धुम्रपान, मध्यपान तथा सुर्तिजन्य पदार्थ प्रयोग नगर्ने कालिकोटका सरोकारवालाको प्रतिबद्धता ।।

कालिकोटका सरोकारवालाहरुले धुम्रपान, मध्यपान तथा सुर्तिजन्य पदार्थ प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आईतबार आयोजना गरेको मेरो बर्ष अभियान २०७६ बिषयक अन्तरक्रिया कार्यक्रममा जिल्ला सरोकारवालाहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा २०७४ साल बैशाख १ गतेदेखी तत्कालिन स्वास्थ्यमन्त्री गगन थापाले सुरु गरेको मेरो बर्ष अभियानको उद्देश्य, औचित्य, यसको प्रभाव र धुम्रपान, मध्यपान तथा सुर्तिजन्य पदार्थ प्रयोग गर्दा हुने जोखिमका बारेमा जारनकारी सहित मेरो बर्ष अभियानले तय गरेका ८ वटा प्रतिबद्धताहरु सामुहिक रुपमा व्यक्त गरिएको छ । कार्यक्रममा म मेरो स्वास्थ्य प्रति जिम्मेबार छु, म रक्सी चुरोट र सुर्तिजन्य पदार्थ खान्न, म नियमित व्यायम गर्छु, म स्वस्थ र पोषिलो खाना खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराँउछु, म मेरो परिवार समुदायको स्वास्थ्यप्रति सजक रहन्छु लगायतका ८ वटा प्रतिबद्धताहरु सामुहिक रुपमा जनाईएको हो । कार्यक्रममा खाँडाचक्र नगरपालिका प्रमूख जसीप्रसाद पाण्डे, रास्कोट नगरपालिका प्रमूख कासीचन्द्र बराल, प्रमूख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की, नेकपाका नेता कृष्ण आचार्य, नेपाली कांग्रेसका सहसचिव दमनबहादुर शाही, जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमूख कटकबहादुर महत, जिल्ला अस्पतालमा कार्यरत डा. बिज्ञान प्रजापती, नहकुल शाही, जिल्लाका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, नागरिक समाज, पत्रकार लगायतका सरोकारवालाहरुले धुम्रपान, मध्यपान तथा सुर्तिजन्य पदार्थ प्रयोग नगर्ने प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा खाँडाचक्र नगरपालिका प्रमूख जसीप्रसाद पाण्डेले धुम्रपान, मध्यपान तथा सुर्तिजन्य पदार्थ प्रयोगबाट हुने हानीका बारेमा ग्रामिण स्तरसम्म जनचेतना फैलाउनु आवश्यक रहेको बताए । उनले हरेक व्यक्ति, परिवार र समाजलाई स्वस्थ राख्नका लागि हरेक व्यक्ति नै जिम्मेबार हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका सहसचिव दमनबहादुर शाहीले नेपाली कांग्रेसले गाँउमा आयोजना गर्ने पार्टीका बिभिन्न कार्यक्रमहरुमा स्वास्थ्य र शिक्षाका बिषयहरु पनि उठान गर्ने निर्णय गरेको जानकारी दिए । उनले जिल्ला अस्पताल र जिल्लाका ग्रामिण बस्तीमा रहेका स्वास्थ्य चौकीहरुको सेवा प्रबाहलाई गुणस्तरीय बनाउन सम्बन्धित पक्षको ध्यनाकर्षण गराए । कार्यक्रममा स्वास्थ्यका लागि सक्षम प्रर्णालीका कार्यक्रम संयोजक रोशन अधिकारीले मेरो बर्ष अभियानका बिषयमा, जिल्ला स्वास्थ्य कार्यलयका निमित्त प्रमूख कटकबहादुर महतले जिल्ला स्वास्थ्य कार्यालयले गरेका गतिबिधिहरुका बिषयमा र जिल्ला अस्पतालका निमित्त प्रमूख डा. नहकुल शाहीले जिल्ला अस्पतालका सेवा सुविधाहरुका बिषयमा सरोकारवालाहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा सहभागीहरुले कालिकोटमा रहेका गरिबका अस्पतालहरुमा सरकारले निशुल्क उपलब्ध गराउने सामान्य औषधिहरु पनि नपाउने गरेको बताउदै स्थानिय सरकारको ध्यनाकर्षण गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *