कर्णाली कृषि तथा खाद्य सरोकार समुहको बरातुमा अन्तरक्रिया कार्यक्रम

    कर्णाली कृषि तथा खाद्य सरोकार समुह कफागले खाडाचक्र नगरपालिका–११ का कृषकहरुसंग प्राङगारिक कालीकोट सम्वन्धि अन्तक्रिया तथा अवलोकन गरेको छ । कालीकोट जिल्लाको अगानीक गाउँ भनेर चिनिएको खाडाचक्र नगरपालिकाको बरातुमा गएर अन्तक्रिया कार्यक्रमको आयोजना गरेको हो । कर्णाली प्रदेशलाई अर्गानी प्रदेश बनाउने मन्त्रीपरिषदको निर्णयलाई आत्मसाथ गर्दै कफागले अन्तरक्रिया गरेको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै कृषक जयबहादुर भारतीले तत्कालीन कृर्षि विकास कार्यालय पाठशाला शिक्षा दिएपछि प्राङगारिक मलको प्रयोग गर्न थालिएको बताउनुभयो । उहाँले विचमा कहि कतै रासायनिक मल प्रयोग भयो यसले माटोको उर्वरा शक्ति हराउर्दै गएपछि विभिन्न कृर्षि विशेषज्ञको सल्लाह अनुसार प्राङगारिक मलको प्रयोग गर्न थालिएको बताउनुभयो ।

 

 

 

 

 

त्यस्तै बरातुका अगुवा कृषक विरु भारतीले अरु ठाउँको जस्ता बरातुमा रासायनिक मलको प्रयोग नगरेको बताउनुभयो । उहाँले युरिया मल प्रयोग गरेपछि माटो विग्रिन्छ, माटोको उर्वराशत्ति कम हुन्छ भनि कृर्षि विकास कार्यालयले २०६७ सालमा १६ हप्ते तालिम र धनगढिको टट तालिमबाट शिक्षा प्राप्त गरेपछि रासायनिक मल प्रयोग गर्न छाडिएको बताउनुभयो । कृषक अजय गिरीले रासायनीक मललाई विस्थापित गर्ने बताउनुभयो । उहाँले अव जैविक मल गाउँमै हुने बातावरण स्थानीय प्रदेश सरकारले मिलाउनुपर्ने बताउनुभयो । उहाँले बरातुमा उत्पादन भएका कृर्षिजन्य बस्तुको बजारीकरण नभएको गुनासो गर्नुभयो । अन्तरक्रियामा बोल्दै खाडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले बरातुमा उत्पादन हुने फलफुल र तरकारी खेतीमा रासायनिक मलको प्रयोग नर्गन आग्रह गर्नुभयो ।

 

 

 

 

 

 

उहाँले कुन मल प्रयोग गर्दा के फाईदा हुन्छ भन्ने थाहा नपाउदा विगतका दिनमा रासायनीक मलको प्रयोग गरेपनि अवका दिनमा कृषकले रासायनिक मल प्रयोग नर्गन सुझाव दिनुभयो । उहाँले बरातुका किसानले उत्पादन गरेका बस्तुको बजारीकरण भएन भने उत्पादित तरकारी र फलफुल नगरपालिकामा ल्याएमा बजारीकरणको जिम्मा नगरपालिकाले लिने धारणा राख्नुभयो । विगतका वर्षमा अगानीक खानमा सरकारले नै विगारेको पाण्डेले आरोप लगाउनुभयो । उहाँले विगतका वर्षमा कर्णालीमा सडक नपुगेको बेला हेलिकोप्टरबाट भएपनि बाहिर उत्पादन गरिएका तरकारी र फलफुल मान्ममा आइपुग्दा अहिले बाहिरबाट आउने कृर्षिजन्य बस्तुलाई विस्तापित गर्न नसकिएको बताउनुभयो । अन्तरक्रियामा सुझाव दिर्दै खाद्ययका लागि कृषि अभियान्ता जीवन शाहीले नेपालको कृर्षि प्रर्णाली प्राङगारिकमा जानुुपर्ने बताउनुभयो । उहाँले विषादीयुक्त खानेकुरालाई नियगमन गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *