लामखुट्टेको टोकाईबाट लाग्ने औलो रोग नियन्त्रणका लागि सबै सचेत हुनुपन डा. पोख्रेल भनाई

 

जिल्ला स्वास्थ्य कार्यालय कालीकोट १२ औ बिश्व औलो दिवस २०७६ मनाईएको छ । आफैबाट सुरु गरौँ, औलोलाई शुन्यमा पुर्याऔँ भन्ने नाराका साथ स्वास्थ्य कार्यालय कालिकोटको आयोजनामा १२ औ बिश्व औलो दिवस कालिकोटमा बिभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको हो । स्वास्थ्य कार्यालय कालिकोटका निमित्त प्रमूख कटक बहादुर महतको अध्यक्षतामा भएको स्वास्थ्यकर्मी तथा पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रममा डा. बिज्ञान प्रजापती, डा. भिश्म पोख्रेल, डा. नहकुल शाही, नेपाल पत्रकार महासघ कालीकोटका अध्यक्ष तुलराम पाण्डे ,स्वास्थ्य कार्यालयका कार्यक्रम फोकलप्रशन हेमराज बमले बिश्वमा औलोको अवस्था, नेपालमा र जिल्लामा औलोको अवस्थाका बारेमा जानकारी दिएका थिए । उनीहरुले कालिकोटमा गत आर्थिक बर्षमा मात्र ६ जना औलोका बिरामीहरु फेला परेको जानकारी दिदै औली नियन्त्रणका लागि संचाल क्षेत्रले सूचना प्रबाहमा सहयोग गर्नुपर्ने बताएका छन् । कार्यक्रममा डा. भिश्म पोख्रेलले लामखुट्टेको टोकाईबाट लाग्ने औलो रोग नियन्त्रणका लागि सबै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले पटक पटक ज्वोरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, रक्त अल्पता हुने, कलेजो बढ्ने, शरीर काप्ने, वाक वाकी हुने जस्ता लक्षणहरु देखिए तुरुन्त स्वास्थ्य संस्थामा आउन सबैलाई आग्रह गर्नुभयो । उहाँले औलोको उपचार निशुल्क हुने जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमूख कटकबहादुर महतले कालिकोटमा सडक संजाल जोडिएसँगै लामखुट्टेको प्रभाव बढेको र औलोको प्रभाव बढेका् जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलयका स्वास्थ्यकर्मी तथा संचारक  र्मीहरुको उपस्थिति रहेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *