकर्मीहरुलाई स्वास्थ जिबनशैलि ब्यबहार परीबर्तन सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रममा कालिकोट जिल्लामा खानपिनको लापर्बाही कारण नसर्ने रोगका बिरामीको संख्यामा बृद्धि भएको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका नि प्रमुख कटक महतका अनुसार कालिकोट जिल्लामा पाठ्घरको मुखको क्यान्सरका बिरामी १० जना दम रोगका बिरामीको संख्या १८०५ जना मुटुको समस्याका बिरामीको संख्या ११७३ मधुमेहका बिरामीको संख्या १५ जना उच्च रक्तचापका बिरामीको संख्या २८५ जना र बाथ रोगका बिरामीको संख्या २५ जना रहेका छन । उहाँका अनुसार यस्ता नसर्ने रोगहरुको उपचारको खर्चका कारणले बर्षेनी हाम्रो जस्तो देशमा थुप्रै घरपरिवार गरीबिको रेखामुनि धकेलिएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो नसर्ने रोगहरुले रोगको रुपमा मात्र नभई सामाजिक आर्थीक बाताबरण र समग्र देश बिकासमा समेत नकारात्मक असर पारिरहेको छ । त्यस्तै कार्यक्रममा प्रमुख अतिथी डा बिज्ञान प्रजापतिले कालिकोटमा नसर्ने रोगका बिरामी त्यसमाथि महिलामा हुने पाठ्यघरको मुखको क्यान्सर , स्तनको क्यान्सर का बिरामी पनि बड्दै गएकाले यसको रोकथाम र नियन्त्रण गर्नको लागी स्वस्थ खानपान खानुपर्ने धुम्रपान मध्यपान सेवन नगर्नको लागी सुझाब दिनुभएको छ । जिल्ला स्वास्थ्य कार्यलय कालिकोटका नि प्रमुख कटक महतको अध्यक्ष्ता तथा जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका डा बिज्ञान प्रजापतिको प्रमुख अतिथ्यता र डा बिष्नु श्रेष्ठको बिशेस अतिथ्गतामा र बिभीन्न संचार माध्यममा कायर्यरत पत्रकारको उपस्थीतिमा अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *