कालिकोटमा पनि भव्य रुपमा विश्व बालश्रम विरुद्धको दिवस मनाइयो

कालिकोट जिल्ला खाडाचक्र नगरपालिकामा पनि विस्व बालश्रम विरुद्धको दिवस वजार र्याली सहीत भव्य रुपमा मनाइएको छ । अन्तराष्ट्रि बाल श्रम बिरुद्धको दिबस सफल पारौ बाल अधिकार हाम्रो सरोकार भन्ने मुल नाराका साथ जून महिनाको १२ तारिखमा विश्वभरि मनाईने अन्तराष्ट्रिय बालश्रम विरुद्धको दिवस खाडाचक्र नगरपालिकामा मनाइको छ । अन्तराष्ट्रिय बाल दिबसको अबसरमा प्रतिमाचोक देखि जिरोप्वाइन्ट सम्म र जिरो प्वाइन्टवाट प्रतीमा चोक बजार परिक्रमा गरि प्रतीमाचोकमा कोण सभाको आयोजना गरीएकोे थीयो । कार्यक्रको समापनमा बोल्दै खाडाचक्र नगरपालीका उपप्रमुख बिजया बिष्टले अहिले बिभिन्न जिल्लामा बिभिन्न ठाउमा बालबालिकाहरु श्रममा पारीरहेको बताउनु भयो ।

बालबालिकाको हक अधिकारको रक्षा गर्न बनेका बालबालिका सम्बन्धि ऐन २०४८ ले १६ वर्ष मुनिका प्रत्येकलाई बालबालिका भनेर परिभाषित गर्दै उनीहरुलाई आय आर्जनका लागि श्रम गर्न अथवा कसैले श्रमिक बनाउन बर्जित गरेको छ । संघसस्थाहरु र नेपाल सरकारले पनि बालबालिकाको नाममा धेरै बजेट छुट्याएको तर कार्यन्वयन हुन नसकेको बताउनु भयो । बालबालिका सम्बन्धी बिभिन्न ठाउहरुबाट पहिरबि गरिरहदा पनि बालबालिकाहरु बिभिन्न श्रममा परिरहेको बताउदै उहाले वालवालीकाको वारेमा यस्तो बताउनु भयो । उक्र कार्यक्रममा विभीन्न सरकारी तथा गैरसरकारी कार्यलयका प्रमुख तथा प्रतीनीधी राजनीतीक दल सरोकारवाला पत्रकार सुरक्षाकर्मी लगाएतको उपस्थीती रहेको थीयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *