महिनावारी प्रति रहेको गलत धारणा तुरुन्त परिवर्तन गनुपर्ने

कालीकोट जिल्ला खाँडाचक्र नगरपालीकाको आयोजना, किर्डाक नेपाल कालीकोटको सहजीकरण र जनजीवन माध्यामिक बिद्यालयको समन्वयमा छैटौ अन्तराष्टिय महिनावारी स्वच्छता दिवस मनाईएको छ उक्त दिबसमा विभिन्न कार्यक्रमहरु, जिज्ञासा संकलन र जिज्ञासाहरुको प्रस्ट पारी, महिनावारीका बेला ध्यान दिनुपर्ने कुराहरु, महिनावारीका बेला पोषणको र सरसफाईको महत्व, महिनावारीका बेला सरसफाइ कमीभयमा स्वास्थ्यमा हुनसक्ने असर, महिनावारीको ब्यावस्थापन, घरासी प्याड बनाउने बिधी, महिनावारीका गलत धारणा र महिनावारीका चक्र खेल खेली सन्देश मूलक कार्यक्रम गर्नुका साथै खाँडाचक्र नगरपालीका उपप्रमुख बिजया बिष्टकोे हातबाट सेनेटरी प्याड बितरण गरी सम्पन्न गरिएको हो । कार्यक्रममा खाडाँचक्र नगरपालीका उपप्रमख बिजया बिष्टको प्रमुख आतिथ्यितामा संचालन गरीएको थियो उक्त कार्यक्रम किर्डाक नेपाल र सेभ द चिल्डे्न अन्तरगत संचालित नेपाली युवाहरुको लागी स्वस्थ रुपान्तरण परियोजना (HTNYP) ले सहजीकरण गरीएको थियो । महिनावारीका चक्र खेलमा उपप्रमुखले विद्यार्थी संगै सहभागी भएर खेल खेल्नु भएको थियो ।

आफ्नो पालामा महिनावारीकै कारण जती दुःख भोगेता पनी अबका पिडीले त्यस्था दुःख भोक्न नदिनका लागी आफु छाउपडी र महिनावारी सम्बन्धी सामाजीक तथा धार्मिक गलत धारणाको बिरोध गर्ने महिलाहरुमाथि हुने उत्पीडन र विभेदको अन्त्य गर्न सबै मिलेर अभियान नै चलाउनुपर्ने बताउनुभएको हो ।महिनावारी प्राकृतिक नियमित प्रक्रिया भएको बताउँदै उहाँले महिलाहरुमाथि गरिएको व्यवहार अपमानजनक रहेको र यसले महिलालाई चोट पु(याउने गरेको बताउनुभयो ।उपप्रमुख बिष्टले भन्नुभयो, ‘ महिनावारी त मानव सृष्टिको लागि हुने नियमित प्रक्रिया हो । तर हामीले यसलाई धर्म, संस्कृति र परम्परासँग जोडेका छौं । महिनावारीप्रति रहेको हाम्रो गलत धारणा तुरुन्त परिवर्तन गर्नुपर्छ । यस्तो विभेद घर, गाउँ र समाजबाटै अन्त्य गर्ने अभियान चलाउनुपर्ने बिष्टले बताउनु भयो ।कार्यक्रमा जनजीवन माध्यामीक बिद्यालयका ७ देखी १० सम्मका विद्यार्थी, शिक्षक शिक्षिका, वडा नं ३ का विवहित  महिला, राजनैतीक दलका प्रतीनीधीको सहभागीता भएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *