सांगितिक यात्रामा एक पछि अर्का चर्चा कमाउँदै गाएक सर्विन ।

कालीकोट
गाएक तथा संगीतकार टंक बुढाथोकीको संगीतमा भाईरल बाल गायिका समीक्षा अधिकारीको स्वरमा नयाँ गित सार्वजनिक भएको छ । ब्युटी ब्युटी बोलको गीतमा चर्चित गाएक सर्बिन बोगटी र चलचित्र ‘नाई नभन्नु ल ५’ को गित ‘फेरि कहाँ आउँछ र घुमेर’ बोलको गीतबाट सांगीतिक यात्रा सुरु गरेकी नव गायिका समीक्षा अधिकारीको स्वर रहेको छ भने सगोत्री आचार्यको शव्द रहेको छ । गीत बुधबार दिउँसो ४ बजे तिर रिलिज भएको हो लोक लयको मज्जा पनि लिन सकिने यो गितमा अभिनय सुनिल क्षेत्री र सृष्टि खड्काको रहेको छ । उक्त म्यूजिक भिडियोको निर्देशन शिशिर श्रेष्ठले गरेका हुन् ।

आफुले यो गित अहिलेको पुस्तालाई सुहाउने खालको गित गाएको गाएक सर्विन वोगटी बताउनु भयो । यूटुब बाट सार्वजनिक गरिएको यो गीत केहि घण्टामै टेन्डिङमा पर्न सफल भएको छ । छोटो समयमै दर्शक र श्रोताको मन जित्न सफल भएको यो गितले अहिले जताततै चर्चा बटुलिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!