इन्द्रेणीले २३ लाख रुपैया गाउँपालिकालाई हस्तान्त्रण

कालीकोट जिल्लाको पलाता गाउँपालिका–१ का अग्नीपीडितहरुको घर निमार्णका लागि एवीसि टेलिभिजनबाट प्रशारीत नेपालकै चर्चित कार्यक्रम इन्द्रेणीले २३ लाख रुपैया गाउँपालिकालाई हस्तान्त्रण गरेको छ । इन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कडेलले नरहरिनाथ गाउँपालिकामा आयोजित बृहत सास्कृतिक कार्यक्रममा पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बम ‘पलाती कान्छा’ लाई २३ लाख नगद हस्तान्त्रण गर्नुभएको हो । रकम हस्तान्त्रण गर्दै इन्द्रेणी कार्यक्रम संचालक कृष्ण कडेलले खाडाका अग्नी पीडित ३ जनाको घर जेठ मसान्तभित्र निर्माण गर्ने गरी काम अगाडि बढाउन गाउँपालिकालाई आग्रह गर्नुभयो । ‘जेठ मसान्तभित्र ३ वटा नमुना घर निर्माण गरी अग्नी पीडितको अनुहारमा मुस्कान ल्याउनुस’, उहाँले भन्नुभयो ।

‘इन्द्रेणी कार्यक्रममा पलाताका पीडितका लागि सहयोग गर्नुस् भनेर कार्यक्रम संचालन गरियो, देश तथा विदेशमा रहेका नेपाली मनले सहयोग गरेको रकम हस्तान्तरण गर्न आफु कालीकोट आएको हुँ ।’ उहाँले भन्नुभयो, २३ लाख रुपैयाले ३ वटा नमुना घर निमार्ण गरेमा अन्य घर निमार्णका लागि आफुले फेरी सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । गाउँपालिकाले जेठ मसान्तभित्र घर निमार्ण गर्न सकेमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमलाई १ लाख नगद पुरस्कार दिने घोषणा गर्नुभयो । उहाँले गाउँपालिकाले तदारुकताका साथ काम अगाडि बढाएर घर निमार्ण गरि उद्घाटन गर्न इन्द्रेणी टोली फेरी खाडा पुग्ने र अध्यक्षलाई पुरस्कृत गर्ने बताउनुभयो । गत वर्षको पुस ८ गते राती भएको आगलागीमा न्यौपानेहरूको थलो खाडाका ३२ घर जलेर पूर्णरुपमा नष्ट भएका थिए । त्यस लगत्तै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खाडामै पुगेर आग्लागीले जलेर खरानी भएको खाडामा खरमुक्त नमूना बस्ती निर्माण गरिदिने घोषणा गर्नुभएको थियो । कडेलले समृद्ध कालीकोट निर्माणको अभियानमा आफूहरू रहेको बताउनुभयो । उहाँले रोग, भोक, अशिक्षा र गरिबीको चपेटामा परेका कालीकोटबासीलाई समृद्धिका आभास दिलाउनका लागि इन्द्रेणीले सहयोग संकलन गरेको बताउनुभयो ।

पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले तत्काल खाडाको बस्ती पुनर्निर्माणको काम थालनी गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीसंग रकम अभाव थियो, प्रदेश सरकारले पनि घर निमार्णका लागि ५ लाखका दरले अख्तियारी दिएको छ ।’ अव निर्धारित समयमै घर बनाइसक्ने बताउनुभयो । पलाताका पीडितका घर निमार्णका लागि पलाता गाउँपालिकाले गठन गरेको कार्यदलले पीडितका घर लगाइदिने छन् । अध्यक्ष बमले भन्नुभयो, ‘यस अघि बजेटको टुंगो नलाग्दा हामीले सामान मगाउन र काम गर्न शुरु गराउन सकेका थिएर्नौं,’ अव सकेसम्म अगाडिनै पीडितहरु छानामुनी गइसकेका हुनेछन् । यसै विच इन्द्रेणी टिमले नरहरिनाथ गाउँपालिकामा रहेका असाय गरिव बालबच्चालाई पनि आर्थिक सहयोग गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *