रक्तचाप जाँच शिबिर सम्पन
१२ औ गणतन्त्र दिवसको अवसर तथा अंग्रेजी मे महिनालाई रक्तचाप मापन महिनाकोरूपमा मनाउने क्रममा स्वास्थ्य कार्यालय कालिकोटको आयोजना तथा कालिकोट जिल्ला अस्पताल र खाडाचक्र नगरपालिकाको सहयोगमा जिल्लाको सदरमुकाम मान्म खाडाचक्रको पिपल चैतारामा ४० बर्ष उमेर पुगेका नागरिकहरूको रक्तचाप मापन गरिएको हो । खाडाचक्र नगरपालिकाका उप प्रमुख श्री बिजया बिस्ट,प्रमुख जिल्ला अधिकारी श्री चन्द्र बहादुर कार्की ,प्र.ना.उ.श्री बिनोद शर्मा,पूर्ब जिबिस उपसभापति श्री सत्यबहादुर शाही ज्यूको रक्तचापको मापन गरि उद्घाटन गरिएको हो
उक्त शिबिरमा १५५ जनाको रक्तचापको जाँच गरिएकोमा १२ जनाको उच्च रक्तचाप भएको पाइएको र उनीहरूलाई आबश्यक परामर्श तथा सल्लाह दिइएको थियो ।कार्यक्रमको उदघाटन सत्रमा रक्तचाप मापनको उदेश्य तथा यसको औचित्यको बारे स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख कटक बहादुर महतले प्रकास पार्नुभएको थियो ।
प्रकासनका लागि धेरै धेरै धन्यबाद सम्पादक ज्यू, अागामी दिनमा पनि यसलाइर् निरन्तरता दिनु होला ।