नेता कार्यकर्ता देखि विशिष्ट ब्यत्तित्वहरु पुण्यभुमि पशुपतिमा

कालीकोट जिल्लाका नेपाली काग्रेश पुर्व सभापति कालीबहादुर सहकारीलाई भेट्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्ध बहादुर शाही काठमाण्डौको पशुपती क्षेत्र पुग्नु भएको छ । पूर्व सभापति सहकारी तथा युवा नेता ,युवा उद्यमि,पूर्ब तरुण दल बिभागिय सदस्य ,समाजसेवी ,रेडियो मालिका एफ.एमका अध्यक्ष ,मिनबहादुर बोगटी लाई मातृ शोक परेपछि विभिन्न दलका नेता देखि उच्च तहका विशिष्ट ब्यत्तित्वहरु श्रदान्जलि दिन पुण्य भुमी पशुपतिनाथमा पुगेका छन । नेपाली काँगे्रश का पार्टि सभापति सेरवहादुर देउवा ,नेपाली काँगे्रश का नता रामचन्द्र पौडेल , कर्णाली प्रदेश का मुख्य मन्त्रि महेन्द्र वहादुर शाहि ,कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता,पुर्व मन्त्री एवं कांग्रेस केन्द्रिय सदस्य माननीय जीवन बहादुर शाहि,नेकपा कालिकोटका नेता एवं रास्ट्रीय सभा सदस्य माननीय जीवन बुढा, कांग्रेस महामन्त्री पुर्ण बहादुर खड्का,शेखर कोइराला,बालकृष्ण खाँड, तरुण महासचिव भुपेन्द्र जंग शाही , खाँडाचक्र नगरपालिकाका मेयर जसि प्रुसाद पाण्डे नरहरीनाथ गाँउपालीका वडा नंः ५ का वडा अध्यक्ष गगन वहादुर फडेरा ,नेविसंघ निःवर्तमान अध्यक्ष नैनसिंह महर राप्रपा महामन्त्री लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु पशुपति पुगेका छन ।

भेटमा मुख्यमन्त्री शाही तथा नेपाली काँगे्रश का पार्टि सभापति देउवाले मृतआत्माको चिरशान्ती कामना र शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्नुभएको छ । २०७४ सालको निर्वाचनमा कालीकोट जिल्लाबाट प्रदेशसभा ख का प्रतिद्वन्दी उम्मेदवार सहकारी झिनो मतले पराजित हुनु भएको थियो । मुख्यमन्त्री शाहीले सहकारी प्रतिद्वन्दी भएपनि आगामी दिनमा सहकार्य र समझदारीबाट जिल्लाको राजनैतिक र सामाजिक विषयहरुमा मिलेर जानेकुरामा बिश्वस्त पारेको कुरा मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिवखेमबहादुर सिंहले बताउनुभयो ।सवैले मृतआत्माको चिरशान्तीको कामना र शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गरेका छन ।यो दुःखद अवस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहानुभुति दिने सवैलाई सामाजिक अभियान्ता मिन वहादुर वोगटी धन्यवाद दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *