विकासका लागी आवश्यक स्रोत साधनको व्यवस्था मिलाउने नगरको प्रतिवद्धता

सामुदायीक वन उपभोक्ता समुहका पदाधिकारिहरुका लागि तीन दिने सामुदायीक वन व्यवस्थापन सम्वन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । खाँडाचक्र नगरपालीका भित्र रहेका वनहरुको संरक्षण गर्दै बृक्षरोपणको माध्यम मार्फत हरीत तथा अर्गानिक नगरपालिका वनाउने उद्देश्यले क्षमता अभिबृद्धि तालिमको आयोजना गरिएको हो । खाँडाचक्र नगरपालिकाको सहयोग,सामुदायीक वन उपभोक्ता महासंघ (फेकोफन) कालीकोटको समन्वय , सहजीकरणमा र सामाजिक समानताको लागि विकास साझेदार समाज (पेड्सन) नेपाल कालीकोटले बैशाख १८ गते देखि तालिम सञ्चालन गरेको थियो । पहिलो चरणको तालिम उद्घाटन गर्दै नगर प्रमुख जसीप्रसाद पाण्डेले नगरपालिकालाई हरित नगरपालिका बनाउन आवश्यक नीति तथा कार्यक्रमको उचित व्यवस्था मिलाउने र वातावरण संरक्षण र विकास गर्न आवश्यक स्रोत साधनको व्यवस्था मिलाउने प्रतिवद्धता गर्नुभएका छ । नेपालमा हाल कुल भुभागको ४४ प्रतिशत सामुदायीक वनहरुको योगदानको कारणले वन क्षेत्रमा उल्लेखनीय उपलब्धी भएका छ । पेड्सन नेपालका अध्यक्ष रमेश नेपालीको अध्यक्षतामा सञ्चालन भएको तालिममा सहजिकरण फेकोफनका अध्यक्ष मल्ल, नागरिक समाजका संयोजक कालीवहादुर मल्ल,पेड्सन नेपालका अध्यक्ष नेपालीले सहजिकरण गर्नु भएको थियो । नगरपालीकाका ११ वटै सामुदायीक वन समुहका पदाधिकारीहरुका लागी ५ चरणमा तिन–तिन दिन संचालन भएको तालिमको खाँडाचक्र नपा ९ कार्यालय सभाहल पाखाँमा आइतवार सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *