नेकपा कालीकोटको अध्यक्षमा धनजित शाही ,सचिबमा नगेन्द्र शाही चयन

कर्ण कुमाल कालीकोट

        नेकपाले केन्द्रमा पार्टी एकता गरेको ११ महिनामा बल्ल जिल्लास्तरमा नेतृत्व चयन गरेको हो ।एकताका क्रममा ७७ जिल्लामध्ये ४४ जिल्लाको नेतृत्व तत्कालीन एमाले र ३३ जिल्लाको नेतृत्व तत्कालीन माओवादीले पाएका छन्। एमालेले अध्यक्ष पाएको जिल्लामा सचिव माओवादी र माओवादीले अध्यक्ष पाएको जिल्लामा एमालेका नेता सचिव हुने सहमति भएको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टि नेकपा कालीकोटको अध्यक्षमा धनजित शाही (आर्दश) चयन भएका छन । सचिबमा नगेन्द्र शाही (नेस्नल)चुनिएका छन ।नेकपाको सचिवालय बैठकले कालीकोट लगाएत देशभरको भागबण्डा गर्दा कालीकोटमा पुर्व माओबादी केन्द्रले अध्यक्ष पाएको हो । पुर्व एमालेले सचिबमा चित्त बुझाएको छ। यस अघि कालीकोटको नेतुत्वका लागी पुर्व माओबादी केन्द्र र एमालेबीच कसले नेतुत्वलिने भन्ने बिषयमा बिवाद भएको थियो । पुर्व एमालेमा नेस्नल शाही अध्यक्ष थिए भने धनजित शाही पुर्व माओबादी केन्द्रबाट कालीकोट जिल्लाका संयोजक थिए । नेकपाको पछिल्लो मापदण्ड अनुसार पुर्व अध्यक्ष र संयोजकहरुलाई नै अध्यक्ष र सचिब बनाउने मापदण्ड अनुसार धनजित शाही अध्यक्ष र नगेन्द्र शाही सचिबमा चयन भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *