जिल्ला स्तरिय राष्टपती रनिंङसिल्ड प्रतियोगिता तथा पलाँता खेलकुद तथा पर्यटन महोत्सव सुरु

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटको निकै विकट क्षेत्रका रुपमा चिनिएको पलाँता मुलुक संघिय संरचनामा गउपछि फेरीएको बताउनुभएको छ । उहाँले पलाँताको स्थानिय सरकारको गतिले पलाँताले विकासमा फड्को मारेको बताउनुभयो । उहाँले पलाँता क्षेत्रका जनताका आवशयकता पुरा गर्न आफ्नो मुख्य प्राथमिक्ता भएको बताउदै सबैको सक्रियताको खाँचो रहेको बताउनुभयो । हिजो नुन बोक्नका लागि कैलालीको राजापुर जानु पर्ने समस्यालाई स्मरण गर्दै अहिले गाँउ गाँउमा सडक र गाडी पुगेकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा सामाजिक विकास मन्त्री दल रावलले कर्णाली प्रदेश सरकारले जनताको समस्या बुझिरहेको बताउनुभयो । उहाले हरेक नागरिकको समस्या सम्बोधन गर्न सरकारले बिशेष ध्यान दिने बताउनुभयो ।

 कार्यक्रममा पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले पलाँतालाई खेलकुद क्षेत्रमा अगाडी बढाउने लक्ष्यका साथ जिल्ला स्तरीय राष्टपती रनिंङ सिल्ड प्रतियोगिता तथा पलाँता खेलकुद तथा पर्यटन महोत्सव २०७६ को आयोजना गरिएको बताउनुभयो । उहाले खेलकुुद राष्टको गहना भएकाले खेलकुदको विकासका लागि पलाँता सरकार प्रतिबद्ध रहेको बताउनुभयो । यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गर्दै बिप्लव समुहले बम बिस्फोट गराएको छ । कालिकोट जिल्लाको पलाँता गाँउपालिका वडा नं ९ थिर्पुमा आयोजना गरिएको जिल्ला स्तरीय राष्टपती रनिंङ सिल्ड प्रतियोगिता तथा पलाँता खेलकुद तथा पर्यटन महोत्सव २०७६ लाई उद्घाटन गरी फर्किने क्रममा मुख्यमन्त्रीलाई नै लक्षित गरी बिप्लव समुहका कार्यकर्ताहरुले बम बिस्फोट गराएका हुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावल सहितको टोली पलाँता गाँउपालिका केन्द्रमा जिल्ला स्तरीय ११ औ राष्टपती रनिंङ सिल्ड प्रतियोगिता तथा पलाँता खेलकुद तथा पर्यटन महोत्सव २०७६ लाई उद्घाटन गरी हेलिप्याड स्थलमा जाने क्रममा कार्यक्रम स्थलबाट करीव डेड किलोमिटर दुरीमा बिस्फोट भएका हो ।

गणतन्त्र दिवसका अवसरमा गृहजिल्ला आउनुभएका मुख्यमन्त्री शाहीले कालिकोटको महावै गाँउपालिका, जिल्ला सदरमुकाम र पलाँता खेलकुद तथा पर्यटन महोत्सव, जिल्ला स्तरीय ११ औ राष्टपती रनिंङ सिल्ड प्रतियोगिता, रेडियो पलाँता आवाज र सहिद स्मृति भवनको उद्घाटन गर्दै कसैले चाहेर युद्ध सम्भव नहुने बताउनुभयो । बिप्लव समुहलाई लक्षित गर्दै उहाले दुई चार जनाले त्रसाउदैमा द्धन्द्ध निमत्याउन जनताको साथ नपाउने बताउनुभयो । कार्यक्रममा पचालझरना गाँउपालिका अध्यक्ष खड्गराज सेजुवाल, नेकपाका अध्यक्ष धनजित शाही, तिलागुफा नगर उपप्रमूख दर्शना नेपाली, नेपाली कांग्रेसका सहसचिव दमनराज शाही लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा चर्चित गायीका रेखा जोसी, धर्मराज न्यौपाने, अछामी माग्ने बुढा,छत्र बहादुर शाही लगयतका कलाकारहरुको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *