नेकपा कालिकोटद्धारा कोटदरबारमा बृक्षारोपण

कालिकोट जिल्लाको ऐतिहासिक तथा पर्यटकिय क्षेत्र कोटदरबारमा बृक्षारोपण गरिएको छ । स्वर्गिए जननेता मदन भण्डारीको ६८ औँ जन्म जयन्ती तथा राष्ट्रिय बृक्षारोपण दिवसका अवसरमा नेपाल कम्यूनिष्ट पार्टी कालिकोटले जिल्लाको ऐतिहासिक तथा पर्यटकिय क्षेत्र कोटदरबारमा बृक्षारोपण गरेको हो । नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला अध्यक्ष धनजित शाही, प्रदेश कमिटि सदस्य तरालाज बिष्ट, जिल्ला कमिटि सचिव नगिन्द्र शाही नेशनल सहितका झण्डै ५० जना नेता तथा कार्यकर्ताहरुले कोटदरबारको हाताभित्र बृक्षारोपण गरेका छन् । बृक्षारोपण पछि आयोजित समापन कार्यक्रममा नेकपाका प्रदेश सदस्य तुललाराज बिष्टले कालिकोटमा बृक्षारोपण अभियान थाली हरीयाली कालिकोट बनाउने र त्यस अनुसार नै पार्टीको संगठनलाई बिस्तार गरिने बताए । उनले भने, नेकपाले सुरु गरेको बृक्षारोपण अभियान मार्फत कालिकोटका नाँङगा डाँडाहरु हरीयाली बनाउछौ । जिल्लामा पार्टीको संगठनलाई पनि टाँल स्तरसम्म बिस्तार गर्छौ । यि दुवै अभियानलाई सफल बनाउनका लागि सबै एकजुट भएर अगाडी बढ्ने छौ । कार्यक्रममा नेकपा कालिकोटका अध्यक्ष धनजित शाहीले स्वर्गिए नेता मदन भण्डारीको हत्या अहिलेसम्म पनि रहस्यमय रहेको बताउदै यसको छानबिन हुनुपर्ने बताए । उनले बृक्षारोपण कार्यक्रममा सक्रियता पुर्वक सहभागी हुने नेता तथा कार्यकर्ताहरुलाई धन्यबाद दिदै आफ्नै पार्टीको दुई तिहाई बहुमतको सरकार भईरहेका बेला पनि बहुदलिय जनबादको सिद्धान्त जन्माउने नेता मदन भण्डारीको हत्याकाण्डका बिषयमा मौन बस्नु परेको बताए । उनले भने, हाम्रो मुलुक पुर्ण रुपमा अझै पनि स्वतन्त्र हुन सकिरहेको छैन् । कुनै न कुनै रुपमा बिदेशीको अर्ध उपनिबेसमा छ । अबको नेतृत्वले मुलुकलाई पुर्ण रुपमा स्वतन्त्र बनाउनु पर्छ । मदन भण्डारीको हत्याकाण्डको बिषयमा पनि छाबिन गर्नुपछै ।कार्यक्रममा नेकपा कालिकोटका सचिव नगिन्द्र शाही नेशनलले बिश्व जलबायु परिवर्तनको शिकार बनिरहेका बेला नेपाल सरकारकै मुख्य कार्यक्रमका रुपमा बृक्षारोपण कार्यक्रम आयोजना गरिएको बताए । उनले स्वर्गिए नेता मदन भण्डारीको ६८ औँ जन्म जयन्ती तथा राष्ट्रिय बृक्षारोपण दिवसका अवसरमा कालिकोटका ग्रामिण बस्तीहरुमा समेत नेकपाका कार्यकताहरुले बृक्षारोपण गरेको बताए । उनले पार्टीले गरेको परिपत्र अनुसार एक व्यक्ति दुई बिरुवका दरले बृक्षारोपण गरी बाताबरणिय सन्तुलन कायम गर्ने अभियानमा सबैको सक्रिय सहभागीता रहेको बताए । उनले भने, नेकपाले बृक्षारोपण अभियानका साथै जनतामा उत्साह ल्याउने कार्यक्रमहरु अगाडी बढाईरहेको छ । यो अभियान हरेक बस्ती बस्तीमा पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *