मकै उत्पादन बढाउन उन्नत बीउ नगरमा वितरण

कालीकोट जिल्ला खाडाचक्र नगरपालीकाका किसानहरु लाई मकैको बिउ बितरण गरेको छ । बडा न १ देखि ११ बडा सम्मका किसानहरुलाई मकैको बिउ बितरण गरेको । प्रत्येकलाई किसानलाई २ देखि ३ केजि सम्म बितरण गरको छ । नगरपालीकाको सबै भेगमा मकैं उत्पादन हुने भएकोले किसानहरुलाई नगरले बिउ उत्पादनको लागी २ देखि ३ के.जी सम्मको बिउ बितरण गरेको खाडाचक्र नगरपालीकाका कर्षि शाखा प्रमख पशराम काफ्लेले बताए । उहाँले मकैबाट ढींडो, रोटी, चिउरा, च्याँख्ला वा ग्रीटको भात आदि परिकार बनाएर खान सकिने बताए ।

पछिल्लो समय मकैंबाट खाने तेल पनि उत्पादन हुन थालेको छ । मकैं खेतीको लागि पानी नजम्ने, मलिलो, दुमट भएको माटो उपयुक्त ठाउमा लागउन किसानहरु लाई आग्रह गरे ठाउँ अनुसार मनकामना , रामपुर कम्पोजिट, अरुण जस्ता जातको बिउ लगाउन उपयुक्त भएकोले हामीले सबै किसानलाई बिउ बितरणर गरेको शाखा प्रमख काफ्लेले बताए । पछिल्लो समय व्यावसायिक तरकारी खेती निकै फष्टाएको छ । उत्पादित मकैलाई बीउकै रुपमा मात्र प्रयोग गर्ने योजना बनाएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *