खाडाचक्र नगरपालिकाको वडा नं ६ मा वडासभा र बहुक्षेत्रीय पोषण योजनाको सार्वजनिक

कालिकोट जिल्लाको खाडाचक्र नगरपालिकाको वडा नं ६ को तेस्रो वडासभा वडाका गतिबिधिको सार्वजनिक सुनुवाइ, बहुक्षेत्रीय पोषण योजनाको सार्वजनिक सुनुवाई तथा सुझाव संकलन कार्यक्रम सनिवार सम्पन्न भएको छ । खाडाचक्र नगरपालिका वडा ६ ले आर्थिक वर्ष 2075/076मा वडाले गरेका काम कार्वा्हिलाई जनताको माझमा पुर्याउनका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो । नागरिकले सूचना पाउने अधिकार भएकाले सूचनाको हक सम्बन्धि को ऐन द्दण्टद्ध र नियमावलि द्दण्टछ ले ब्यवस्था गरे अनुसार प्रत्येक बर्ष सार्वजनिक सुनुवाई गर्दै आएको छ । वडामा रहेका जनतालाई वडाले प्रवाह गरेका सेवासुवधालाई जनताको माझमा पुर्याउनका लागि पहिलो पटक सार्वजनिक सुजवाई कार्यक्रम सम्पन्न गरेको हो । खाडाचक्र नगरपालिका वडा नं ६ का वडाध्यक्ष जगदिस शाहि मुख्य जवाफदेहि बक्ता मनसिह शाहि, धनिराम भट्टराई वडासदस्य जवाफदेहिवक्ता, त्यस्तै खाडाचक्र नगरपालिकाका कृषि शाखा प्रमुख पर्सुराम काफ्ले जवाफदेहि बक्ताका रूपमा रहनु भएको थियो । सार्वजनिक सुनुवाईमा गुनासो राख्दै स्थानिय नागरिकले प्रधानमन्त्री रोजगार कार्यक्रममा छनोटमा परेका ब्यक्ति छनोटमा नपर्नु पने ब्यक्ति लाई छनोट गरेको भन्दै आक्रोस ब्यक्त गरेका छन् ।

उहाहरूले वडा र बिषयगत शाखाबाट प्रदान गरिने सेवामा जनता सन्तुष्टि नभएको बताएका छन् । सार्वजनिक सुनुवाईमा प्रश्न राख्दै खाडाचक्र नगरपालिकाका स्थानिय मनसिह शाहिले प्रत्येक बर्ष छपाईका लागि किन बजेट बिनियोजन हुने भन्दै प्रश्न राख्नु भयो । उहाले पुजिगत बजेट सन्तोसजनक भएपनि चालू रकममा अनियमितता भएको आशंका ब्यक्त गर्नु भयो । कार्यक्रममा प्रश्न राख्ने अधिकाँश स्थानिय खानेपानि शिक्षा स्वास्थयमा परिवर्तन नभएको उल्लेख गरेका थिय जनताको प्रश्नको जवाफ दिदै वडाध्यक्ष जगदिस शाहिले आफु निर्वाचन भएको दिनमा सडक टोलटोलमा पुर्याउने प्रतिवद्वता गरेकाले उक्त बाचा पूरा भएकाले अबको ३ वर्ष्भित्र सबै आबश्यक योजना परा गर्ने बताउनुभयो ।

वडा नं ६ लाई कृषि प्रधान वडा बनाउनका लागि नमुना नसरि बनाएको कृषिशाखा प्रमुख पर्सुराम काफ्लेले बताउनुभयो । उहाले अब कृषिमा लागि बाहिरबाटबिरूवा ल्याउनुपर्ने बाध्यता हटाउने बताउनुभयो । त्यसतै आफ्नो जिज्ञासा राख्दै नेत्र बहादुर शाहिले काम पूरा नभएको योजनाको भुक्तानि दिने गरेको बताउनुभयो । उहाले जनप्रतिनिधिबाट नै यस्तो काम हुँदै गएमा बिकास नहुने बताउनुभयो । सार्वजनिक सुनुवाईमा प्रश्न राख्दै मिर्मसरा शाहिले बालबालिका र महिलाको नाममा आउने रकम वडामा नपुगेको बताउनुभयो । उहाले राज्यले दिएको ब्यवस्थालाई वडाले कार्यान्वयन नगरेको गुनासो गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *