५ लाख अक्षकोष समिपुरा स्मृतिकप खडा

कालिकोट जिल्ला पचालझरना गाउपालिका वडा नं ५ पञ्चकालीका माध्यमिक बिधालयमा SEE को नतिजाको पखाईमा बसेकी समिपुरा वोडेको कर्णाली नदिमा बगेर निधन भएको हो । जिल्ला स्तरीय राष्टपती रनिंङ सिल्ड प्रतियोगिता तथा पलाँता खेलकुद तथा पर्यटन महोत्सव २०७६ को कार्यक्रममा पचालझरना गाँउपालिका अध्यक्ष खड्गराज सेजुवाल, राष्ट्रपति रनिङ शिल्डमा भाग लिन गाउँपालीकामा तयारी गरि रहेका खेलाडी समिपुरा वोडेको १४ गते कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकी बताए । ज्याब्लिङथ्रो र सटफुटमा ११ आंै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डका लागी छनोट भएकी वोडेको कर्णाली नदिमा बगेर निधन भएको हो ।

गाउँपालीकाले छनोट गरेका खेलाडी समिपुरा नदीमा बेपत्ता भए पछि सिङ्गो गाउपालिका नै स्तब्ध भएको बताए । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पलाँता खेलकुद तथा पर्यटन महोत्सव २०७६को उद्घाटन कार्यक्रममा यस्तो बताउनु भयो । निधन भए पछि पचालझरना गाउँपालीकाले समिपुरा सिल्डको आयोजना गर्ने भएको छ । गाउपालीकाले ५ लाख अक्षकोष जम्मा गरीएको गाउँपालीकाका अध्यक्ष सेजुवाले बताए । ३ लाख रुपैया समिपुराको परीवारलाई राहत प्रदान गरीने र ३ लाखले समिपुरा स्मृतिकपको आयोजना गरिने । गाउँपालिकाका अध्यक्ष सेजुवालले बताए । समिपुरा स्मृतिकपको लागी कर्णाली प्रदेश बाट १ लाख सहयोग गर्ने भएको छ ।राष्ट्रपति रनिङ शिल्डमा भाग लिने उनको उद्देश्य अपुरै रहेका भन्दै गाउपालीको अध्यक्ष भाबुक भएर दुख व्यक्त गर्नु भयो । जिल्लाको ३ वटा नगरपालीका र ६ वटा गाउपालीकाका राष्ट्रपति रनिङ प्रतियोगीतामा भाग लिन आएका खेलाडीहरुको आखाँ भरि आश भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *