गाउपालिकाको कानुनि सल्लाहाकार नरहेको हिक्मत बिष्टको भनाई

 कालीकोट जिल्लाका नेपाली काग्रेसका बरिष्ठ नेता तथा न्यायधिबक्ता हिक्मत बिष्टले अहिले देशको राजनिति गलत बाटोमा हिडेको राजनिति समाज सेवामा र देश बिकासमा समर्पित हुनु पर्ने बताए । उहाले आज सदरमुकाम मान्ममा पत्रकार सम्मेलन गरि यस्तो बताएका हुन । नेपाली काग्रेस कालिकोटको १ महिने जागरण अभियानमा आफु नरहरिनाथ गाउपालिकामा जादा आफुलाई विभिन्न आरोप लगाएको सुन्न आउदा त्यसको लागि पत्रकार भेटघाट कार्यक्रम गरेको बताए । कालीकोट जिल्लाको नरहरिनाथ गाउपालिकाको नीति नियम निर्माणमा आफुलाई कानुन सम्बन्धिका कुरामा छनौट गरेको र त्यो कुरा आफुलाई थाहा नभएको बताए । उक्त गाउपालिकाको निर्णय अनुसार गाउपालिकाका अध्यक्ष धिर बहादुर बिस्टले पनि उहालाई गाउपालिकाको कानुनि सल्लाहाकार नराखेको स्विकार्नु भयको छ ।

नेता तथा अधिबक्ता बिस्टले आफु कुनै पनी गाउपालिकाको कानुनि सल्लाहाकार नहुने बताए । उहाले कुनै पनि गाउपालिकाको तलब पनि नखाने र कानुनि सल्लाहाकार नबन्ने बताउदै तर आफु जिल्लाका पालिकालाई कानुनि कुरामा सल्लाहा र सुझाब चाहिएमा आफु कानुनि सल्लाहा र सुझाब दिन तयार रहेको बताए । उहाले नेपाली काग्रेसको जिल्ला अधिबेसन नजिक आउने बेलामा आफुलाई यस्ता विभिन्न आरोपहरु लगाउने गरेको बताए । उहाले बिगतमा पनि जिल्ला अधिवेसन नजिक हुदा यस्ता आरोपहरु आएको हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *