प्रशासन कार्यलयको सभाहलमा सरोकारवाला सँगको बैठक सम्पन्न
कालीकोट जिल्लाको फुकोट कर्णाली हाइडा्रो पावर हाउस निर्माणका लागी मुआव्जामा समस्या देखीएको छ फुकोट कर्णाली हाइड्रो पावर निर्माण गर्नका लागी आवश्यक जग्गा किनबेचमा मुल्य नमील्दा तत्काल काम सुरु गर्नका लागी समस्या उत्पन्न भएको आयोजनाका इन्जीनीयर हीरामान वाइबाले बताउनु भयो । सो मवार जिल्ला प्रसाशन कार्यलयको सभाहलमा सरोकारवाला सँगको बैठकमा उहाले यस्तो बताउनु भएको हो । आयोजनाका वारेमा बताउदै करीव २ महीना देखी जग्गाको मुल्यमा जग्गाधनीसँग कुरा गर्दै २ महीना समय वितेको बताउनु भयो । करीव १ सय अर्वको लागतमा नीर्माण हुने फुकोट कर्णाली हाइड्रो पावर नीर्माणका लागी पहीलो चरणमा १ सय ५० रोपनी जग्गा आवस्यक पर्ने वाइबाले बताउनु भयो । २ महीनाको लामो छलफल पछी बल्ल जग्गाको मुल्यमा सहमती भएको बताउदै आवस्य पर्ने दोस्रो चरणको जग्गामा पनी मुल्यमा समस्या उत्पन्न हुन नदीनका लागी सरोकारवाला सँग बैठक बसी आवस्यक सहयोग गर्न आग्रह गर्नुभयो । उहाले भन्नुभयो, सबै सरोकारवालाको साथ र सहयोग मीलेमा जग्गा अधीकरण,टर्नेल र ड्याम नीर्माण भएको ५ बर्षमा विजुली वत्ती वाली सक्ने बताउनु भयो । नेपाल सरकारका विभीन्न नीकाय तथा मन्त्रालयको सहयोग र सेयर मार्फत उक्त आयोजना नीर्माण हुनेछ । ४ सय पलस मेगावाटका विजुली उत्पादन गरेर वाहीर देसमा विक्री गर्ने नेपाल सरकारको लक्ष्य रहेको छ ।
साथै उहाले आयोजनाको डीपीआर नीर्माण चरणमा रहेको बताउदै ड्याम कुन ठाउमा नीर्माण गर्ने भन्ने विषयमा प्राविधिक स्टेमेट नआय सम्म भन्न नसकीने बताउनु भयो । कार्यक्रममा नेपाली काग्रेंस कालीकोटका सभापती हर्स बहादुर बम,नेकपाका अध्यक्ष धनजित शाही, लगायतका सरोकारवाला ब्यक्तीहरुले यो आयोजना नीर्माण गर्नका लागी राजनीतीक दल र सरोकारवाला नीकायले सम्पुर्ण कीसीमको सहयोग गर्ने बताएका छन । उनीहरुले यो आयोजनाको लक्ष्य उद्येस्य माथी स्थानीय जनप्रतीनीधी र नागरीकहरुलाई प्रस्ट पार्नु पर्ने बताउनु भयो । यस्तै प्रमुख जिल्ला अधीकारी चन्द्र बहादुर कार्कीले यो आयोजना नीर्माण भएमा कालीकोटको मुहार फेरीने बताउदै,यो आयोजनालाई कालीकोट जिल्लावाट वाहीर जान नदीन सबैले सहयोग गर्न आग्रह गर्नुभयो । यस्तै उहाले यो आयोजना वारे कसैले नराम्रो कुरामा ब्याख्या गरेमा त्यही कुरालाई सत्य नमानेर यसको वारेमा सत्य तथ्य बुज्नका लागी आफुसग सम्पर्क गर्न आग्रह गर्नुभयो ।