नरहरीनाथ गाउपालीकामा इन्द्रेणीको जागरण अभियान सुरु

बैशाख १८ गते ।

कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा सामाजिक जागरण, पर्यटन प्रवद्धन, सास्कृतिक जर्गेना अभियान सुरु भएको छ । नरहरिनाथ गाउँपालिकाको आयोजनामा इन्द्रेणी समाजको एवीसी इन्द्रेणी टिमले अभियान सुरु गरेको छ । नरहरिनाथ गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्र प्रवद्धनका सहयोग गर्नका लागि जागरण अभियान सुरु गरेको हो । स्थानीय तह निर्वाचन पछि नरहरिनाथ गाउँपालिकाले विकास निमार्णका पूर्वाधारको स्थलत अध्ययनका साथ विभिन्न कार्यक्रमको आयोजना गरि अभियानको सुरुवात गरिएको हो । विकास निमार्णसंगै विगत ३२ वर्षदेखि निमार्णाधिन सुनथराली विमानस्थलको निरीक्षण गरि सास्कृति कार्यक्रमको आयोजना समेत गरिएको थियो । २८ वर्ष पछि आफु पढेको ठाउँमा जागरण अभियान ल्याएर आउन पाउँदा आफु निर्कै हर्षित भएको इन्द्रेणी कार्यक्रमका कुसल संचालन कृष्ण कडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कालीकोटको नरहरिनाथ गाउँपालिका पर्यटकीय सम्भावना बोकेको गाउँपालिका भएकाले यसको सहि प्रचार प्रसार हुन नसकेकाले इन्द्रेणी टिम पुगेको हो ।’ कोटवाडा, लालु, माल्कोट, कुमालगाउँ र रुप्सा गाविस मिलेर बनेको गाउँपालिकाको पर्यटन प्रवद्धन गर्नका लागि विभिन्न सास्कृतिक कार्यक्रमको आयोजना गरिने कडेलले बताउनुभयो । इन्द्रेणी टिम दिन दुखिहरुको घाउँमा मलहम पट्टी लगाउने कार्यक्रम भएकाले नरहरिनाथ गाउँपालिकाका गरिव दुखिका घाउँमा मलहम लगाउने कार्यक्रम समेत तय गरेको इन्द्रेणीका संचालक कडेलले बताउनुभयो ।

नरहरिनाथ बारे प्रचारप्रसार हुन नसक्दा अहिलेसम्म आन्तरिक पर्यटक बाहेक बाह्रय पर्यटककले पाइला नटेकेको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताउनुभयो । नरहरिनाथको लालिघाटदेखि गाउँपालिका केन्द्रसम्मको सडकको स्तर उन्नती हुन सके बाह्रै महिना पर्यटक भित्र्याउन सकिने अध्यक्षको दावि छ । गाउँपालिकाको विकास र प्रचार प्रसारमा इन्द्रेणीको सहयोग चाहिएकाले नरहरिनाथ गाउँपालिकामा इन्द्रेणी टिमलाई बोलाइएको अध्यक्षले बताउनुभयो । नरहरिनाथ गाउँपालिकामा रहेका त्रिवेणी पाटन, त्रिवेणी खोला, गोठेचौर पाटन, उप्पाया डाडा, सुनथराली विमानस्थल, रिङ्नेपानी, ढुङ्गो टुसाया, खुरगाड, बाघफाला, ब्रजु, चाल्ने, खाम्मा डाडा, नरहरिनाथ जन्मस्थल, गणेशपातल, चिउरीमेला लगायतका पर्यटकीय स्थलको प्रचार प्रसार हुन नसकेकाले नरहरिनाथ गाउँपालिकाका पर्यटकीय क्षेत्र ओझेलमा परेका गाउँपालिकाका प्रवक्ता गगनबहादुर फडेराले बताउनुभयो । उहाँले ‘पर्यटकीय क्षेत्रको विकास र प्रचारका लागि विभिन्न संचारमाध्यमा कार्यरत संचारकर्मी, इन्द्रेणी टिमलाई स्थलगत अध्ययनका लागि गाउँपालिकामा ल्याइएको हो ।

नरहरिनाथ गाउँपालिकामा यातायातको पहुँच नपुगेकाले बाह्य पर्यटक आउन नसक्नुले पर्यटकीय क्षेत्र ओझेलमा परेको स्थानीय अग्रबहादुर विष्टले बताउनु भयो ।गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको स्थानीय सरकारले पहिचान गर्न नसक्नुले पर्यटकीय क्षेत्रहरु हराउदै गएको बताउनुभयो । जिल्लाको नरहरिनाथ गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रसारको अभावले पर्यटकीय क्षेत्र हराउर्दै गएको नरहरिनाथ गाउँपालिका–६ का वडाध्यक्ष तुलाराज विश्वकर्माले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *