व्यवसायीको हक हितलाई संरक्षण गर्न सरोकारवालाहरुको भनाई

कालिकोट जिल्लामा च्येम्बर अफ कमर्सको शाखा संचालनमा आएको छ । शनिबार एक औपचारीक कार्यक्रमको आयोजना गरी च्याम्मर अफ कमर्सको शाखा कार्यालय उद्घाटन गरिएको हो । च्येम्मर अफ कमर्स शाखा कालिकोटका अध्यक्ष हष्त बहादुर बमको अध्यक्षता, जिल्ला न्यायधिश स्यामसुन्दर अधिकारीको प्रमूख आतिथ्यतामा एक औपचारीक कार्यक्रमका बीच च्येम्बर अफ कमर्सको शाखा कार्यालय उद्घाटन गरिएको छ । कार्यक्रममा जिल्ला न्यायधिश स्यामसुन्दर अधिकारीले व्यवसायीको हक हितका साथै उपभोक्ताको हितलाई पनि संरक्षण गर्न च्याम्मर अफ कमर्स शाखा कालिकोटलाई आग्रह गर्नुभयो । कार्यक्रममा खाँडाचक्र नगरपालिका प्रमूख जसीप्रसाद पाण्डेले कालिकोटका व्यवसायीहरुको हित कसरी गर्न सकिन्छ भन्ने बिषयमा स्थानिय सरकारहरुसँग समन्वय गर्न आग्रह गर्नुभयो । उहाँले बैक तथा बित्तिय संस्थाहरुलाई पनि सामुहिक छलफलमा राखेर नगरपालिकामा नीजि क्षेत्रको लगानीलाई प्रबद्र्धन गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा प्रमूख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले आफुहरुले व्यवसायी र उपभोक्ता दुवै पक्षको हित संरक्षण गर्ने गरी बजार अनुगमन तथा अन्य क्रियाकलापहरु अगाडी बढाएको बताउनुभयो । उहाँले जिल्लामा व्यवसायीहरुको लगानीको सुरक्षाका लागि स्थानिय प्रशासन प्रतिबद्ध रहेकोले ढुक्कका साथ लगानी गर्न आग्रह गर्नुभयो । कार्यक्रममा च्याम्मर अफ कमर्स कर्णाली प्रदेशका महासचिव गंगाजीप्रसाद ओलीले हरेक जिल्लामा आन्तरिक राजस्व कार्यालय स्थापना नभएसम्म बजारमा हुने समस्या न्यूनिकरण गर्न नसकिने बताउनुभयो । कार्यक्रममा नेकपाका जिल्ला सचिव नगिन्द्र शाही नेशनल र नेपाली कांग्रेसका जिल्ला सदस्य नन्दबहादुर शाहीले उपभोक्ता हितलाई संरक्षण गर्दै स्थानिय उत्पादनहरुको बजारीकरणका लागि च्याम्मर अफ कमर्सले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश सदस्य बिष्णु न्यौपानेले सरकारले जेठ १५ मा बजेट ल्याउन तयारी गर्दा कालिकोटका केही व्यपारीहरुले सामान लुकाएर बजारमा कृतिम अभावको सिर्जना गरेको भन्दै यस प्रति सम्बन्धित निकायको ध्यानाकर्षण गर्नुभयो । उहाँले च्याम्मर अफ कमर्स कालिकोटलाई शुभकामना दिदै उपभोक्ता अधिकारको सुनिश्चितताका लागि पहल गर्न आग्रह गर्नुभयो । कालिकोट उद्योग बाणिज्य संघका सचिव रंगलाल देवकोटा, कालिकोट पेय पदार्थ व्यवसायी संघका अध्यक्ष जीवन शाही लगायतका वक्ताहरुले भौगोलीक विकटता र राजनीतिक अस्थिरताका कारण जिल्लाको स्थानिय व्यवसाय संकटमा रहेको बताएका छन् । उनीहरुले कहिले राजमार्गमा गाडी पल्टिदा त कहिले सरकारबाट प्रतिबन्धित बिप्लव समुहले गाडीमा ल्याएको मदीराजन्य सामानहरु खोलामा फालिदा स्थानिय व्यपारीहरुको लगानी निकै असुरक्षित रहेको बताए ।

स्थानिय व्यवसायीहरुलाई लगानीका लागि बैक तथा बित्तिय क्षेत्रको चर्को व्याजका कारण पनि समस्या आएको उनीहरुको दाबी छ । कार्यक्रमा राष्टिय बाणिज्य बैकका शाखा प्रमूख जयप्रकाश बरालले राष्ट बैकको निर्णय अनुसार नै आफुहरुले व्याज लिईरहेको बताउनुभयो । कार्यक्रममा जिल्लाका व्यपारी, बुद्धिजीवी लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *