सामुदायिक मेलमिलापकर्ताहरुको आधारभुत तालिम सञ्चालन

जिल्लाको नरहिरनाथ गाउँपालिकामा सामुदायिक मेलमिलाप कर्ताहरुको आठ दिवसीय आधारभुत तालिम नरहरिनाथ गाउँपालिकाको सभाहलमा सञ्चालन भएको छ । जेठ १० देखी १७ गते सम्म नरहरिनाथ गाउँपालिका वडा नं. १ देखी ९ सम्मका सबै वडाहरुमा गाउँपालिका स्तरका मेलमिलामकर्ताहरुको लागि आधारभुत तालिम सञ्चालन गरिएको हो । नरहरिनाथ गाउँपालिकाको आयोजनामा सञ्चालन भएको सो कार्र्यक्रमलाई मेलमिलापका लागि सेयर सेन्टर, सुर्खेतले संवाद सहजिकरण तथा तालिमको प्रदायक गरेको छ ।

नरहरिनाथ गाउँपालिका वडा नं.३ वडा अध्यक्ष टक्क बहादुर बिष्टको अध्यक्षता र नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाको प्रमुख आतिथ्यता, संवाद सहजिकरण तथा मेलमिलापका लागि सेयर .सेन्टर, सुर्खेतका अध्यक्ष नहकुल सञ्जाल, अधिवक्ता राजेन्द्र भारती र अधिवक्ता विरेन्द्र कुमार थापाले सहजिकरण गर्ने भएका छन् । सहभागिहरुले मेलमिलापकर्ताहरुको रुपमा समाजमा काम गर्न सक्षम बनाउनका लागि कार्यक्रमको सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी मनशोभा बुढाले बताएकी छन् । मेलमिलापका सीप तथा यसका सिद्धान्तका बारेमा जानकारी प्राप्त गरि यसको प्रक्रियालाई अभ्यास गरि देखाउन सक्षम गराउनका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने संवाद सहजिकरण तथा मेलमिलापका लागि सेयर सेन्टर सुर्खेतका अध्यक्ष नहकुल सञ्जालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *