विध्यार्थी नियमित पठाउन, अभिभावक संग साम्झौता

कालिकोट जिल्लाको रास्कोट नगरपालिका ८ मा रहेको जनजागृति माविले विध्यार्थी स्कुलमा नियमित पठाउन अभिभावक संग संम्झौता गर्ने गरेको पाइएको छ।
निजि विद्यालय तर्फदिनानु दिन मोह वढ्दै गई सामुदायिक विद्यालय खालि भएपछि विद्यालयले अभिभावकहरु संग सम्झौता गर्न सुरु गरेको हो।
विध्यार्थी स्कुलमा नियमित पठाउने अभिभावक संगको संम्झौताले अहिले विद्यालयमा विध्यार्थीको चाप लाग्ने गरेको विद्यालयका प्रधानाध्यापक लक्ष्मि प्रर्साद वरालले बताए।उनले भने, निजि विद्यालय च्याउ उर्मेझै विभिन्न ठाउमा निजि विद्यायलयहरु खोलेपछि सामुदायिक विद्यालयहरुमा विध्यार्थी सुन्य भएकाले आफुहरुले यो सम्झौता गर्न वाध्य भएको बताए। गुणस्तरिय शिक्षा प्रर्दान गर्न,दुर्वै पछ संग सम्झौतामा नियमित विध्यार्थी लाई स्कुल, पठाउनु पर्ने,वालबालिकाको पढाइको अवस्थाको वारेमा जिम्मेवारि हुनु पर्ने, समयमा स्कुल पढाउनु प्रर्ने, अभिावक भेलामा नियमित विद्यालयमा आउनु पर्ने,हप्तामा२जोर स्कुल पोषाक उपलव्ध गराउनु प्रर्ने,र विद्यालयको तर्फवाट,कुन माध्याम वाट हुन्छ पठन पाठन गर्नु प्रर्ने, शिक्षक नियमित विद्यालयमा हाजिर हुनु पर्ने, विद्यालयको प्रशासन कडा हुनु पर्ने, अतिरिक्तm क्रियाकलाव अनिवार्य गराउनु प्रनेर््, लगायतका दुवै पक्षविक सम्झौता गर्ने गरिएको प्रअ वरालले बताए।उनले, यति सम्झौता उलंघन गरेमा राज्यवाट पाउने सेवा सुविधा कटौति गरिने बताए।
उनकाअनुसार,अहिले यो नियम सुरु गरेदेखि विद्यालयमा विध्यार्थीको चाप वढेको छ। यो वर्षमा सिकाई उपलब्धि ४४ प्रतिशत वाट वढेर ४९ प्रतिशत पुराउन सफल भएका छौ।सामुदायिक विद्यालयहरुमा विध्यार्थीको उपस्थिति न्युन भइरहेको वेला आफुहरुको गुणस्तरिय शिक्षाले विद्यालयमा विद्यार्थि भरि भराउन भएका छन।
यहि सफलताले नगरपालकाले पनि नगरपालिका भित्रकै उत्कृष्ट विद्यालयको रुपमा घोषित गर्ने भनेको छ। पछिल्लो समय सामुदायिक विद्यालयहरुको अवस्था नाजुक भइरहेको वेला आफनो विद्यालय उत्कृष्ट हुदा आफुलाई झन विद्यालय प्रतिको चासो वढ्दै गएको बताए।
नगरपालिका ९का १५ वर्षीया सुवास न्यौपाने घण्टी लाग्नुअघि नै विद्यालय आइपुग्छन । जनजागृति माविमा कक्षा १० मा अध्यानरत हुन । सुवास न्यौपाने मात्र होइन थुप्रै बालबालिका पनि विद्यालय जान हतारो गर्छन। किनभने जनजागृति माविको व्यवस्थापन विद्यार्थीमैत्री भएपछि उनीहरू कुनै दिन नछुटाई विद्यालय आउने गरेका हुन । एकताका हात्तै विद्यार्थी घटेको यो विद्यालयमा अहिलेको ओइरो लाग्छ ।

’शैक्षिक गुणस्तर बढेपछि विद्यार्थीको चाप बढ्यो’ उक्त माविमा आठ सय २४ विध्यार्थी छन । शैक्षिक गुणस्तर बढेपछि निजी विद्यालयका विध्यार्थी समेत उक्त विद्यालयमा आएका छन। यहाँ वाल शिक्षादेखि १२ कक्षासम्म सञ्चालन भएको छ । शैक्षिक गुणस्तर सुधारपछि सानो कक्षामा समेत विध्यार्थी बढेको सहायक प्रधानाध्यापक वेद प्रर्साद बरालले बताए । उनका अनुसार अव नगरले पनि प्रत्येक विद्यालयहरुमा अभिभावक शिक्षा लागु गर्दैछ।
यसका लागि १८ जना शिक्षक कार्यरत छन । यसअन्तरगत आधारभूत यो भौतिक संरचनाको हिसावले पनि धनि छ। विद्यालयमा आधुनिक नंया भवन, वाल मैत्रि शौचालय छन। यसले विध्यार्थी विभिन्न सेक्सन छुट्टयाएर पढाइएको सहायक प्रअ बरालले सुनाए । विभिन्न प्रयोगशाला, , पुस्तकालय तथा अंग्रेजी माध्यमबाट पढाइने भएकाले पनि विद्यार्थीको चाप बढेको बरालको तर्क छ । ’मेहनेत गरेर पढाइयो भने शिक्षाको गुणस्तर बढिहाल्दो रैछ  प्रअ बरालले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *