प्रधानमन्त्री रोजगार कार्यक्रम रास्कोटमा संञ्चालन

कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा रोजगार सेवा केन्द्र अन्तर्गत आज एक कार्यक्रमको आयोजना गरि प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गरिएको छ । श्रमको सम्मान राष्ट्रको अभियान भन्ने मुल नाराका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालन गरिएको रोजगार संयोजक प्रशान्त राज शाहीले बताउनु भयो । प्रमुख आथित्यता बरालले राष्कोट नगरपालिकामा बेरोजगार संख्या ३ हजार ७ सय ४५ रहेकोमा यो आर्थिक बर्ष २०७५।०७६ मा २ सय साठी जनालाई बिभिन्न क्षेत्रमा गरि १३ वटा आयोजना छनौट गरि रोजगारी दिएको रोजगार संयोजक शाहीले बताउनु भयो । कार्यक्रममा बोल्दै राष्कोट नगरपालिका नगर–प्रमुख बरालले प्रधानमन्त्री रोजगार कार्यक्रममले अब बेरोजगार युवाहरुलाई स्वदेशमै रोजगार सिर्जना गरि बिदेशीने चलनलाई अन्त्य गर्ने लक्ष्य रहेको बताउनु भयो । नगरप्रमुखले आफ्नो गाउँ आफैँ बनाऊँ अभियानमा सबै लाग्नुपर्ने बताए। नगरको विकासका लागी रोजगारी कार्यक्रम प्रभावकारी हुने भएकाले ‘आफ्नो गाउँमा काम गर्न लाज नमानी काम गर्न अधिकारीले सबैलाई आग्रहसमेत गरे।

रास्कोट नगरपालीका उपप्रमुखले जिल्लाको स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरू भएको छ। नेपाल सरकारले चालू आर्थिक वर्ष ०७५र०७६ को नीति तथा कार्यक्रम र बजेटमार्फत सार्वजनिक विकास निर्माणका कार्यहरूमा रोजगारीका अवसर सिर्जना गरी आगामी वर्ष्भित्र रोजगारीको हकलाई मौलिक हककारूपमा समावेश गरेको छ। सोही मौलिक हकको कार्यान्वयन गर्न रोजगारीको हकसम्बन्धी ऐन, २०७५ जारी समेत गरेको छ। कुनै पनि नेपाली नागरिकले बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने घोषणा गरेको छ।रास्कोट नगरपालीका प्रमुख कासि बरालको प्रमुख आतिथ्यिाता ,उपप्रमुख मिमसरा बमंको बिशेष आथित्यता र सबै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, श्रमिक समुहका समुह नेताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *