एक घर एक धारा कार्यक्रम सुरुवात गर्ने बडा अध्यक्ष ऐनराज महताराको भनाई ।

कालीकोट जिल्लाको पलाता गाउँपालिका वडा नं ४ को एक कार्यक्रमको आयोजना गरि सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । पलाता गाउँपालिका वडा नं ४ ले गरेका काम कार्वाहीलाई जनताको माझमा पु¥याउनका लागि आर्थिक वर्ष २०७५/०७६ को अन्तिम चौमासिकको सार्वजनिक सुनुवाई तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको हो । वडा नं ४ लाई सुचनामैत्री वडा घोषणा गर्नका लागि वडाले प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाई कार्यक्रको आयोजना गर्दै आइरहेको छ । वडामा रहेका नागरिकलाई सूचनाको पहुँचमा पु¥याउनका लागि जनताको माझमा आफु गइरहेको त्यहाँका जनप्रतिनिधिहरुले बताएको छन्

वडाध्यक्ष ऐनराज महताराको मूख्य जवाफदेहीतामा भएको सार्वजनिक सुनुवाईमा आफ्नो गुनासो राख्दै त्यहाँका स्थानिय पदम बुढाले वडाले राम्रो काम गरेपनि गाउँपालिकाबाट जनतालाई चित्त नबुझेको बताउनुभयो । उहाँले गाउँपालिकाले आफ्नो वडालाई हेला गरेको भन्दै अवका योजना टोल मुखी बनाउन आग्रह गर्नुभयो । त्यस्तै ज्ञानबहादुर अधिकारीले शिक्षा स्वास्थ्यको राम्रो व्यवस्था वडमा भएपनि बाटो र खानेपानीको अभाव रहेको भन्दै अव यस्ता योजनालाई वडाले प्राथमिकतामा राख्नुपर्ने औल्याउनु भयो । वडा नं ४ मा अध्यायपन अनुमति प्राप्त नभएको व्यक्तिले अध्यापन गराईरहेको त्यहाँका स्थानीय नागरिकले गुनासो गरेका छन् । जनतको गुनासोलाई मेटाउर्दै वडाध्यक्ष एवं सार्वजनिक सुनुावाईका मूख्य जवाफदेहि वक्ता ऐनराज महताराले आगामि असोजभित्र आफ्नो वडमा एक घर एक धारा कार्यक्रम सुरुवात गर्नका लागि काम अगाडि बढाईरहेको बताउनुभयो । उहाँले वडाको विकासका लागि सवैको हातेमालो आवश्यक भएकाले स्थानीय नागरिकले आफुलाई पटक पटक सुझाव दिन आग्रह गर्नुभयो । मतदान नगरिकन सर्वसहमतिले आफुलाई यहाँका स्थानीयले वडाध्यक्ष चयन गरेकाले जनताको भावनालाई बुझेर काम गर्ने प्रतिवद्धता गर्नुभयो । उहाँले भन्नुभयो, २ वर्षको अवधिमा धेरै काम गर्न बाँर्की रहेका छन् अवको ३ वर्षभित्र म सवै कामलाई प्राथामिकतामा राखेर सम्पन्न गर्ने बताउनु भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *