नसर्ने रोग बाट बच्ने तरिका सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

कालिकोटको पचालझरना गाँउपालिकाल आधाभुत स्वास्थ्य तथा सरसफाइ शाखाको आयोजनामा गाउँ कार्यपालिका सदस्यहरु बिद्यालय शिक्षक, पालिकामा कार्यरत स्वास्थ्यकर्मि, महिला स्वास्थ्य स्वयंसेविका,पालिका भित्र कार्यरत गैसस का प्रतिनिधि लगाएतक ५५ जनाको सहभागितामा सहजिकरण गरिएको थियो  अभिमुखिकरण कार्यक्रममा नसर्ने रोग, कडा रोग, नसर्ने रोग बाट बच्ने तरिका, कडा रोग सम्वन्धि नेपाल सरकारले उपलब्ध गराउने सेवा सुविधा, सेवा लिने प्रक्रिया, सेवा लिने प्रक्रिया आदिको बारेमा सहजिकरण गरिएको थियो .नसर्ने रोगको बारेमा सेवाग्राहि सिफारिसका लागि आउने गरेको र यस बारेमा प्रयाप्त ज्ञान नहुदा सिफारिस गर्दा नि अप्ठेरो हुने गरेकोमा अब काम गर्न र सेवा लिन सहज हुने ५ नं वडा अध्यक्ष बृर्षलाल आचार्य ले बताए । दुर्गम गाउँ कालिकोट स्वास्थ्य सेवालाइ ब्यवस्थित र सुविधायुक्त बनाउनेमा लागि परेको र स्वास्थ्य संस्थाले नसर्ने रोग सम्वन्धि न्युनतम सुविधा दिन स्वास्थ्य संस्थालाई ब्यवस्थित गर्न आवश्यक बजेट ब्यवस्थापन गरिने छ ।यसै बर्ष पालिकाको नीति तथा कार्यक्रममा ६) बर्ष माथिका बृद्ध लाई प्रत्येक महिना घरमा नै पुगेर स्वास्थ्य चेकजाँच गर्ने ब्यवस्था गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *