गाँउमै इच्छा च्याउ उद्योग खेतीको सुरुवात

कालिकोट जिल्लाको खाडाचक्र नगरपालीका वडा नं २ मा इच्छा च्याउ उद्योगको एक कार्यक्रमको बिच उद्घाटन गरिएको हो । खाडाचक्र नगरपालीका कुर्षि शाखा कालीकोटले च्याउको बिउबिजन र खेती गर्नेका लागी प्लास्टिकजन्य सामाग्रीहरु निशुल्क बितरण गरे पछि खाडाचक्र नगरपालीका २ मा ईच्छा च्याउ उद्योग सिताले संचालनमा ल्याएकी हुन च्याउ खेतीमा नियमित लागीपरेकी छन । च्याउ अहिले महंगो पनि उर्तिकै छ । गाँउमा व्यवसाय गर्ने उद्देश्यका साथ आफुले च्याउ खेतीको सुरुवात गरेको बताईन । उहाँले भन्नुभयोे मैले व्यवसायीक च्याउ खेती गर्न लागेको हुँ । खाडाचक्र नगरपालीका हावा पानीको हिसावले कडा खालको छ । च्याउको बिउ उमार्नका लागि निकै मेहनत गर्नु पर्ने उहाको अनुभव छ । गाँउमा च्याउ निकै राम्रो, स्वादिस्ट च्याउ उत्पादन भएपछि व्यवसायीक रुपमा च्याउ खेती गर्ने हौशला पाएको उहाँले बताउनुभयो । खाडाचक्र नगरपालीकामा उहाँले उत्पादन गरेको च्याउ प्रति किलो ३ सय रुपैयाका दरले बिक्रि बितरण गरिहरेको सिता बताईन ।

खाडाचक्र नगरपालीका प्रमुख जसि प्रसाद पाण्डेको प्रमख आतिथिथ्यतामा भएको एक कार्यक्रममा उक्त च्याउ उद्योगको उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेले उद्देमीबनी आफनो जिवन गुजारा गर्ने बिसानलाई नगरबाट थप राहत प्रदान गरिने बताएका छन । पाण्डेले च्याउ खेती कालीकोटमै पहिलो पटक सुरुवाती गरिएकोले यसले रामो बजार पाउने कुरा बताए । । च्याउको तरकारी खानाले बालबालिकाहरुमा हुने कुपोषणको समस्या पनि न्यूनिकरण गर्न सहयोग पुग्ने पाण्डेले बताए ।

खाडाचक्र नगरपालीकाका कुर्षि शाखा प्रमुख पशुराम काफ्लेले कालीकोटमा यसरी ब्यापार ब्यावसाय गरि आफनो र परिवारको जीवनमा केही भिन्नता आउने र व्यवसायलाई निरन्तरता दिदै गएपछि कोही पनि बेरोजगार बन्नु नपर्ने काफ्लेले बताए । त्यस्तै पत्रकार बाट रेडियो चंखेलीका कार्यक्रम संयोजक, हस्त चौलागाईले च्याउ खेतीबाट आर्थिक क्रान्ती पनि छिटो बुद्धिदर हुने भएकोले इच्छा च्याउ उघोगलाई शुभकामना दिदै सधैभरि यस्तो ब्यावसायामा लाग्न आग्रह गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *