बिवाहित समुहमा छोरा,छोरी जन्मने खेलमा श्रीमानको सहभागीता

किर्डाक नेपाल र सेभ द चिल्डेन को साझेदारीमा संचालीत नेपाली युवाहरुको लागी स्वस्थ रुपान्तरण  (HTNYP) परियोजना कालीकोट जिल्लामा रास्कोट नगरपालीका , खाडाँचक्र नगरपालीका, नरहरीनाथ गाउपालीकामा यो परियोजना संचालन भईरहेको छ । यो परियोजनाले बिवहित,अबिहित, महिलाहरुको  ९०वटा समुह गठन गरिएको छ ।  १५ देखि २४ बर्ष उमेरका महिलाहरुलाई केन्द्रित बनाएर प्रजनन स्वास्थ्य,मातु तथा नवशिशु स्वास्थ्य, र लैगिक समन्ताका साथै महिलाहरुलाई बृतिय शिक्षा उक्त गठीत समुहहरुलाई दिईने गरेको छ । महिनाको २ पटक १२ देखि १५ दिनको बिचमा महिलाहरुलाई स्वास्थ रुपान्तरण सम्बन्धि कक्षा संचालन  समुहहरुमा गरिन्छ । यो परियोजनाले महिलाहरुलाई मात्र केन्दित नगरि श्रीमान पुरुष, साशु ,सशुरा,घरपरिवार,नागरिक समाज, समाजका अगुवाहरुलाई पनि कार्यक्रममा समाबेश गरिन्छ जसले महिलाहरुलाई प्रजनन स्वास्थ्य उपयोग गर्ने र समाजमा भएका लिङ्गका आधारमा गरिने भेदभाबलाई न्युनिकरण गर्ने मदत गर्नेछ ।

अज्ञानता र गलत परम्परागत सोचाई राखि छोरी छोरी जन्मीएमा महिला वा पुरुषलाई दोष दिनु गलत र महिला हिंसा हो र त्यस्तो गलत धारण समाजमा रहन नदिनु भन्ने बिषयमा  खाडाँचक्र नगरपालीका वडा न २ मेग्रा निम्न माध्यमिक बिधालयमा मखमली महिला समुहकी गीता बिक र उनका श्रीमान गगने बिकको बिचमा छोरा,छोरी जन्मने प्रक्रिया सम्बन्धि खेललाईको हो । यो खेलले कुनै पनि बच्चा छोरी वा छोरा हुनुमा पुरुष वा महिलाको चाहानामा हुदैन । यो एउटा प्राकृतिक प्रक्रिया हो महिलाको डिम्बसँग पुरुषको शुक्रकिटहरु मध्येबाट छोरा वा छोरी हुने शुक्रकिटको मिलन भएमा छोराछोरी हुन्छ । त्यसैले छोरा वा छोरी नपाएको अवस्तामा ,महिला वा पुरुषलाई अपहेलना, तिरस्का  जस्ता समाजका सस्कारलाई अन्त्य गरेमा हाम्रो समाज परिर्वतन हुन्छ । त्यसैले नेपाली युवाहरुको लागी स्वस्थ रुपान्तरण कार्यक्रम महिला लाई मात्र नभएर पुरुसहरुलाई पनि चेतना फैलाउने भएकोले यो कार्यक्रमलाई निरन्ता दिनु पर्ने गंगने बिक बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *