मानव अधिकार र अविभेद सम्वन्धि तालिम सम्पन्न ।

कालिकोट जिल्ला को नरहरीनाथ गाउपालिका वडा नं १ मा स्थानिय स्तरका मुख्य अभियान्ता र अभिकर्ता परीचालनका लागी ३ दिने मानव अधिकार र अविभेद सम्वन्धि तालिम चैत्र २५ गते देखी सुरु भई २७ गते सम्पन्न भएको छ ।तालिम स्थानिय स्तरका मुख्य अभियान्त र अभिकर्ताको रुपमा काम गरीरहेका आमा समुह, दलित संजाल महिला संजाल नागरीक समाज तथा मानव अधिकारका क्षेत्रमा काम गरी रहेका मानवअधिकार कर्मिहरुका लागी मानव अधिकार तथा अविभेद सम्वन्धि तालिम संचालन गरीएको थियो ।

 

 

 

 

 

 

 

तालिममा सहभागीहरु लाई मानव अधिकारको विश्व व्यापी अवधारणा, संविधान अनुसार दलितका हक अधिकार, नागरिक का कर्तव्य, स्थानिय सरकारको अधिकार र न्यायिक समितिको कार्यक्षेत्र, जतिय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८, नेपालको संविधान तथा मुलिकी संहिता ऐनको विषयमा प्रशिषण गरीएको तालिमका सहभागी असोक कुमार वि क ले जानकारी दिनुभएको थियो । तालिम नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ(NNDSWO) जिल्ला साखा कालिकोट द्धारा संचालित नेपालमा जातिय भेदभाव विरुद्ध साझा आवाज र कार्यका लागी सहयोग साझा आवाज परीयोजना ले संचालन गरेको थियो भने तालिमको प्रशिक्षण मानव अधिकार कर्मी तथा दलित अधिकार कर्मी विर वहादुर तिरुवाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *