लैंगिक हिंसा तथा लागुऔषध बिरुद्धको अभियानमा सरोकारवालाहरु एक्यबद्धता

कालिकोट जिल्लाका सरोकारवालाहरुले लैंगिक हिंसा तथा लागुऔषध बिरुद्धको अभियानमा एक्यबद्धता जनाएका छन् । कर्णाली प्रदेश सरकारको शान्ति सुरक्षा अभियान अन्तरगत जिल्ला सदरमुकाम मान्ममा आयोजना गरिएको लैंगिक हिंसा, लागुऔषध बिरुद्ध परामर्श एवं प्रशिक्षक प्रशिक्षण तालिममा जिल्लाका सरोकारवालाहरुले लैंगिक हिंसा तथा लागुऔषध बिरुद्धको अभियानमा एक्यबद्धता जनाएका हुन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त प्रमूख देवेन्द्रकुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अतिथि खाँडाचक्र नगरपालिका प्रमूख जसीप्रसाद पाण्डेले लैंगिक हिंसा तथा लागुऔषध मुक्त समाज निर्माण गर्न सबैको एक्यबद्धताको खाँचो रहेको बताउनुभयो । उहाँले खाँडाचक्र नगरपालिकाले यस अभियानलाई प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । यो तालिमले पीडितलाई न्याय लिन सम्बन्धित निकायमा आउन उत्प्रेणा दिने र हिंसाका घटनाहरु न्यूनिकरणका सवालहरुमा जनचेतना जोगाउन महत्वपुर्ण भुमीका खेल्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रमूख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले परम्परागत सामाजिक, सांस्कृति मुल्य मान्यता र कु संस्कारहरुका कारण लैैंगिक हिंसा बढिरहेको बताउनुभयो । उहाँले कालिकोटमा संचालित लैंगिक हिंसा, लागुऔषध बिरुद्ध परामर्श तथा प्रशिक्षक प्रशिक्षण तालिमबाट गाँउमा खटिने प्रशिक्षकहरुले वडा तहसम्म सचेतना जोगाई न्यूनिकरणका लागि सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, गाँउको आर्थिक, सामाजिक, सांस्कृति, शैक्षिक तथा सचेतनाको अभावका कारण गाँउमा हिंसा सहेर बस्ने समस्या छ । यसलाई सबैको सक्रियतामा न्यायिक दायरामा ल्याउने तथा पीडितहरुलाई न्याय माग्न सम्बन्धित ठाँउमा आउने बाताबरण बनाउनु आवश्यक छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमूख देवेन्द्रकुमार मल्लले तालिमको बिषयमा जानकारी दिदै पीडित पक्ष नै न्याय माग्न नआउने गरेको बताउनुभयो । उहाँले यो तालिमले गाँउ गाँउमा लंैगिक हिंसा र लागुऔषध बिरुद्ध जनचेतना अभिबृद्धि गरी जुनसुकै घटना पनि प्रहरीमा जानकारी दिने बाताबरण सिर्जना हुने अपेक्षा गरिएको बताउनुभयो । तालिममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य बिष्णु न्यौपाने, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमूख देवेन्द्रकुमार मल्ल, सामुदायीक प्रहरी सेवा केन्द्रका सदस्य धनन्जयय अधिकारी र प्रहरी असइ सुदीप नेपालीले लैंगिकताको अवधारण, सामाजिक भुमीका, लैंगिक हिंसा, यसका प्रकार, समाजमा पर्ने असर र कानुनी व्यवस्थाका बारेमा सहजिकरण गरेका थिए । जिल्ला प्रहरी कार्यालयको आयोजनामा भएको तालिममा जिल्लाका ९ वटै स्थानिय तहमा रहेका प्रहरी चौकी इन्चार्ज, शिक्षक, बुद्धिजीवी, नागरिक समाज गरी २० जनाको सहभागीता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *