युवा बिद्यार्थीहरुले गरे भ्रष्टाचार बिरुद्ध सुशासन अभियानको सुरु

कालिकोटका युवा बिद्यार्थीहरुले भ्राष्टाचार बिरुद्ध सुशासन अभियान सुरु गरेका छन् । कालिकोटका युवा बिद्यार्थीहरुको सक्रियतामा कर्णाली युवा सुशासन तथा विकास केन्द्रको स्थापना गरी शनिबारबाट औपचारीक रुपमा भ्रष्टाचार बिरुद्ध सुशासन अभियानको सुरुवात गरेका हुन् । जिल्लाको स्थानिय सरकार, सरकारी तथा गैरसरकारी निकायहरुबाट हुने अनियमिततालाई रोक्न आफुहरुले सुशासन अभियान सुरु गरेको कर्णाली युवा सुशासन तथा विकास केन्द्रका अध्यक्ष बसन्त शाहीले बताउनुभयो । उहाँले पछिल्लो समय स्थानिय सरकारमा भईरहेको अनियमितताका कारण नागरिकहरु संघिय संरचना प्रति नै असन्तुष्ट हुने अवस्था आएकाले स्थानिय सरकारलाई जनता प्रति उत्तरदायी बनाउनका लागि आफुहरुले यो अभियान सुरु गरेको बताउनुभयो । कर्णाली युवा सुशासन तथा विकास केन्द्रका उपाध्यक्ष रचिन्द्र शाहीले विकास र सामाजिक अभियानमा युवाहरुको सक्रियता बनाउने लक्ष्य रहेको बताउनुभयो । उहाँले जिल्लालाई भ्रष्टचारमुक्त सुशासनयुक्त जिल्लाका रुपमा विकास गर्ने उद्देश्यले आफुहरु संस्थागत रुपमा सूचनाको हकलाई प्रयोग गर्दै अगाडी बढ्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमूख अनीपाल शाहीले युवाहरु भ्रष्टाचार बिरुद्धको अभियान सुरु गरेर निकै राम्रो कार्यमा लागेको बताउनुभयो । उहाँले जिल्लाको विकास निर्माण तथा सुशासन कायम गर्न युवाहरुको सक्रियताले आफु थप उत्साहीत भएको बताउनुभयो । कार्यक्रममा जिल्ला न्यायधिश स्यामसुन्दर अधिकारीले गाँउमा आएको बजेट सहि तरीकाले खर्च भए नभएको बारे युवाहरुले हेर्नु आवश्यक रहेको बताउनुभयो । नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला अध्यक्ष धनजित शाहीले युवाहरुले थालेको भ्रष्टचार बिरुद्धको अभियानमा राजनीतिक दलले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा खाँडाचक्र नगरपालिका प्रमूख जसीप्रसाद पाण्डेले युवाहरुले सुरु गरेको सुशासन अभियानमा पुर्ण साथ दिने प्रतिबद्धता जनाउदै युवाहरु पनि जिम्मेबार बन्न सुझाव दिनुभयो ।

प्रमूख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले हरेक सार्बजानिक निकायमा कार्य सम्पादन भएका कामहरुको बारेमा सूचना माग्न पाउने हरेक नागरिकको अधिकार रहेको बताउदै यसको भरपुर प्रयोग गर्न युवाहरुलाई आग्रह गर्नुभयो । उहाँले जिम्मेबारपुर्ण तरिकाले कानुनी प्रक्रियाद्धारा सूचना माग्दा आईपर्ने जटिलतामा आफुले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा नेकपाका जिल्ला सचिव नगिन्द्र शाही नेशनलले युवाहरुले थालेको सुशासन अभियान निकै प्रशंसनिय रहेको बताउदै युवाहरु पनि नैतिकवान बन्नुपर्ने बताउनुभयो । उहाँले जिल्लालाई सुशासनयुक्त बनाउनका लागि सबै क्षेत्रबाट आ आफनो क्षेत्रबाट पारदर्शीतालाई अवलम्वन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला बारका अध्यक्ष दमनराज बम लगायतका वक्ताहरुले जिल्लाका हरेक स्थानिय सरकारमा व्यापक रुपमा आर्थिक अनियमितता भईरहेको बताउदै यसलाई सबैले रोक्नका लागि जागरुप हुनुपर्ने बताएका छन् । कार्यक्रममा जिल्ला प्रहरी प्रमूख डिएसपी बिनोद शर्मा, जिल्लाका बिभिन्न सरकारी कार्यालयका प्रमूखहरु लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *