खाद्य सुरक्षाका लागि जलवायु परिवर्तन अनुकुलन परियोजना अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

असार ५ गते कालीकोट

       नेपाल सरकार वन तथा बातावरण मन्त्रालय र सयुक्त राष्ट्र संघिय विश्व खाद्य कार्यक्रम (WFP) द्धारा संचालित परियोजनाको आज जिल्ला स्तरिय अभिमुखिकरण कार्यक्रम गरिएको छ । मानव अधिकार तथा बातावरण विकास केन्द्र (हूरुन्डेक) नेपाल कालीकोटको सहयोग सहजिकरणमा सरोकारवाला संग एक दिने अभिमुखिकरण गरिएको हो । हूरुन्डेक नेपाल कालीकोटका कार्यवहाक अध्यक्ष विरेन्द्र बहादुर बुढाको अध्यक्षता तथा जिल्ला समन्वय समिति कालीकोटका उप प्रमुख लक्ष्मी विष्ट नेपालीको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रमका सहभागिहरुलाई स्वागत मन्तव्य राख्दै मानव अधिकार तथा वातावरण विकास केन्द्र (हूरुन्डेक) का कोषध्यक्ष गौरी कुमारी शाहीले अवको विश्व र विश्व भित्र बसोवास गर्ने मानिसहरुले खाद्य सुरक्षा बारे विशेष ज्ञान लिन जरुरी रहेको बताएकी छन् । साथै खाद्य सुरक्षाका लागि जलवायु परिवर्तन अनुकुलन परियोजना हाम्रै संस्था हुरुन्डेकबाट सहजिकरण भइरहेकाले अव कालीकोटका स्थानिय तहहरुमा खाद्य सुरक्षा बारे ज्ञान दिने बेला रहेको उनले सुनाईन् ।

मानव अधिकार तथा वातावरण विकास केन्द्र हूरुन्डेकले विगत देखि नै सामाजिक कार्य,समाज रुपान्तरणको एक अध्याय र अभियान चलाइरहेकाले संस्थाको पृष्ठभुमी बारे प्रष्ट पादै विरेन्द्र बहादुर बुढाले यस संस्थाले गरेका काम,सहयोगी संस्थाले गरेको सहयोग र हाल सम्म सम्पन्न भएका कार्यक्रम बारे प्रष्ट पादै आगामी दिनमा हूरुन्डेक नेपाल कालीकोटले कालीकोटका ९ वटा स्थानिय तह मात्र नभएर विपतमा परेका नेपालका जुनसुकै जिल्लाका स्थानिय तहरुलाई सहयोग गर्ने बताएका छन् ।

कार्यक्रमको उद्येश्यबारे प्रष्ट पादै विश्व खाद्य कार्यक्रमका प्रतिनिधि राज बहादुर बुढ्थापाले साथै विश्व खाद्य कार्यक्रमले दिगो विकास लक्षको २ र १७ नंं को लक्षलाइ सहयोग गर्नको लागि Country Strategic Plan (CSP) 2019 – 2023 सम्म बनाइ उक्त् CSP लाइ पुरा गर्न विभिन्न पाँच वटा रणनितिक(outcomes)बनाइ काम गर्दै आएको,साथै भोक निर्मूलीकरण र पोषणामा सुधारका कार्यक्रम हरू विगत देखि संचालन गर्दै विभिन्न प्रकोप , आपत विपद् हुदाँ सहयोग गर्दै आइ रहेको, खाद्य सुरक्षामा टेवा पु¥याउने,उत्पानमा बृद्धि गर्ने र उत्पादनमा ह्रास आउनुका कारण एवं न्युनिकरणका उपाय बारे प्रष्ट पारेका थिए । जोखिममा रहेका जनसंख्याको पहिचान गरी प्रयाप्त खाद्यन्न तथा पोषणमा पहुँच पुगाउने र समाजमा रहेका वस्तीहरुलाई खाद्य र पोषणको बारेमा जानकारी दिने उद्येश्य रहेको राज बहादुरले बताएका छन् । खाद्य सुरक्षाको लागि जलवायु परिवर्तन अनुकुलन परियोजनाका जिल्ला संयोजक नरेन्द्र बहादुर शाहीले पहाडी जिल्लामा जलवायु संकटापन्न खाद्य असुरक्षित र गरिव घरपरिवारको अनुकुलन क्षमताको बृद्धि गर्न यो परियोजना लागुभएको जानकारी गराएका छन् । जिल्लाको पचालझरना गाउँपालिका र पलाताँ गाउँपालिकाका करिव ४१४० जना यस परियोजनाबाट लाभान्वित हुने आँकलन गरिएको शाहीले बताएका छन् ।

कार्यक्रमका सहभागिहरुले खाद्य सुरक्षाको लागि जलवायु परीवर्तन अनुकुलन परियोजनाले जिल्लामा राम्रै काम गर्ने आशा राखेको बताउदै आगामी दिनमा यस परियोजनालाई मिडिया बाजी गरेर सवैलाई जानकारी दिनु पर्ने धारणा राखेका छन् । कार्यक्रममा जिल्ला स्थित सरोकारवाला निकायका प्रमुख प्रतिनिधी,नागरिक समाज,पत्रकार लगाएतको उपस्थित रहेको थियो भने कार्यक्रमको संचालन मानव अधिकार तथा वातावरण विकास केन्द्र (हूरुन्डेक) नेपाल कालीकोटका सचिव दिलिप कुमार शाहीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *