श्रीमति नभएका एकल पुरुषहरुलाई जीवन साथी कार्यक्रम अन्तरगत सामाजिक सुरक्षा भत्ता दिने

कालिकोट जिल्लाको शान्नित्रिवेणी गाँउपालिकाले श्रीमति नभएका एकल पुरुषहरुलाई जीवन साथी कार्यक्रम अन्तरगत सामाजिक सुरक्षा भत्ता दिने भएको छ । गाँउपालिकाको पाँचौँ गाँउसभामा ल्याएको बजेट, नीति तथा कार्यक्रमबाट गाँपालिका भित्र रहेका ५० बर्ष भन्दा माथिका एकल पुरुषहरुलाई जीवन साथी कार्यक्रम अन्तरगत मासिक एक हजार सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको हो । शान्नित्रिवेणी गाँउपालिका अध्यक्ष डम्बरबहादुर शाहीले लैंगिक समानता तथा एकल पुरुषहरुको जीवीकोपार्जनमा सहयोग पुग्ने उद्देश्यले गाँउपालिकाले जीवन साथी कार्यक्रम अन्तरगत एकल पुरुषहरुलाई समेत सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, पहिले एकल महिलाहरुले मात्र भत्ता खाँदै आएका थिए । अब एकल पुरुषहरुले पनि मासिक रुपमा भत्ता खाने भए

बृद्धभत्ता ६० बर्ष पुगेपछि मात्र पाउने र यहाँका मानिसहरुको आयु, सामाजिक तथा आर्थिक हिसावले ५० बर्ष भन्दा माथि नै कमाउन नसक्ने अवस्था हुने भएकाले एकल पुरुषहरुलाई पनि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरी उनीहरुको जीवीकोपार्जनका लागि सहयोग पुग्ने उहाँले बताउनुभयो । गाँउपालिका अध्यक्ष शाहीका अनुसार कुल २९ करोड ४८ लाख ७५ हजार बजेट सार्बजानिक गर्दै कृषि, यातायात, स्वास्थ्य, शिक्षा, लक्षित समुह र बेरोजगार युवाहरु लक्षित कार्यक्रमलाई पहिलो प्राथमिक्ता दिएको छ ।

चालु आर्थिक बर्षभित्र सवै वडाहरुमा सडक संजालले जोड्ने, हरेक घर घरमा शुद्ध खानेपानी तथा युवा उद्यमशीलतालाई प्रबद्र्धन गर्ने, गाउँपालिकाभित्र रहेको सम्पूर्ण महिलाहरुलाई सेनेटरी प्याड वितरण गर्ने, १ सय ५० भन्दा बढी भेडाबाख्रा पाल्ने किसानहरुका लागि मासिक ५ हजार प्रोत्साहन भत्ता दिने नीति तथा कार्यक्रम पास गरिएको अध्यक्ष शाहीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *