गाउँपालिकालाइ कर्णाली प्रदेशकै नमुनायोग्य गाउँपालिका स्थापित गर्ने सेजुवाल

कालिकोटको पचालझरना गाँउपालिका आगामी आर्थिक बर्षभित्र खरको छानामुक्त गाँउपालिका बनाउने घोषणा गरिएको छ । आगामी आर्थिक बर्ष २०७६∕०७७ को बजेट, नीति तथा कार्यक्रम सार्बजानिक गर्दै आगामी आर्थिक बर्ष भित्र खरको छानामुक्त गाँउपालिका बनाउने गाँउपालिका अध्यक्ष खड्गराज सेजुवालले घोषणा गर्नुभयो । गाँउपालिका अध्यक्ष सेजुवालले गाँउपालिकाको कुल २६ करोड ७ लाख ८४ हजार बजेट सार्बजानिक गर्दै प्रदेश सरकार र गाँउपालिकाको साझेदारीमा गाँउपालिकालाई खरको छाना मुक्त बनाउन ५० लाख बजेट बिनियोजन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पचालझरना गाँउपालिकाले विगतमा निर्माण गरिएका सडकको स्तोरोन्नती, सडकले जोडिन बाँकी वडाहरुमा सडक निर्माण, सिचालइका लागि कर्णालीको पानी तान्ने लिप्ट सिचाई आयोजना, कृषि पशुपालन, शिक्षा, स्वास्थ्य र स्थानिय स्तरमा रोजगारी सिर्जना गर्ने कार्यक्रमहरुलाई उच्च प्राथमिक्ता दिएको छ । अध्यक्ष सेजुवालले आगामी आर्थिक बर्षका लागी वजेट वित्तिय अनुदान अन्तर्गत केन्द्र सरकार बाट ८ करोड ५५ लाख, प्रदेश सरकार वाट १ करोड ५८ लाख, स्थानीय स्तरमा राजस्व संकलनबाट करिब १५ लाख, गाउँपालिकाको चालुखर्च ब्यबस्थापन गर्नको लागि केन्द्र सरकारको अनुदान बाट ५ करोड र सशर्त अनुदान बाट करिब १० करोड प्राप्त हुने  जानकारी दिए । पेश गरिएको वजेट चालु आर्थिक बर्षको तुलमा झण्डै २ करोड ५० लाख बढी हो । सेजुवाल द्धारा प्रस्तुत बजेटको निती तथा कार्यक्रमहरु

स्थानीय तहको निर्वाचन सम्पन्न भएको दूई वर्ष पुरा गरी तेस्रो वर्ष प्रवेश सगै हाम्रो गाउँपालिकाको चौथो गाउँसभामा जुटीरहेका छौ । यस गरीमामय गाउँसभामा उपस्थीत सम्पुर्ण जनप्रतिनीधी व्यावस्थापीका साथीहरु , कर्मचारी , पत्रकार रेडियो मार्फत प्रत्यक्ष प्रसारण सुनीरहनु भएका सम्पुर्ण आमाबुवा दाजुभाई तथा दिदिवहिनीहरु यस चौथो गाउँसभामा यहाहरु सवैलाई स्वागत गर्न पाउदा असाध्यै गौरव लागीरहेको छ । स्वागत गर्न चाहान्छु । यस क्षणमा परिवर्तनको आजको यो उचाईमा पु¥याउनका निम्ती आफ्नो ज्यानको वलीदानी दिनुहुने महान शहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहान्छु । विछोडको पिडाले छटपटीनु भएका परिवार जनहरुमा हार्दिक समवेदना प्रकट गर्दछु । साथै घाईते अपाङ्ग योद्धा हरुमा सम्मान गर्न चाहान्छु । तपाइहरुको एकएक थोपा रगत र पसिना को उच्च मुल्याङ्कन गर्दै वलीदानको कृतीलेनै आजको यो राज्य व्यावस्था परीवर्तत गर्न सम्भव भएको हो । यसको जगमा तिन तहका सरकार परिचालीत र कायम भएकाछन ।
परापुर्व कालदेखीनै आफ्नो अलग पहिचान बोकेको खसान क्षेत्रको आफ्नै महत्व छ । खसान क्षेत्रमा नेपाली भाषाको उत्पती भएको कुरा जगजाहेरनै छ र अहिलेको नेपाल सग सिजामा राज्य गाविएको थिएन खस राज्य भारतको गडुवाल कुमाउ र हाम्रो देशको पाल्पा सम्म फैलीएको इतिहास छ । नेपाल एकिकरण को वेला बहादुर शाहको पालामा मात्र नेपालमा समाहित भयो । विभिन्न घटनाक्रमले हाम्रो देशको अहिलेको भौगोलीक अवस्था कायम रहन बाध्य भयो । पछी एकिकरण भएको र भौगालीक रुपले विकट केन्द्रीय सत्ताको केन्द्र काठमाडौ देखि टाढा हुदा सत्ता संचालनको प्रकृयामा सौतीनी व्यावहार गरीयो । अथार्त सम्पदाको खानी प्राकृतीक सुन्दरता बोकेको यो क्षेत्र विकास र शिक्षाको हिसावले पछाडी पारीयो । यही कारण आज मानव सुचाङ्कका हिसावले हामी कयौं वर्ष पछी नै छौ । सावीकको कर्णाली , भेरी राप्तीका केही जिल्ला मिलाई बनेको कर्णाली प्रदेश भित्र रहेको कालिकोट जिल्लाको साविक राम्नाकोट , नानीकोट र बदालकोट गा।वि।स। का १ र २ नंं। वडा वाहेक अरु सवै हाल पचालझरना वाट परिचीत हुन पुग्यो ।
जुम्लाको सिजा राज्य सग जोडीएको कालिकोट पलाता दरामा परिचीत यो क्षेत्र देशै भरी कायम भएका स्थानीय तहको सुचीमा अलग्गै पहिचान सहित पचालझरना भएकोछ ।
३८१ मिटर अग्लो झरना ९पचालझरनाको नामकवाट गाउँपालिकाको नामाकरण हुनु आफैमा गौरव र अलग्गै पहिचान सहितको गाउँपालिका भएकोछ ।
प्राकृतीक सुन्दरताले भरीएको यो गाउँपालिका कालिकोट जिल्लाको ३ न।पा। र ६ गा।पा। मध्यको एक गाउँपालिका हो । यहा तराइमा हुने सुन्तला , केरा , आप देखी हिमालका स्याउ ओखर सम्म फल्छ । हिमालको फापर चिनो देखी तराईको धान फल्छ । फराकीला लेकाली पाटन घासे मैदान पाखा पखेरा गाउवस्ती कर्णालीको किनारै किनारमा रहेका वगरे वस्ती तराई जस्तो मौसम विचमा गाउँहरुमा पहाडी उत्पादन र माथी शिरमा लेकाली भुमीछ । समयमै संरक्षण प्रबन्धन विकास र विस्तार गर्न सक्यौ भने यहाको वन पैदावार , वन जंगल जडीबुटी आयआर्जनको मुख्य श्रोत वन्न सक्छ । लोपउन्मुख जनावर मृग रेडपाण्डा , सवैखालका मृग चराचुरुङ्गी डाँफे कस्तुरी आदीको वासस्थान नै मान्न सकिन्छ । कर्णाली नदीले दुई किनारामा च्यातीयको यो भुगोलमा अवस्थीत छौ ।
धार्मीक हिसावले वहुसंख्यक समुदाय हिन्दु धर्ममा नै आस्थावान छन । अन्य धर्ममा छुटफुट समुदाय केही भएपनी अधिकांस देवी देउता मान्ने , हिन्दु प्ररम्परा अनुसारमा धार्मीक संस्कृतीक प्ररम्परामा रहेको छ । हरेक वडा र गाउमा आ–आफ्ना देवताहरुको पुजा गर्ने र विश्वास गर्ने चलन रहेको छ । धार्मीक सांस्कृतीक रुपले राम्रा नराम्रा कार्य विवाह , वर्तवन्ध नुवारण, काजकिरीया रुद्धी पुजा र छैटी आदी हिन्दु प्रचलनमा आधारीत छन ।
वसोवासका हिसावले वाहुन, ठकुरी , क्षेत्री, दलित वस्तीहरु एक आपसमा परापुर्व कालदेखी नै मिलेर वस्नुले यो गाउँपालिका अत्यन्तै सुन्दर मानव वस्तीको रुपमा परिचीत छ । २३९६ घरधुरी भएको यस गाउँपालिमा ७६९३ महिला र ७७९५ पुरुष गरी जम्मा १५४८८ जनसंख्या रहेको छ ।
कुल क्षेत्रफल १६६।९२ वर्ग किलोमिटर भु–भागमा फैलीएको यो गाउँपालिका पुर्वमा पलाता पश्चिममा रास्कोट उत्तरमा वाजुरा दक्षिणमा खाडाचक्रले घेरीएको छ । समुन्द्री सतह वाट ९७० मिटर उचाई रहेको गाउँपालिका भारतको रुपडिया नेपालगंञ्ज सुर्खेत दैलेख कालिकोट वाजुरा हुदै तिब्वत सम्म पुग्न कर्णाली करीडोर हाम्रो गाउँपालिकाको विचभागमा छिचोल्दै गएको छ । यहा ३८१ मिटर अग्लो पचालझरना साथै अन्य थुप्रै पर्यटकीय स्थानहरु छन ।
चुली, पुग , नौमुले , डङ्सीले त्रिवेणी वड्डादुन पचालझरना , पंगेलीचौर काफलडाडा भारपाटा वाडा पाखा उनीकोट दरवार , वुडाकोटे दरवार छेडताल , जलकुण्ड मन्दीर पागर पानी पञ्चदेवल , दइतको तडो काटेको जस्ता दर्जनौ सुन्दर पर्यटकीय स्थलहरु रहेकाले यो गाउँपालिका एक प्रमुख पर्यटकीय गाउँपालिका नै हो भन्ने प्रमाणीत भएको छ ।
यावद सम्भावना र पहिचान बोकेको हाम्रो गाउँपालिका भौगोलीक विकटता , अग्ला नाङ्गा डाडाकाँडा , सिचाई र खानेपानीका प्रशस्त मुहान को अभावका कारण सुख्खा तथा खडेरी ग्रस्त अवस्थामा आकास हेरी किसानले धर्ती च्यात्नु पर्ने घन्टौ लाएर पानी लिन जानुपर्ने वाध्यता अहिलेपनी कायम छ । कर्णाली नदीले यो भुगोललाई दुईतिर च्यातीदिनुले एकै तिरबाट केही व्यावस्थीत गरेर जाउ भन्ने अवस्था पनी छैन यावद चुनौतीहरुका बावजुद यो गाउँपालिका को समग्र कार्ययोजना वनाइने छ ।
आज स्थानीय निर्वाचन सम्पन्न भएको दुई वर्ष पुरागरी तेस्रो वर्षमा प्रवेश गरेका छौ । यहा सम्म आउदा थुप्रै चुनौती र सम्भावनाहरुको विचमा आफुलाई उभ्याउदै गाउँपालीकाले गतसाल वाट राखीएको ३ वर्षे लक्ष्य अनुरुप “ समृद्ध पचालझरना हाम्रो चाहाना ” भन्ने मुल नारामा रहेर कार्य सुरुवात गरेको यो एक वर्ष गएको छ । यो एक वर्षमा भए गरेका काम कार्वाही उपलब्धी र समस्याहरुको पहिचान सहित यो वर्षको समग्र निती तथा कार्यन्वयन निमार्ण गरीयको छ ।
गत वर्षको समिक्षा
धेरै लामो अन्तराल पछी देशमा ठुलो संघर्ष र वलिदानको उपलब्धीले आज देश संघियता धर्मनिरपेक्षता र लोकतान्त्रीक गणतन्त्रमा छ देशमा तिन तहका सरकारहरु आ –आफ्नो कार्यक्रम को विकास गरी आम समुदायको गास , वास , कपास स्वास्थ्य शिक्षारोजगार जनजीविकाका सवाल लगायत भए गरेका काम कार्वाही वाट समस्या र उपलब्धीहरुको शिक्षा लिदै भावी योजना वनाउनु पर्दछ । समस्याहरुको पहिचान गर्दै उपलब्धीको रक्षा र भावी योजनामा बढ्नु पर्दछ ।
उपलब्धीहरु
गत साल असारमा गाउँसभा सम्पन्न सगै समग्र कार्यक्रमको व्यावस्थीत कार्ययोजना मा समय तालीका नै निमार्ण गरी कार्यको थालनी भयो । हामीले यो वर्षवाट सुरुवात गरेको ३ बर्ष कार्ययोजना अनुरुप “ समृद्ध पचालझरना – हाम्रो चाहाना ” भन्ने नारालाई सार्थक वनाउन यो सुरुवातको वर्ष हुनुले हरेक कार्यको थालनी भएको छ यो वर्ष असाध्यै परिणाममुखी र उपलब्धी पुर्ण नै रह्यो शिक्षा , स्वास्थ्य , देखी अन्य विभागीय कार्यहरु सम्पन्न भएकाछन भौतीक विकास पुर्वाधार र अन्य कामका साथ मुख्य चुनौतीको रुपमा रहेको पचालझरना लाई स्थापीत गर्न र कायम गराउने सवालमा पर्यटन मन्त्रालय मार्फत देश भरीएका १०० गन्तव्या ६४ औ नम्बरमा पचालmझरना पर्न सफल भएको छ । सवै भन्दा ठुलो र महत्वपुर्ण उपलब्धी हो साथै अन्य काम कार्वाहीहरु पनि सम्पन्न भएका छन । वुदागत रुपमा राख्न चाहन्छु ।
सवैभन्दा चुनौतीका रुपमा रहेको पचालझरना लाई पर्यटन मन्त्रालय मार्फत पर्यटन वोर्डमा कायम गराउने कुराले औपचारीकता प्रदान भएको छ । पर्यटन पन्त्रालय मार्फत देशभरीका
सयौ गन्तव्यमा ६४ औ नम्बरमा पर्न सफल पचालझरना यो पहिलो उपलब्धी हो ।
यो वर्षमा हरेक वडा स्तरीय सार्वजनीक सुनुवाई दुईपटक सपन्न भए जसले विगत देखी योजनामा भएका अनीयमितता र यो विचमा सेवा संञ्चालनका सवालमा वडा स्तरका समस्या हरुको पहिचान सहित नया ढङ्गले अगाडी बढ्ने प्रतिवद्धता जाहेर गरीएको छ ।
सडक विस्तार सम्बन्धमा राखिएका लक्ष्य हरु पुरा भएका छन । ट्रयाक ओपन गर्ने कार्य सपन्न भएको छ । अव यसको विस्तार स्तर उन्नती मुख्य देखीएको छ । अहिलेको यो वर्ष भित्रमै सवै वडाहरुमा सडक विस्तार सम्पन्न गरी सकीनेछ ।
स्वास्थ्य समस्यालाई ध्यान दिदै गाउँपालिका भरीका ६ वटा वडामा स्वास्थ्य कर्मचारीको दरबन्दी सृजना गरी ६ वटा स्वास्थ्य इकाई स्थापना भएको छ भने जारकोटको स्वास्थ्य चौकी लाई १५ औ शैया र २४ घन्टेसेवामा सुचारु गरीयको छ ।
समुदायमा महिलाहरुको स्वास्थ्य समस्यालाई ध्यान दिदै।।।।।।।।।।।।।।।मिति मा महिला रोग विशेषज्ञालाई २ दिन स्वास्थ्यशिवीर संचालन गरीयो जस्ले पाठेघर खसेका १५ जनामहिलाहरुको अप्रेसन समेत भएको छ ।
त्यसैगरि ।।।।।।।।।।।।।मिति मा कर्णाली प्रदेश अस्पताल का डाक्टर डम्बर खड्का र बाल रोग विशेषज्ञ नमराज क।ेसी को उपस्थीतिमा २ दिने वृहत स्वास्थ्य शिविर संचालनभयो । जुन शिविरले यँहाका सम्रग विरामी र खास गरि वाल वच्चाहरुमा देखिने रोगको पहिचान भयो ।
कृर्षिका कामलाई व्यवस्थीत गर्दै पालीकामा ।।।।।।।।।।।।।।। दिने माटो परिक्षण सम्पन्नभयो ।
अन्यलक्षितवर्गले आत्मनिर्भर बन्ने उद्देश्य सहित शिलाइ—कटाई देखि अन्यतालीम संचालन भईरहेका छन् ।
खाने पानीको अभावलाई मध्यनजर गरी पालीकावाट संचालीत आयोजना अन्तीम चरणमा पुगेकाछन भने प्रदेश सरकार मन्त्रीपरिषद ले यो वर्ष ४ वटा वडाहरु प्राविधिक मुल्याङ्कन सम्पन्न गरेको छ वाकी प्रकिृया यसै वर्ष अगाडी वढ्ने अवस्था छ ।
वृहत खालका आयोजनाहरुमा प्रदेश सरकार मार्फत र साना आयोजनामा पालिका स्थर वाटै काम कारवाहि तिव्र रुपमा अगाडि वढनुले काम कारवाहीमा सहजता पैदा गरीदिएको छ ।
यही वर्षको सुरुवातमै हाम्रो शान्ति —सुरक्षा अवस्थालाई मध्यनजर गर्दै क श्रेणीको ईलाका प्रहरि कार्यालय स्थापना भएको छ ।
शैक्षिक क्षेत्र या श्रोत व्यक्तिको नियुक्ती सहित सम्पूर्ण काम अगाडि वढिरहेका छन र साथै विषयगत तालीम, पालीका स्थरमा संचालनहुने परिक्षाको नियमित निरिक्षण,अनुगमन र सुपरिवेक्षण मर्यादीत र अनुशासीत ढंगले भएको ले शैक्षक क्षेत्रमा केही सकरात्मक सुधारको आभास भएको छ ।
न्यायपालिका को कामकार्वाहीलाई व्यवस्थीत गर्न ४८ ९८ दिन ०तालीम संचालन सम्पन्न भयो । तालीमको सफल कार्यान्व्यन ले हरेक वडा स्थरका मेलमिलाप केन्द्रलाई आफ्नो जिम्मावरी र कर्तव्यवोध गर्न सहजता पर्दै भयो ।
यो वर्षको सुरुवातमा र अन्तीम चरणमा जिल्लाका मुख्य रेडीयोहरुको उपस्थीतीमा पालीका भरी सार्वजनीक सुनुवाई सम्पन्न भए जसले जनप्रतिनिधि,कर्मचारी लाई मात्र नभई आम समुदायहरुलाई इमान्दार र कर्तव्यनिष्ठ बन्न र जिम्मेवारी वोध गराई दिएको छ ।
खेलकुद क्षेत्रलाई व्यवस्थित गर्दै मुख्य गरी राष्ट्रपती रनिङ सिल्डपालीका स्तर वाट जिल्ला सम्मको सहभागिताले पचालझरना सवैका निम्ती चर्चा र छलफलको मुख्य विषय वन्न सफल भएको छ । अन्तमि तयारीमा खेलाडी बैनी समिपुरा वडे नदिमा वगेर वेपत्ता हुदा सम्पूर्ण खेलाडीमा पर्न गएको भावनालाई पिडाका बावजुत पनी सफलता हासिल भएको छ । यदी यो घटना नभई अग्रिम जोस जागर साथ खेल्न पाएको भए अझै उच्च सफलता हामीलाइ हुने पक्का थियो ।
हरेक वर्ष एक वडामा एक जनाको घर विहिनहरुका घर निमार्ण गर्ने कार्य अनुसार नौ।वडाका १८ जनाका घर निमार्ण सम्पन्न भएका छन् ।
समस्या र चुनौती
पहिलो वर्ष सिकाई र अनुभव समाल्ने वर्ष थियो ,यो वर्ष तिव्र कार्यन्व्यन र गतिको वर्ष वनाउनु पर्ने थियो । तर अझै पनि केही अलमल रही रहे ।
केही गर्न सक्ने पालीकावाट विभागीय जनशक्ती परीपुर्ती गरेपनी समग्रमा पालीकामा कर्मचारी अभाव कायमै रहेको छ र भएको शक्ती पनी दक्षता र निपुर्णताको अभाव छ ।
योजनाहरु घनीभुत हुदाहुर्दै संघ, प्रदेश र पालिकाविचका केही समन्व्य र प्रकृया अगाडि वढाउने अभावका कारण केहीअन्योयलता पर्दै गरायो,जसकारण भने जती कार्यन्वयन गर्न सकिएन ।
उपभोक्ता निमार्ण प्रकिृया जिम्मेवारी लिनेमा प्रतिस्पर्धा तर कार्यान्वयन प्रकिृयाहरुमा गतिहिन ताकायमै
छ ।
योजना निमार्ण र वजेट विनियोजीत गर्न जती सक्रियता देखिन्छ , कार्यन्वयन र अनुगमनको प्रकिृया उदाशीन्नता आज समस्याको रुपमा रहेको छ ।
विभागीय रुपले समग्र कामहरु अगाडी भन्दा पालिकाले दिएको अनुदान वजेटमा मात्र ध्यान दिने र ससत्र अनुदानको वजेट कार्यन्वयनमा ध्यान दिने नसक्ने समस्य देखा प¥यो ।
पालिकाभरी सार्वजनिक सुनुवाई स्थापीत भएको छ । पहिले उठेको विषयवस्तुलाई गम्भीरताका साथ लिने र हल गर्दै अगाडी वढ्ने भन्दा त्यस पछि पहल नै नगरी वेवारीसे छोड्दा वारम्वार उही कुरा दोहोरिन्छन । कतीपय वडा स्तरबाट गैरजिम्वार पन देखाप¥यो जसले पालिका पर्ति नै अविश्वास गरी दिएको छ ।
पालिकामा हामी प्रतिनिधीहरु एकरुपता । योजना छनौट र रकम विनियोति गर्दा आवश्यकताको पहिचना भएको छ । तर पनि कतिपय वेला अन्र्तविरोध सृजना ल्याउने विखन्डन ल्याउने उद्देश्य सहित वरीपारी तलमाथी साविकको गा।वि।स।का भावना केन्द्रीत गर्ने र अन्तर विरोध सृजना गराउने अवस्थाआउने गरेको छ ।
भावीकार्यक्रम
कालीकोट जिल्लाको मात्रनभै कर्णालीप्रदेश र देशकै गौरव पजालझरना एक आफैमा यो गाँउपालीका एक पर्यटकीय गाँउपालिका हो । यहाँ विकास ,निकास । आर्थिक आय आर्जनको सोत्र भनेकै पर्यटन ,जडीवुटी ,गिट्टी, वालुवा,र ढुङ्गालाई सदुपयोग गर्न सके प्रचुर सम्भावना वोकेको छ । यसको विकास विस्तार र व्यवस्थीत गर्ने कयौ चुनौतीहरु छन भौगौलिक विकटता ,सुख्खा,खडेरी ग्रस्त क्षेत्र हुदा चाहेर पनि केही काम कारवाही सोचे जतिप्रक्रिया अगाडी वढाउन सकिएको छैना । सवैतिरका काम कारवाही चाहेर पनि एकै चोटीगर्न सक्ने अवस्था छैना । विकासका पुर्वाधारहरु हरेक वडामा विकेन्द्रित रुपमै पुरा गर्नु पर्नै जटिलता छन । थुप्रै समस्या वावजुत हाम्रो गाउँपलिकाले राखिएको ३ वर्षे लक्ष्य पुरा गर्र्ने पहिलो जिम्वारी हो ूसमृद्ध पतालझरना हाम्रो चामहना ू लाई गन्तव्य वानाई सम्रग काम कारवाही केन्द्रितगर्नु पर्दछ ।चुनैतीहरुसंग खेल्ने अभाव र समस्याहरु वाट समाधान खोज्ने विधी अनुरुप सम्रग योजना निमार्ण गर्नु पर्दछ ।
आर्थिक विकास सम्वन्ध
गाउँपालिका आर्थिक रुपले आत्मनिर्भर नभै सुन्दर समृद्ध गाउँपलिका हुन सक्दैन । आर्थिक विकासको बृद्धि नै यहाँको समृद्धीहो । त्यसको लागी यहाँका श्रोत साधनहरुको खोजी गरी परिचालन गरीनु पर्दछ । शिप मुलक लद्युउद्यम जस्ता कार्यक्रलाई अगाडी वढाउदै व्यवसायिक रुपले पकेट क्षेत्र कै रुपमा विकास गरी फलफुल तथा तरकारी खेती ,पशुपालन,आधुनिक रुपले गर्न जरुरी छ । संघ संस्थाका माध्यमवाट कृर्षि वनवातावरण तथा लद्युउद्यमका कार्यक्रम पालिकाको निगरानी सम्वन्य र सहकार्य व्यापक गर्न जरुरी छ ।
पहिलो प्राथामिकता पचालझरना र पर्यटनको विकासले नै मूख्य आय श्रोत वनाउन अझै पनिव्यापक प्रचार प्रसारका साथै व्यवस्थीत पुर्वाधार सहितको विकास गर्न जरुरी छ
पचालझरना छुटै गुरुयोजनावनाई व्यवस्थीत रुपले विकास गरिने छ ।
कृषिमा आधुनिकीकरण र व्यवसायीकरण कृषिकलाई आत्मानिर्भर मात्र होइन श्रमप्रति सम्मान गर्ने कार्यक्रको विकास गरिने छ ।
कृषि वन वातावरण लद्यु उधोमका कार्यलाई व्यावस्थीत गर्न संघ संस्थाका माध्याम वाट समाज रुपान्तर र आय आर्जन वृद्धीको कार्यक्रमा ल्याइनेछ ।
जग्गा जमिन जथा भावी हडपी राख्ने र वनफडानी गरी अतिक्रम गर्ने सिस्टमलाई कानुनी प्रकृयामा लिई निरुत्साहित वनाइने छ ।
प्रदेश सरकार द्धारा लागु गरिएको पशुपालन लाई व्यवस्थीत गरी मासुमा आत्मनिर्भर पालिका निमार्ण गर्न लगीने छ । भेडावाख्रा पालनलाई विषेश जोड दिईनेछ ।
 सामाजिक विकास सम्वन्धी
आजको यस २१ औ शताव्दीको वैज्ञानिक र कम्प्युटर को युगमा मानवले सिमीत श्रोत साधनको प्रयोग र परिचालन गर्दै संसारका मान्छेहरु सुविधा सम्पन्न जिवन यापनका निम्ती संघर्सरत छन । वदलिदो समय क्रमसंगै आफुलाई वदल्न सक्नु विकासको गतिलाई पक्डदै विकास भनेको केवल भौतिक पुर्वाधार मात्रभन्दा सामाजिक विकास र चेतनामा वदल्ने कुरा मुख्यहो । भन्ने कुरा वुझाउदै हाम्रो जस्तो पिछडिएको क्षेत्र मानव सुचाङ्कका हिसावले र अन्यशिक्षा , स्वास्थ्य ,रोजगार लगाएतका हिसावले हाम्रो देशकै शहरी इलाका भन्दा १०० औ वर्ष पछी छौ यसर्थ शिक्षामा परिवर्तन, जातीय ,क्षेत्रीय लिङ्कीय विभेद विरुद्धको सचेतना फैलाउदै निम्नकार्या अगाडी वढाउन जरुरी छ ।
गाउँपालिका भरी स्थापना भएका स्वास्थ्य इकाईलाई श्रोत साधन र भौतिक पुर्वाधारका हिसावले मझबुझ र सम्पन वनाउदै लगीने छ ।
पालिकामा सुरुवात गरीएको १५ औ शैया हस्पीटललाई बहुवर्षीय रुपले प्रदेश हुदै केन्द्र सम्म योजना सहित दरवन्दी सृजना गरी व्यवस्थापन गर्न माग गरीको छ
स्वंयम सेवी रुपले स्वंयम सेवा गरी रहेकी स्वास्थ्य स्वंयम सेवीकालाई मासिक एक हजार भत्ता प्रदान गरीने छ ।
साथै पचास वर्ष उमेर नागेकी स्वंयम सेवीकालाई विदाई गरिनेछ । उक्त स्थानमा क्भ्भ् पासलाई राखीनेछ ।
गाउँपालिकामा शैक्षिक सुधार गर्ने उदेश्य अनुरुप यो विचमाभए गरेका पहल कदमीलाई निरन्तरता दिइने छ ।
विद्यालयको विद्यार्थी संख्या र जिरो दरबन्दी भएका विद्यालयलाई शिक्षक अनुदान रकम बृद्धी गरी गतसालबाट सुरुगरिएको दरवन्दी सृजना यो वर्ष थप सुधार एवं व्यवस्थापन गरिनेछ ।
विगत देखी छलफल चलाउदै आएको शिक्षकहरुको सरुवा प्रक्रिया कार्यन्वयन गरीनेछ ।
गाउँपालिका भरी शैक्षिक अवस्था र विद्यार्थीको गिद्रो अवस्थालाई ध्यान दिदै लक्षित वर्गको वजेटमा प्राविधिक शिक्षा मा निश्चित कोटा अध्यापन र लोक सेवाआयोगको ट्युसनका निम्ति क्भ्भ् मा सेकेन्ड डिभिजन भन्दा माथी नतिजा भएका विद्यार्थी लाई प्रतिस्पर्धा गराई छनोट गरीनेछ । पढने पढाइने व्यवस्थापन गरिने छ । गरिएको लगानी बमोजिम जिम्मेवारी पुरा गर्न नसक्नेले लगानी फिर्ता गर्नु पर्ने छ ।
प्रत्येक वडामा सामुदायीक सिकाई केन्द्र यसै आ।व। वाट सञ्चालन गरीनेछ ।
यसै वर्षमा गाउँपालिका भरी पुर्ण रुपमा साक्षरता घोषणा गरीनेछ ।
निश्चत विद्यालय लाई नमुना विद्यायलयको रुपमा विकास गर्दै अंग्रेजी भाषाको माध्यम वाट पढाई गर्ने प्रेरित गरिने छ ।
मर्यादित समाज निमार्णका निम्तिवडा नं ५ का महिलाहरुले खेलेका भुमिकाप्रर्ति प्रोत्साह गर्दै सवै वडामा कार्यक्रम विस्तार गरीने छ ।
स्वास्थ्य , शिक्षा,कृषि,पशु, वन वातावरण लगाएतका सम्पुर्ण काममा सम्वन्य सहकार्य र नमुना रुपले विकास गर्नु संघ संस्था संग सहजकार्य गदै जाने नितीलागु गरिने छ ।
साठी वर्ष पुगेका वृद्ध वद्धालाई हरेक महिनाको दश गते घरमै स्वास्थ्य कर्मी द्धारा स्वास्थ्य चेकजाच गरीने छ ।
९० वर्ष माथीका वृद्धवृद्धा लाई सम्मान कार्यक्रम गरीनेछ ।
अपाङ्ग , अनाथ बालवालीका , शहिद परिवार एकल महिला मा निम्ती विषेश कार्यक्रममा ल्याइनेछ ।
सामाजिक सुरक्षा भत्ता वितरण गर्दा स्वास्थ्य कर्मिको साथमा स्वास्थ्य चेकजाच सहित सरसफाई भए नभएको हेरविचार गरी वितरण गरीनेछ ।
उपभोक्ता समितीका कामहरुमा युवाहरुका निश्चित टिमहरु निर्माण गरी परिचालन गरीने निति वनाईनेछ ।
भौतिकपुर्वाधार
समाज रुपान्तरण र विकास निमार्णको व्यवाहारीक पाटो भनेकै भौतिकपुर्वधारको हो । हाम्रो जस्तो गाँउपालिका भौगोलिक जटिलता र विकास निमार्णका सवालहरुमा सामान्यवाट सुरुवातगरी सम्पन्न गर्नु पर्ने अवस्थामा छौ । एक किनारा वाट सुरुवात गरिएको वाटो अर्को किनारा पु¥याउने अवस्था छैन सबै वडाहरुको बाटो घाटो , सिचाई , खाने पानी लगायतका कामहरु अन्तर सम्बन्धीत र अन्य वडा संग जोडीएर गर्न सकिने अवस्था छैन । छुटा छुटै र हरेक योजनामा केन्द्रीकृत नभई विकेन्द्रीकृत गर्नु पर्ने स्थीतीले समयमै काम सम्पन्नगर्न जटीलता पर्दै भएकाछन् । यसर्थ यिनै चुनौति र जटिलताहरुको विचमा निम्न काम कार्वाही गर्न जरुरी छ ।
गाउपालिका तथा वडा पालीकाको नाममा जग्गा नामसारी भइसकेको स्थीतीमा भवन निमार्ण कार्य थालनीगर्न यसै वर्ष वाटपहलगरिने छ ।
स्वास्थ्य, विधालय भवन निमार्ण शिक्षामा शान्ती मन्त्रालय वाट निमार्णधिन भवनहरुको अधुरो कामलाई सम्पन्न गरीने छ ।
योजना कार्यान्वयनमा विगत कार्यवीधी निति तथा कार्याक्रम लागु गर्दै यो वर्षवाट अनिवार्य रुपले टेन्डर सिस्टममा लगीनेछ ।
सानातिना पालीका भीत्र घोरेटा वाटा निर्माण गरिनेछ । साथै वृहत वाटोलाई प्रदेश सम्म माग गरीनेछ ।
गतसाल सम्पन्न सडक हरु भुरावगर हुदै कोटिला, भैसीसैन , खटतोली , लाफा ,चौथा, डौठे सिकु , लैफु ,नानीकोट सम्मका सडक स्थर उन्नतीको प्रकृया मा अगाडी वढाइने छ ।
यो वर्षका नयाँ सडकको रुपमा खयरकोट हुदै पणेक्षा कैफुवाट राम्नाकोट र कैफुवाट बाझकोट सडकको सुरुवात गरीने छ ।
प्रदेश सरकारको तिखार्ती ठाटी हुदै लैफु जोड्ने कृषि सडक कोटीला नानीकोट हुदै लैफु जोड्ने हुलागी मार्ग जारकोट वाट पलाता जोड्ने सडक निरन्तरताको माग गरीनेछ ।
जिम्जेडी धमाली भकं हुदै खार्दु , दागा हुदै बाँझकोट देखी पलाता सम्म जोड्ने सडकलाई कृषि सडकका रुपमा वढाई दिन प्रदेश सरकार संग माग गर्ने ।
लाफा देखी खार्दु सम्म सुरुगरीएको पर्यटन अन्तरगतको वजेट वाट सडक निर्माण प्रकृया वढी रहेकाले यसलाई पर्यटन मार्गकै रुपमा विकास गरि भारपाटा हुदै पुग देखी तिला गुफा नगारपालिकाको नाग्म गाड वजार सम्म जोड्नका लागी प्रदेश सरकार मार्फत माग गरीनेछ ।
पंगेली हुदै बड्डा दुन सम्मको सडक पर्यटन मर्मत माग गरीनेछ ।
प्राविधिक अध्यायन सम्पन्न भई सकेको भैसीसैन देखी मय सम्मको लिफ्ट सिचाई आयोजना र घाटलाउने ढुङ्गा देखी जारकोटको वगड सम्मको लिफ्ट आयोजना लाई प्रकृयामा लैजान केन्द्रसरकार संग माग गरिनेछ ।
भार्तडी धनीगाउँ हुदै उबाखेत सम्मको लिफ्ट सिचाईको अध्यायन गरीने छ ।
पक्की पूलको माग बमोजीम सवै प्रकृया देखी अन्य कार्यान्वयन प्रकृयामा केही समय लाग्ने हुनाले तत्काल २ वटा फेरी संचालनका निम्ती पहल गरीनेछ ।
झुलुङ्गे पुलको निर्माणको सवालमा गरीयको प्रविधीक अध्यायन लाई कार्यान्वयनको प्रकृयामा यहि वर्ष वाट व्यावहारीक रुपले सुरुवात गर्न पहल गरीनेछ ।
संसारको अग्लो पुल पचालझरनाको फेदमा बन्जी पूल सहितको निर्माण गर्नु पहल गरीनेछ ।
बिद्युत वाइरिङका निम्ती जिम्मेवारी लिई सकेका ठेकदार मार्फत वाईरिङका काम सम्पन्न गरी केन्द्रीय प्रसारण लाइनको निम्ती पहल गरीनेछ ।
तल्लो लाफागाड लाई छिटो वान्न र माथिल्लोको फेरी नया प्रकृया सुरु गर्नका लागी पहल गरीनेछ ।
सिधै भङ्क देखि खार्दु मा लामो अग्लो झुलुङ्गे पूलको समभाव्यता अध्यायन गरीनेछ ।
पक्की पुल निर्माण गर्न प्रकृया ढिलो हुने हुनाले फेरी सञ्चालनमा ल्याउनका लागी आवश्यक पहल गरीनेछ ।
वातावरण तथा विपद व्यावस्थापन वारे
विच भागमा कर्णाली नदीले च्यातीयको दुइतिर कर्णाली किनार र वारीपारी डाँडाकाडाले घेरीयको सुख्खा खडेरी ग्रष्त गाउँपालिका हुनुले नाङ्गा डाँडाकाँडा भुक्षय पहिरो लगायतका थुप्रै विपद जोखीम सम्बन्धी मुख्य समस्या पैदा हुने गरेकाछन । स्वच्छ वातावरण घरघरमा वृक्षारोपण भन्ने नाराका साथ पालीका भरी वनजङ्गल जोगाई अन्य विपद व्यावस्थापनको पुर्व तयारी सहित अगाडीवढ्नु पर्दछ ।वन विनास , कटानी फडानी र आगलागी कडाइका साथ रोकीनेछ । वृक्षा रोपणलाई अनीवार्य जिम्मेवारीको रुपमा वोध गराउदै हरेक वडाले निश्चित स्थान तोकी वृक्षा रोपण तिव्ररुपले गर्नु पर्छ
जल उत्पन्न प्रकोप लगायतका सवालमा गर्दै आयको विपद व्यावस्थापन मार्फत कोषखडा गरी कार्यन्वयन गरीनेछ ।
वाडी पहिरोको उच्च जोखीम कर्णाली किनार जारकोट देखी भार्तडी घाटसम्म तटवन्दको लागी पहल गरीनेछ ।र
खार्दु खरापैरो , चौका , खर्कोट वनच्युरी पैरो , सुइखेत , कुड पैरो बाझकोट साल्ते पहिरो भए बिस्खेत सिम , पुछ वगौरा पहिरो , तोलीभिड पहिरो रोकथाम तथा तटबन्ध निर्माण का लागी पहल चालीनेछ ।
वन वातावरण मा जथाभावी विनास पैठारी रोक्दै जडीवुटी लगायतका प्रकृयामा लिएर मात्र निकासी पैठारी गरीने छ ।
हरियो गाउँ निर्माण अभियान अन्तरगत एक घर एक विरुवा गाउँमा र हरेक वर्षा सिजनमा परिवारमा १५ विरुवा अनिवार्य रुपमा रोप्नु पर्नेछ । वातावरण सम्बन्धी कार्यगर्न संघ संस्था सग विषेश साझेदारी तथा कार्यक्रम गरीनेछ ।
वातावरण सम्बन्धी ध्ँए को कार्यक्रम लाई विषेश ढङ्गले वनवातावरण वृक्षा रोपण र भुक्षेय सम्बन्धीका कार्यक्रम लाई विषेश जोड दिइनेछ ।
९५० संस्थागत विकास सेवा प्रवाह ः
हाम्रो जिम्मेवारी आम समुदायको शाषक होइन सेवक हो भन्ने भावना लाई उच्च कार्यन्वयन गर्दै दिनरात साझ विहान पालीकाका कर्मचारी तथा जनप्रतिनीधीको संयुत्त सहकार्य र समन्वयमा कडाइका साथ जिम्मेवारी पुरा गरीनेछ । जती सुकै भौतीकपुर्वाधार विकास निर्माण सम्पन्न गरौ तर संस्थागत विकासलाई व्यावस्थीत गर्न सकीयन भने त्यसको कोही अर्थ रहदैन । तसर्थ निश्वार्थ भावका साथ सेवा प्रवाह गर्दै सम्पुर्ण अभिलेख सुचनालाई सफ्टवेयरमा विकास गरी सम्पुर्ण कार्य गरीनु पर्दछ । जनप्रतिनीधी सग भएको जोस जागर र उत्साहलाई कर्मचारी भित्र भएको नि पुर्णता सग मिलान गर्दै एक अर्कालाई लिने दिने सिक्ने र सिकाउने परिपार्टी विकास गरीनुपर्दछ ।
अहिलेको जिम्मेवारी स्थानीय तहका अधिकार लगायतका सवालमा जनप्रतिनीधी र कर्मचारी हरुको विचमा तालीम प्रशिक्षण संचालन गर्नु पर्दछ ।
छिटो छरितो सेवा प्रवाहमा ध्यान दिदै लगनशिल इमान्दार र कर्तव्यनिष्ट कर्मचारी हरुलाई सम्मान र प्रोत्साहन गरीनेछ ।
हरेक सरकारी निकायमा दिइने सरकारी सेवा प्रवाहलाई सहज सेवा प्रदान गर्ने गरी ध्यान दिइने छ ।
निजामती सेवा ऐन लागु गरीनेछ ।
 विविध
यो अवधिमा पचालझरनाको व्यावस्थीत प्रचार प्रसार गर्ने रेडीयो , टिभी , पत्रपत्रीका , अनलाइन लाई सुचना आवहानगरी सवैभन्दा बढी प्रचार गर्ने दुई पत्रकारलाई रु ५०÷५० हजार पुरस्कार प्रदान गरीनेछ ।
जनसुरक्षाका सवालमा मध्यनजर गर्दै गाउँघर वजारमा हुने चोरी , डकैती गुन्डागर्दी , कालोवजारी , घुसखोरी जवरजस्ती जस्ता जघन्ने अपराध हरु नियन्त्रण गरीने छ ।
खरमुक्त अभियान । टिनको छाना दिने । कार्य लाई निरन्त्रतामा वढाईने छ । यसलाई संघ सस्था साथै प्रदेश सरकारको साझेदारीमा सम्पन्न गरीनेछ ।
भेडा वाख्रा पालन गर्नेलाई दिइने गोठाले भत्ता व्यावस्थीत गरीनेछ ।
सिप विकास तालीम वेरोजगार हरुको घर पहिचान गरी वेरोजगार हरुलाई सिप प्रदान गरीनेछ ।
जनयुद्ध कालीन घाइते हरुलाई दिन सुरु गरीयको औसधी उपचारका निम्ती सामान्य राहत अहिले पनी निरन्त्रता गरीनेछ ।
जिवन विमा कार्यक्रम अन्तरगत जनप्रतिनीधीहरुको जिवन विमा कार्यक्रम लागु गरीनेछ ।
जनयुद्ध जनआन्दोलनका महान शहिदहरुको सम्झनामा भुरावगरमा वन्न लागेको शहिद पार्क लाई निरन्त्रामा वढाइने छ ।
पुर्ण सरसफाई वडा र मदिरा निषेधित वडा निमार्णका निम्ती पहल कदमी लिने वडा र गाउँ टोलका समुदायहरुलाई सम्मान तथा पुरुस्कारको व्यावस्था गरीने
छ ।
अन्तमा माथिका थुप्रै चुनौती जटीलको हरुको विचमा सम्भावनाका पाइलाहरु पछ्याउने मार्ग कोरेकाछौ । सजिलै प्राप्त केही पनी हुदैन । धेरै लामो समयदेखी अभावले तट्पीयको यस भुमीमा सयोगले जिम्मेवारी प्राप्त भएको छ । सवैका सोचाई बुझाईहरु केन्द्रीकृत गरी केही गरौ सिस्टमको विकास नभए सम्म , थालनीको जग नवसाय सम्म जती सुकै लक्ष्य राखेपनी केही हुने छैन । तर्सथ हामीले राखेको लक्ष्य “ समृद्ध पचालझरना हाम्रो चाहाना” को लक्ष्य लाई व्यावहार तह कार्यन्वयन गर्न तिव्र इच्छा शक्तीका साथ केन्द्रीकृत – एकिकृत भएर मात्र सम्भव छ ।“धन्यावाद ”
अध्यक्ष
खड्ग राज सेजुवाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *