भिरवाट लडेर एक किशोरीको निधन ।

कालीकोट जिल्लाको नरहरीनाथ गाउपालीका वडा ६ माल्कोटमा एक जना किशोरीको अकालमै ज्यान गएको छ । घर नजिकैको जंगलमा वाख्रा चराउन गएको बेला १६ वर्षिया निरुता बटालाको भिरवाट लडेर अल्पआयुमै निधन भएको छ । वुवा सन्त वटाला र आमा राजु वटालाकि छोरी एसइइ को नतिनाको पखाईमा बसिरहेकि वटालाको असामयिक निधन भएको वडा नंः ६ का वडा अध्यक्ष तुलाराज विश्वकर्माले जानकारी दिनुभएको छ । करिव ५०० मिटर भिरवाट तल खसेर निधन हुँदा घरपरिवार का साथै आफन्जन शोकमा डुवेका छन । किर्डाक नेपाल र Save the Children को साझेदारीमा संचालित नेपाली युवाहरूको लागि स्वस्थ रूपान्तर परियोजना अन्तर्गत परिवर्तन अविवाहित किशोरी समुहकि नियमित सदस्य बटाला  निधन प्रति HTNYP teamभाबपुण श्रर्दान्जलि व्यक्त गर्दै फेसबुक माफर्त जानकारी दिनु भयोको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *