युवाहरु राष्ट्का खम्बा कुलदमा भन्दा सामाजिक सेवा,विकास र उद्यमशीलतामा लाग्नु पर्ने डिएसपी शर्मा भनाई

कर्ण कुमाल
जेष्ठ २१ गते कालीकोट

कालीकोट जिल्लमा कर्णाली एकिकृत विकासका लागि कर्णाली नेटवर्कको आयोजना तथा युवा गैरसरकारी संस्था महासंघ कालिकोटको समन्वयमा युवाहरुका लागि नेतृत्व तथा व्यक्तित्व विकास तालिम सम्पन्न भएको छ । युवा गैरसरकारी संस्था महासंघका अध्यक्ष बिष्णु न्यौपानेको अध्यक्षता तथा प्रमूख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीको प्रमूख आतिथ्यतामा भएको तालिममा जिल्ला प्रहरी प्रमूख डिएसपी बिनोद शर्मा, जिल्ला न्यायत्रिवक्ता कौशल प्रसाद ढुंगानाले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी प्रमूख डिएसपी बिनोद शर्माले युवाहरु राष्ट्का खम्बा भएकाले बिभिन्न कुलदमा भन्दा सामाजिक सेवा, विकास र उद्यमशीलतामा लाग्नुपर्ने बताउनुभयो । उहाँले हरेक परिवारको भबिश्य युवाहरुको काँधमा रहने भएकाले सव्य, सफल र सम्पन्न परिवार बनाउन युवा अवस्थालाई आजआर्जनका क्षेत्रमा लगाउनुपर्ने बताउनुभयो। कार्यक्रममा जिल्ला न्यायधिवक्ता कौशलप्रसाद ढुंगानाले युवाहरुलाई नयाँ मुलुकि संहिताका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा जिल्ला अनुसन्त्रान अधिकृत दिलबहादुर चौधरी, बिभिन्न संघ संगठनमा आबद्ध युवाहरु, जिल्लाका बिभिन्न संचार माध्ययममा कार्यरत पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *