पद्धति र प्रकृया अपनाएर विवाद समाधान गर्नुपर्ने उपाध्यक्ष बुढा भनाई

कालीकोट जिल्ला नरहरीनाथ गाउपालीकामा गाउँमा रहेका स्थानिय मुद्दा मामिला तथा विवादहरु गाउँमै मिलाउनका लागि कालीकोटको नरहरिनाथका मेलमिलापकर्ताहरुलाई तालिम दिएको छ । गाउँमा भएका विवादहरु गाउँमै मिलाउनका लागि मेलमिलापकर्तालाई तालिम पश्चता प्रक्रियामा ल्याई न्यायिक समितिलाई सहज गराउनका लागि ८ दिने आधारभुत तालिमको आयोजना गरेको हो । नरहरिनाथ गाउँपालिकाको आयोजना संम्वाद सहजिकरण तथा मेलमिलापका लागी सेयर सेन्टर सुर्खेतको समन्वयमा सामुदायिक मेलमिलापकर्ताहरुको आठ दिवसीय आधारभुत तालिमको एक कार्यक्रमको आयोजना गरि समापन गरेको छ । देउमल दर्जीको अध्यक्षता गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाको प्रमुख आतिथ्यता गाउँपालिकाका लेखा प्रमुख हिरासिंह बोहोराको विशेष आतिथ्यतामा तालिमको समापन गरिएको छ ।

तालिमको समापनमा बोल्दै प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले मेलमिलापको कुनै दिर्घकालिन असर नहुने भएकाले पद्धति र प्रकृया अपनाएर विवाद समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले सम्पन्न आधारभुत तालिममा सिकेका कुरालाई व्यवहारमा ल्याउन मेलमिलापकर्ताहरुलाई आग्रह गर्नुभयो । वडास्तरमा रहेका मेलमिलापकर्ताहरुलाई मुद्दा वडामै मिलाउन सक्ने अधिकारलाई प्रयोग गरी गाउँपालिकामा आउने भार कम गर्न आग्रह गर्नुभयो। स्थानिय सरकारलाई दिईएको अधिकार अनुसार वडामा मेलमिलाप केन्द्र गठन गरी काम गरेको उपाध्यक्ष बुढाले बताउनुभयो । उहाँले ‘सम्बन्धित वडामै मेलमिलाप गर्न सके जनतालाई सहज हुन्छ। ८दिनसम्मको आधारभुत तालिममा गरिएका कानुनी छलफलले सवैलाई कानुनी रुपमा परिपक्क बनाउनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

तालिमको समापनमा बोल्दै संम्वाद सहजिकरण तथा मेलमिलापका लागी सेयर सेन्टर सुर्खेतका अध्यक्ष नहकुल संज्यालले गाउँमा शान्ति स्थापना गरेर घरदैलोमा नै जनतालई न्याय दिन मेलमिलाप कार्यक्रम सफल हुने बताउनुभयो ।उहाँले तालिममा सिकेका कुरालाई गाउँघरमा न्याय दिलाई समाजमा दीगो शान्ति स्थापना गराउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘मेलमिलाप सम्बन्धि आधारभुत तालिमले समुदाय स्तरमा भएका अन्तरविरोध तथा अन्तर कलहलमा एक पक्षको जित र हार नभएर दुवै पक्षको जीत हुने गरि मेलमिलाप गनुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *