विशेषज्ञ सहित निःशुल्क स्वास्थ्य शिबिर कुमालगाउ सुरु

कालीकोट जिल्लाको नरहरीनाथ गाउपालीका मा २ दिने निशुल्क स्वास्थ्य सिविरको सञ्चालन गरिएकोे छ । स्वास्थ्य कार्यलय कालीकोटको आयोजन ,नरहरीनाथ गाउपालिका को सहयोग र प्राथामिक स्वास्थ्य केन्द्र कुमालगाउको समन्वयमा आयोजन गरीएको निशुल्क स्वास्थ्य शिविरको आयोजना गरएिको स्वास्थ्य कार्यालय कालीकोटका निमिक्त प्रमुख कटक महतले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा मानसिक रोगी भएका, पाठेघर खसेका महिलाको उपचार सेवा ,छालाका रोगि,दातका विरामि का साथै भिडियो एक्सरे सेवा लागएतका अन्य सेवाहरु निशुल्क प्रदान गरीने वताउनु भयो । पहिलो दिन जेष्ठ ३० गते प्रदान गरिएको सेवाको तथ्यांक दन्तरोग सेवा १६० जना ,जनरल ११०२, हाडजोर्नी २४०,भिडियो एक्सरे २३,पाठेघर १२४, आङ खस्ने१०, प्रयोगशाला सेवा ४३, अप्रेसन १७ जनाले सेवा लिएका छन । स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख कटक महतको अध्यक्षता, नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टको प्रमुख आथित्यतामा उद्धघाटन भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढा, प्रहरी नायव उपनिरिक्षक विनोद शर्मा, प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउँका स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष, स्थानीय जनप्रतिनीधिहरु, स्वास्थ्य संयोजक लंक बटाला विभिन्न विषयगत ७ जना विशेषज्ञ डाक्टरहरुको उपस्थितीमा शिविर उद्धघाटन गरिएको हो ।

पहिलो पटक नरहरिनाथ गाउँपालिकामा यस्तो विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गर्दा गाउँपालिका सेवा क्षेत्र भित्रका विरामी तथा सेवाग्राहीहरु को बाक्लो उपस्थिती हुनुका साथै गाउमै स्वास्थ्य सेवा लिन पाउदा सेवाग्रही खुसि भएका छन । आगामी दिनका यस्तै विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालनका लागि गाउँपालिकाले सक्दो सहयोग गर्न र अबको विनियोजित बजेटमा स्वास्थ्यलाई विशेष प्राथमिकता दिने बताउदै गाउँपालिका स्वास्थ्य क्षेत्रमा सद्धैव लागि रहने प्रमुख अतिथि बिष्टले बताएका छन । विशेषज्ञ स्वास्थ्य शिबिरको उद्घघाटन समारोह गाउपालीका उपाध्यक्ष मनशोभा बुढाले यो शिबिर बाट नरहरिनाथ गाउपालीकाका जनताले स्वास्थ्य सेवा लिने बताउनु भयो । शिबिरको आयोजना गर्ने स्वास्थ्य कार्यलय प्रति विशेषज्ञ स्वास्थ्य शिबिरका डाक्टरलाई धन्यबाद दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *