एक घर एक खानेपानि धारा योजनाको उपाअध्यक्ष द्धारा अनुगमन

कालीकोट जिल्लाको नरहरीनाथ गाउपालीको वडा नंः ४ मा रहेको एक घर एक खानेपानि धारा योजनाको अनुगमन गरीएको छ । नरहरीनाथ गाउपालीका र हेल्भेटास नेपाल कालिकोट साझेदारी ३५ लाख ५१ हजार ७ सय ७० रुपैयाको लागतमा निर्माण भईरहेको खाने पानि योजनाको अनुगमन गरीएको छ । गाउपालीकाका उपाअध्यक्ष मनसोभा वुढा,बडा न ५का बडा अध्यक्ष गगन बहाद्र फडेरा लागाएतका जनप्रतिनिधिको टोलिले अनुगमन गरेको छ । उक्त खानेपानि योजनको अधिकाँस धाराहरु निर्माण भइसकेका छन । वाँकि रहेका धाराहरु पनि तत्काल निर्माण गर्न निदेशन दिएको उपाअध्यक्ष वुढाले वताउनुभयो ।

समयमै खानेपानि योजना सम्पन्न गरी सवै नागरीको घरघरमा पानिको धारा दिने वुढाको भनाई रहेको छ । योजना वाट वडा नंः४ का करिव ४ सय घरधुरी लाभान्वित हुने बडान ४का बडा अध्यक्ष नर बोगटीले बतएका छन । यसै विच लालु वृहत खानेपानि योजनको छलफल गरीएको छ ।गाउपालिका अध्यक्ष धिर वहादुर विष्टको उपस्थितीमा वडा नंः ८ र९ का वडा अध्यक्ष,स्थानियबासिको सहभागितामा लालु वृहत खानेपानि योजनाको छलफल गरीएको छ । रानिगडा देखि गानेचौर हुदै श्रीकोट लालु सम्मको करिव २ करोडको लागतमा बन्ने भएको छ ।

नरहरीनाथ गाउपालीका र हेल्भेटास नेपाल कालिकोट साझेदारी करिव २ करोडको लागतमा लालुका वडा नंः ८ र ९ सवै नागरीकको घरघरमा खानेपानिको धाांरा निर्मााण हुनेभएको गाउँपालिका का अध्यक्ष विष्टका शोकिय सचिव खगेन्द्र वुडाले जानकारी दिनुभएको छ । यो योजना खानेपानिको गाउपालिकाकै अहिले सम्मै ठुलो योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *