खानाको गुणस्तर निगरानी सम्बन्धि दुई दिने गोष्ठी सम्पन्न

कालीकोट जिल्लाको कर्णाली राजमार्गका होटल तथा रेस्टुरेण्टहरुमा खानाको गुणस्तर निगरानी सम्बन्धि दुई दिने गोष्ठी सम्पन्न भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य बिभाग अन्तरगतको एपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाँशाखाको आयोजनामा कर्णाली राजमार्गका होटल तथा रेस्टुरेण्टहरुमा खानाको गुणस्तर निगरानी सम्बन्धि दुई दिने गोष्ठी सम्पन्न भएको हो राजमार्गका आसपासका होटलहरुमा गुणस्तरीय खानाको व्यवस्थापनका बिषयमा सामुहिक छलफल तथा स्थलगत निरीक्षण समेत गरेको छन । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य बिभाग अन्तरगतको एपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाँशाखाका सम्भुप्रसाद ज्ञवालीले मानिसका लागि खाना औषधि भन्दा पनि बढी महत्वपुर्ण हुने भएकाले यसको गुणस्तरमा बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिकी उप प्रमूख लक्ष्मी बिष्ट नेपाली,स्थानिय होटल व्यवसायीहरुले बाहिरबाट आउने ग्राहकहरुको स्वास्थ्यलाई ख्याल गरी स्वच्छ, सफा, बिषदी रहित खानेकुराहरुमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा खाँडाचक्र नगरपालिका प्रमूख जसीप्रसाद पाण्डले राराको सिजनको समयमा कालिकोटमा बास बस्नका लागि होटलहरु पाउनै मुस्कील हुने गरेको बताउदै गुणस्तरीय सेवा प्रबाहका लागि सबै सरोकारवालाहरु यस बिषयमा सचेत हुन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, रारा जाने सिजनमा होटलका कोठा मिलाई दिनका लागि आफुलाई फोन गरेर ज्याग लगाउने गर्छन् । जिल्लाका व्यवस्थीत होटलहरुको संख्या निकै कम छ ।

प्रमूख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की उनीहरुलाई रारा जाने आन्तरिक पर्यटकहरुको खानपान र बासका लागि हम्मे हम्मे हुने बताउनु भयो ।कार्यक्रमा सहभागी तथा होटल मदनका संचालक धन बहादुर बटालाले जिल्ला भित्रको स्थानिय उत्पदान अर्गानिक भएपनि बाह्रै महिना अपुग हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, जिल्लामा उत्पादित तरकारी तथा खाद्यान्न बालीहरु निकै राम्रा छन् । तर सबै सिजनमा नपाईने भएकाले कुनै महिना रुपडियाको तरकारी र खाद्यको चमल पकाउनुपर्ने बाध्यता छ । जुन तरकारीमा बिषादीको मात्र परिक्षण पनि गरिएको हुँदैन् । स्थानिय तरकारीमा बिषादी छैन् । क्वालीटि पुगाउनका लागि रुपडियाको तरकारी भएपनि पकाएर दिनु परेको छ ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय निमित्त प्रमूख कटकबहादुर महतले होटलको खाना मानव स्वास्थ्यसँग जोडिएको बिषय भएकाले यसको गुणस्तर बृद्धि गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, कर्णालीको चर्चित पर्यटनिय स्थल रारा ताल जानका लागि कालिकोटको बाटो भएर जाने भएकाले यहाँको होटलहरुको खाना, बास र पाहुनाको सत्कार जिल्लाको इज्जतसँग पनि जोडिएको छ । कालिकोट जिल्ला स्थित जिल्ला समन्वय समिति, खाँडाचक्र नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्लाका अन्य सुरक्षा निकाय, स्वास्थ्य कार्यालय, नागरिक समाज होटल व्यवसायीहरु लगायतका सरोकारवालाहरुको सहभागीता रहेको छ । गोष्ठिमा सहभागी सरोकारवालाहरुले जिल्लाका ठुला होटलहरुको अवस्थाका बारेमा स्थलगत निरीक्षण समेत गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *